September 4, 2006

साहित्य सम्मान तथा पुस्तक विमोचन

बेलायत भ्रमणमा पाल्नु भएकी साहित्यकार श्रीमती इल्या भट्टर्राईको सम्मानमा नेपाली साहित्य विकास परिषद यू.कें.द्धारा एक साहित्य समारोहको आयोजना गरी साहित्य सम्मान अर्पण गरियो।

व्यस्ट लण्डन् स्थित क्वीन्स ल्याण्ड कलेजको समारोह हलमा आयोजित उक्त समारोहमा साहित्यकार इल्या भट्टराइको मौलिक कृति “अनि….” कथा संग्रह पुस्तकको विमोचन पनि प्रमुख अतिथि का.वा. राजदूत दीपेन्द्र प्रताप बिष्ट द्धारा गरिएको । नेपाली साहित्य विकास परिषद यू.कें.को प्रतिष्ठित सम्मान साहित्यिक सम्मान-पत्र पउने कथाकार इल्या भट्टर्राई प्रथम र्सजक हुनुहुन्छ ।

समारोहमा प्रमुख अतिथि दीपेन्द्र प्रताप बिष्ट,यती नेपाली एसोसियसनका अध्यक्ष निमा वङ्गेल लामा,निर्वतमान यती अध्यक्ष डा.राधव प्रसाद धिताल,पुर्व यती अध्यक्ष हरि विभोर कार्की र परिषदका अध्यक्ष हरि सिंह थापा आदि वक्ताहरुले नेपाली साहित्य र वर्तमान देशको अवस्था चर्चा गर्नु हुदै कथाकार इल्या भट्टराइद्धारा लिखित पुस्तक “अनि….” कथा संग्रहले अहिलेको सिङ्गो युग बोकेको छ जसबाट देश देखि विदेश सम्मका यावत मानविय धटनाक्रमहरु छल्ङगिएका छन् भन्नु हुदै कथाकार इल्या भट्टराइ जस्ता ससक्त कलम बोकेका महिला र्सजकलाई नेपाली साहित्य विकास परिषदले साहित्य सम्मान पत्रद्धारा सम्मानित गरेर महिला साहित्यकारको कदर गरेको छ भन्नु भयो ।

समारोहमा सातित्यकार इल्या भट्टराइले आफनो विमोचित पुस्तकका बारेमा प्रकाश पार्नु भएको थियो ।विमोचित पुस्तक “अनि…कथा संग्रह भित्र विभिन्न सामाजिक परिवेष १२ वटा कथाहरु संगठित गरिएका छन् ।

यसै गरी उक्त समारोहमा विभिन्न कवि कवियत्री र्सवश्री हरि विभोर कार्की,हरि सिंह थापा,सुरेश जंग शाह वाल कवियत्री प्रेणा थापा,वाल कवि जयश कुँवर लगायतका सहभागीहरुले कविता वचन गर्नु भएको थियो ।

कार्यक्रममा परिषदका सहमहासचिव वीरेन्द्र कुँवरले स्वागत मन्तब्य दिनु भएको थियो भने कार्यक्रम संचलन सँस्थापक तथा महासचिव सुरेश जंग शाहले र सभाको सभापतित्व अध्यक्ष हरि सिंह थापा बाट भएको थियो साथै अन्तमा रमाईलो जलपान सम्पन्न भएको थियो ।
२० अगस्ट २००६ लण्डन्

July 16, 2006

आस्थाका बन्दीको रिहाइ माग

नेपाली समाज यूकेका अध्यक्ष कर्ण बहादुर शाहीले एक प्रेस बिज्ञप्ति जारी गरी भारत तथा चीनमा थुनामा रहेका आस्थाका बन्दीहरुलाइ तुरुन्त रिहाइको माग गनुभएको छ । अस्ती आइतबार प्रकाशित उक्त बिज्ञप्तिमा लेखिएको छ - ‘नेपाली जनता, राष्ट्रको मुक्तिको निम्ति संघर्षरत ने.क.पा. -माओवादी) का वरिष्ठ नेताहरु क किरण, क. गौरव, अन्य आधा दर्जन केन्द्रीय स्तरका नेताहरु लगायत विभिन्न १५० भन्दा बढी नेता कायकर्ताहरुलाइ नेपालको विगतको निरंकुश सरकारले अनुरोध गरे बमोजिम भारत सरकारले गैह्र कानूनी ढंगले भारतको विभिन्न जेलहरुमा बन्दी बनाएको कुरा सर्वविदितै छ । त्यसैगरी चीन सरकारले समेत आधार दर्जन भन्दा बढी नेता कायकर्ताहरुलाइ अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित बन्दी बनाएको छ ।’

बिज्ञप्तिमा अगाडि लेखिएको छ - ‘यसै क्रममा नेपालको बदलिदो राजनैतिक परिस्थितिमा आन्दोलनकारी शक्तिहरुको सरकार बनेको र सरकार मााअेावादी शान्तिवार्ताको शर्तको रुपमा नेपालमा रहेका माओवादी संग सम्बद्ध सबै वन्दीहरुलाइ रिहा गर्ने अनि भारत तथा चीन सरकारको जेलहरुमा बन्दी बनाइएका माओवादी सम्बन्द्ध सवै नेता कायकर्ताहरुको निशर्त रिहाइकोलागि विशेष पहल स्वरुप चाडै नै नेपाल सरकारले यी राष्ट्रहरुलाइ ती बन्दीहरु रिहाइ गर्न अनुरोध गर्ने भन्ने समेत रहेकोले विना ढिलासुस्ती यी आस्थाका बन्दीहरुको स्रि्र विनाशर्त रिहाइकोलागि नेपाल सरकारले औपचारीकरुपमा भारत तथा चीन सरकारलाइ अनुरोध गर्न नेपाली समाज यु.के. जोडदार माग गर्दछ ।’

बिज्ञप्तिको अन्त्यमा लेखिएको छ - ‘भारत तथा चीन सरकारले यी बन्दीहरुलाइ आस्थाको बन्दीको रुपमा व्यवहार गर्दै अन्तराष्ट्रिय मूल्य मान्यताको पालना स्वरुप तथा नेपाली जनता राष्ट्रको चाहना-भावना को सम्मान गर्न तुरुन्त सबै आस्थाका बन्दीहरु रिहाइ गर्न समेत नपाली समाज यु.के. जोडदार माग एवं आहृवान गर्दछ ।’

July 10, 2006

नेपालीका लागि छात्रवृत्ति स्थापना

अन्तर्राष्ट्रिय विद्यार्थीबीच बेलायतमा सर्वोत्कृष्ट ठहरिएका नेपाली युवकको नाममा उनको विश्वविद्यालयले २० नेपालीका लागि छात्रवृत्ति स्थापना गरेको छ ।
न्युक्यासलस्थित नर्थुम्बि्रया विश्वविद्यालयले स्नातकोत्तर अध्ययनरत २३ वर्षे छिरिङ लामाको नाउँमा नौवटा फरक क्याम्पसहरूमा पढ्न चाहने स्नातक नगरेका, स्नातकोत्तर वा शोधस्तरका विद्यार्थीका लागि बुधबार छात्रवृत्ति घोषणा गरेको हो । विश्वविद्यालयले विद्यार्थीकै नाउँमा छात्रवृत्ति स्थापना गरिएको यो पहिलो भएको समेत जनाएको छ । सिन्धुपाल्चोकको विकट सेर्माथाङका छिरिङले उक्त विश्वविद्यालयमा प्रस्तुत गरेको शैक्षिक र सामाजिक गतिविधिबाट प्रभावित भई ‘छिरिङ लामा नर्थुम्बि्रया युनिभर्सिटी स्कलरसिप्स’ को घोषणा गरिएको जानकारी विश्वविद्यालयको प्रेस शाखाले वक्तव्यमार्फत दिएको छ ।

‘छिरिङको उपलब्धिले हामीलाई गौरवान्वित बनाएको छ,’ वक्तव्यमा भनिएको छ- ‘उनको उल्लेखनीय शैक्षिक एवं व्यक्तिगत योगदानको कदर गर्दै यो निर्णय लिएका हौं ।’ छात्रवृत्ति यसै वर्ष सम्बन्धित विषयको पढाइ थाल्न खोजेका विद्यार्थीहरूमा लागू हुनेछ । छात्रवृत्तिका लािग छनोटमा परेका प्रत्येक विद्यार्थीले अध्ययनको पहिलो वर्ष विश्वविद्यालयका तर्फबाट दुई हजार बेलायती पाउन्ड -दुई लाख सत्तरी हजार रुपैयाँ) छुट पाउनेछन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्येबाट उत्कृष्ट भएका कारण गत महिनामात्रै छिरिङले बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई उनको कार्यकक्षमै व्यक्तिगत रूपमा भेट्ने मौका पाएका थिए ।

‘उनीहरू नीति निर्माणक्रममा एसियालाई जहिले पनि केबल भारत र चीनसँग जोडेर हेर्नै गर्छन्,’ दुई साताअघि छुट्टी बिताउन घर आएका बेला उनले कान्तिपुरलाई भनेका थिए- ‘प्रधानमन्त्री ब्लेयरसँगको भेटमा मैले एसियाका साना राष्ट्रहरूको समस्यालाई उठाएको थिएँ ।’ बिदा सकेर उनी गतसाता मात्र बेलायत फर्किएका हुन् ।

सेर्माथाङबाट एसएलसी गरेपछि काठमाडौं आएका उनले कृषि विकास बैंकबाट बाबुले लिएको ऋणबाट ‘ए लेभल’ को पढाइ पूरा गरेका थिए । काठमाडौंस्थित बि्रटिस काउन्सिलले उपलब्ध गराएको छात्रवृत्तिबाट उनले बेलायतमा उच्चशिक्षाको मौका पाएका हुन् ।

उनले गत वर्ष सार्वजनिक स्वास्थ्यमा स्नातक गर्दा ल्याएको नतिजाका आधारमा ‘लर्ड ग्लेनमारा स्कलरसिप’ हात पार्न सफल भएका थिए । विश्वविद्यालयका पूर्वकुलपतिको नाममा स्थापित यो छात्रवृत्ति हात पार्ने उनी पहिलो विद्यार्थी थिए । यही छात्रवृत्तिका आधारमा यतिबेला उनी त्यसै विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेका छन् ।

‘छात्रकै नाममा छात्रवृत्ति स्थापना गरिएको यो पहिलो पटक हो,’ प्रेस शाखाकी निकोला निकोलसले इमेलमार्फत जवाफ दिएकी छन्- ‘छिरिङ आफ्नै प्रतिभाका कारण यो पुरस्कारको हकदार थिए ।’

यसअघि बेलायतको ‘दि जर्नल’ दैनिकको मुखपृष्ठलाई ९० प्रतिशत ढाक्ने फोटोसहित आफ्नाबारेमा समाचारहरू छपाउन सफल भइसकेका छिरिङ न्युक्यासल सहरमा एक समाजसेवीका रूपमा पनि परिचित छन् । अझ वरिष्ठ नागरिकहरूको सहयोगीका रूपमा उनी त्यहाँका वृद्धवृद्धामाझ बढी लोकपि्रय छन् । नर्थुम्बि्रया विश्वविद्यालयका प्रतिनिधिहरू यतिबेला काठमाडौंमै रहेको र आगामी साता उनीहरूले बि्रटिस काउन्सिलमै कार्यक्रम आयोजना गर्ने भएको जानकारी काउन्सिलका नेपालस्थित प्रबन्धक जोन प|mाईले दिए ।

‘छिट्टै पढाइ सकेर स्वदेशकै सेवामा समर्पित हुन चाहन्छु,’ इमेलमार्फत प्रतिक्रिया दिँदै छिरिङले भने- ‘नेपालमा टेलिमेडिसिनको प्रभावकारी विस्तार कसरी गर्न सकिन्छ भनेर यहाँका विज्ञहरूसँग परामर्श सुरु गरेको छु ।’

उनले शोधको विषय बनाएको ‘टेलिमेडिसिन’ प्रणालीमा इन्टरनेट मार्फत डाक्टर नपुर्‍याएरै पनि विकट गाउँहरूमा सहरजत्तिकै स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ ।

July 3, 2006

बेकह्ययामले कप्तानी त्यागे

पोर्चुगलसँगको हारलगत्तै इङ्ल्यान्डका सुपरस्टार डेविड बेकह्ययामले अप्रत्याशित निर्ण्र्य गरे- अब उप्रान्त म कप्तानको रूपमा इङ्ल्यान्डबाट फुटबल खेल्दिनँ।’

क्वार्टरफाइनलमा टाइब्रेकरले दिलाएको हारको स्तब्धतासँगै बेकह्ययामको निर्ण्र्य भावपूर्ण् थियो। उनले दक्षिणी जर्मनीको प्रशिक्ष्ण शिविरमा आफनो निर्ण्र्ाासुनाउन तयार पारेको विज्ञप्ति पढ्दा गहभरि आँसु बोकेका थिए। बेकह्ययामको भावोत्तेजक भनाइ थियो- खेलाडीको रूपमा इङ्ल्यान्डका लागि खेल्छु तर कप्तान बन्दिनँ।’

रिएल मेडि्रडका स्टार बेकह्ययामले भनेका छन्- २००२ को नोभेम्बर १५ मा पिटर टोलोरले मलाई इङ्ल्यान्डको कप्तान बनाएर मेरो करिअरकै ठूलो प्रोत्साहन दिएका थिए, मेरो बाल्यकालको सपना पूरा गरिदिएका थिए। अहिले झन्डै ६ वर्षकप्तान भएर ५८ खेल खेलँ, कप्तानी छाड्ने उपयुक्त समय हो जस्तो लागेको छ’, बेकह्ययामले थपे-मेरो राष्ट्रको लागि कप्तानी गरें, अब सिर्फ खेलाडी बनेर खेल्छु, नयाँ कप्तान र नयाँ प्रशिक्ष्क स्टेभ म्याक्लारेनसँग रहनेछु।’ बेकह्ययामले राष्ट्रिय टोलीका लागि ९५ खेल खेलिसकेका छन्।
जब उनले चालू विश्वकपमा इक्वेडरविरुद्ध ट्रेडमार्क प्रिm-किकमार्फत गोल गरे, त्यसबखत उनलाई पुनः एक पटक समग्रमा उत्कृष्ट मानियो। यो निर्ण्र्य गर्न आफूलाई अत्यन्त कठिन भएको र परिवार, आफू निकटसँगको छलफलपछि निर्ण्र्यको उपयुक्त समय भएको अनुभव गरेको बेकह्ययामले बताए। म यो निर्ण्र्य गर्न केही समय पर्खिरहेको थिएँ, विश्वकपलाई सफल बनाएर निर्ण्र्य गर्नेमा विश्वास थियो तर त्यसो हुन सकेन’- ३१ वर्षीय बेकह्ययामको दुखेसो थियो।

June 23, 2006

नेपाली प्रजातान्त्रिक मंच स्कटल्याण्ड गठन

स्कटल्याण्डको अवरडीनमा सम्पन्न नेपालीहरुको एक भेलाले नेपाली प्रजातान्त्रिक मंच स्कटल्याण्ड गठन गरेको छ । उक्त भेलामा विभिन्न पेशा तथा व्यवशायमा संलग्न नेपालीहरुले उद्घव भट्टर्राईको संयोजकत्वमा 13 सदसीय कमिटी गठन गरेको छ । सो कमिटीको सह संयोजकमा डा. पदम सिंमखडा सचिबमा दिलिप उप्रेती सहसचिबमा दिपेश राज रेग्मी रहनु भएको छ भने सदस्यहरुमा यम कुमारी गुरुड., हेमराज पहारी, वेल गुरुड., पी भट्टर्राई, इन्द्र गुरुड., शिशिर भट्ट, उदय कुमार गुरुड,, दुस्यन्त भट्टराइ र हाड. नेम्वाड. रहनु भएको छ।

यस संस्थाको उद्देश्य तथा कार्यक्रमहरुको समेत छलफल भएको उक्त कार्यक्रम नेपाली प्रजातान्त्रिक मंच यु.केका उपाध्यक्ष दिनेश घिमिरेको आतित्यथा सम्पन्न भएको थियो । नेपाली प्रजातान्त्रिक मंच यु.केको पांचौ क्षेत्रिय कमिटीको रुपमा उक्त शाखा गठन भएको थाहा हुन आएको छ ।

June 13, 2006

नयाँ नेपालमा गैरआवासीय नेपाली

Filed under: अतिथी

दीपेन्द्र खनिया

बेरोजगारी र हिंसाका कारण धेरै नेपाली विदेसिएका छन् । नेपाल बाहिर झन्डै चौध लाख नेपाली छन् । द्वन्द्व बढ्दै गएपछि उनीहरू उतै बस्न बाध्य भए । कोही विद्यार्थीका नाममा विदेसिए, कोही कामदारका रूपमा । कोही चाहिँ व्यापारिक हिसाबले । शरणार्थी भएर विदेसिनेको संख्या पनि उल्लेख्य छ । केही नेपालीले त उतैको नागरिकता समेत पाएका छन् ।
द्वन्द्वले राजनीतिक सुरक्षाको मात्रै अभाव बनाएन । सामाजिक र आर्थिक हिसाबले पनि नेपालको अवस्था खस्किँदै गयो । विकासका पूर्वाधार तयार हँुदै थिए । भत्किँदै गए । बाटो बन्ने क्रम रोकियो । पुल नहर र बिजुलीका थप योजना थपिएनन् । स्थापना भइसकेका उद्योग कलकारखाना धमाधम बन्द भए । रोजगारीका सम्भावना कम हुन थालेपछि धेरै नेपाली विदेसिए । तर जनआन्दोलनले नेपालमा ठूलो राजनीतिक परिवर्तको संकेत गरेको छ । जनता शान्ति, विकास र अधिकारका लागि जाग्दैछन् ।

अब शान्ति वार्तासँगै संविधानसभा हुनुपर्छ । त्यसपछि जनताले नयाँ संविधान बनाउनेछन् । मुलुकको एजेन्डासँगै नेपालीको भविष्य जोडिएको छ । यसमा देश बाहिरका नेपाली पनि पर्छन् भन्ने नेपाल सरकारले सम्झनुपर्छ । अर्थतन्त्र मजबुद बनाउन गैरआवासीय नेपालीले सहयोग गरेका छन् । नेपालको बाँकी भविष्य बनाउन उनीहरूले हात बढाउनै पर्छ । सरकारले साथ दिनै पर्छ । गैरआवासीय नेपालीसँग मिहिनेत छ । अन्तर्राष्ट्रिय कामको अनुभव छ । उनीहरूले दुःख बुझेका छन् । श्रमको सम्मान गर्न जानेका छन् । आम नेपालीभन्दा केही लगानी गर्न पनि उनीहरू आर्थिक र बौद्धिक हिसाबले सक्षम छन् । द्वन्द्वबाट उम्कने अवस्थामा रहेको नेपालका लागि उनीहरूले आर्थिक र बौद्धिक हिसाबमा सहयोग दिन सक्छन् ।

अहिले नेपालमा संविधानसभाबारे अन्योल छ । शान्ति वार्ताका लागि गरिनुपर्ने धेरै कुरा छन् । यस्ता कानुनी जटिलता बुझाउन सक्ने विषेशज्ञ गैरआवासीय नेपालीभित्र पनि छन् । उनीहरू माझ सबै विषयका ज्ञाता छन् । त्यो जनशक्ति अबको नेपाललाई चाहिन्छ ।

नयाँ नेपाल बनाउने अभियानमा उनीहरूलाई समेत सहभागी गराइनुपर्छ । छिमेकी देश भारतका गैरआवासीय नागरिकले चुनावमा भाग लिने अधिकार पाएका छन् भने नेपालीलाई चाहिँ किन त्यो अवसर नदिने ? संविधानसभाको चुनावदेखि नै नेपालको हरेक निणर्यमा गैरआवासीय नेपालीको प्रतिनिधित्व हुनै पर्छ । नेपालको राजतन्त्रका बारेमा उनीहरूले मत हाल्न सक्ने वातावरण बनाउनुपर्छ । यसले अबको नेपाल सबैको सहभागितामा चल्छ भन्ने प्रमाणित गर्छ । जहाँ भए पनि मातृ भूमिलाई माया गर्ने हरेक नेपालीलाई आफ्नो भविष्य छान्ने अवसर दिनुपर्छ । जनमुखी सरकारबाट नागरिकले आशा गर्ने भनेकै यस्तै कुरा हुन् । निर्णय तहको सहभागिताले सम्बन्ध दरिलो बनाउँछ । विदेसिएका नेपाली र नेपालबीच पनि अब यस्तै सम्बन्ध खाँचो छ ।

द्वन्द्व समाधानपछि नेपाल नवनिर्माणतिर लाग्छ । अनि आर्थिकरूपमा टाट पल्टिएको नेपाललाई सकेसम्म धेरै आर्थिक स्रोत चाहिन्छ । विकासका नयाँ योजना बनाउन बौद्धिक जनशक्ति आवश्यक पर्छ । जनताको सरकारले नितिगत स्पष्टता गरे उनीहरू यता आर्कषित हुनेछन् । काठमाडौंमा सम्पन्न सम्मेलनदेखि नै उनीहरू करिब एक सय मिलिनियन डलर लगानी नेपाल पठाउने अभियानमा छन् । यसैको प्रचारका लागि केही समय पहिले हङकङमा सम्मेलन भएको थियो । जापानमा पनि उनीहरूले ठूलो सम्मेलन गरे । अस्ट्रेलियामा भर्खरै सम्पन्न नेपाल महोत्सवमा यसबारे चर्चा भयो । रकम नेपालमा आउन सक्छ यसका लागि सरकारी निति स्पष्ट हुनुपर्छ । विगत सरकारले जारी गरेको अध्यादेश खारेज भएको बेलामा गैरआवासीय नेपालीसम्बन्धी छुट्टै नीति वा कानुन बन्नुपर्ने देखिन्छ ।

लामो समयदेखि उनीहरूले नेपालमा लगानी गर्न कानुनी आधार माग गरिरहेका छन् । यहीअनुसार अघिल्लो सरकारले अध्यादेश ल्यायो । त्यो अपुरो थियो । अब बन्ने कानुनमा सुधार आवश्यक छ । उनीहरूलाई दोहोरो नागरिकताको सुविधा किन नदिने ? दोहोरो करको मारमा परेका गैरआवासीय नेपालीको समस्याप्रति सरकार गम्भीर बन्नै पर्छ । आर्थिक लगानीलाई मात्रै जोड दिने पहिलेको अध्यादेशको बुँदा हटाएर बौद्धिक लगानीलाई समेत समेट्ने गरी कानुन बन्नुपर्छ ।

देशको अर्थतन्त्र गैरआवासीय नेपालीकै भरमा चलेको छ । आठ वर्षबीचमा देशमा एघार प्रतिशत गरिबी घटेको छ । यसमा पनि गैरआवासीय नेपालीकै योगदान छ । यस हिसाबले गैरआवासीय नेपाली नेपाल सरकारको सबैभन्दा नजिकका साझेदार हुन सक्छन् । विकासका आधारभूत क्षेत्र स्वास्थ्य, शिक्षा, सञ्चार, वित्तीय संस्था र अन्य भौतिक संरचनामा उनीहरूले लगानी गर्न थालिसकेका छन् । देखिँदो हिसाबले मात्रै अहिलेसम्म यहाँ झन्डै पाँच अर्ब रुपैयाँ लगानी गरिसकेका छन् । मेडिकेयर र ओम अस्पताल मात्रै होइन, हेल्पिङ हेन्डजस्ता स्वास्थ्य संस्थाले सेवा गरिरहेका छन् । कान्तिपुर कलेज, सान इन्टरनेसनल कलेज, सान इन्टरनेसनल नसिर्ंग कलेज, एक्मी कलेजलगायत थुप्रै विद्यालय उनीहरूकै लगानीमा सञ्चालित छन् ।

सानीमा बैंकमार्फत उनीहरू वित्तीय क्षेत्रमा देखा परेका छन् । सानीमा हाइड्रो पावरमार्फत नेपालको ऊर्जा विकासमा टेवा पुर्‍याएका छन् । सानीमा हाइड्रो पावरमार्फत सुनकोसीमा लगानी गरेको २.५ मेघा वाटको आयोजना सफल भएपछि माइखोलामा २० मेघाबाट बिजुली निकाल्ने तयारी गर्दैछन् । यसबाहेक परिवारको स्वआर्जनका लागि उनीहरूले गरेको लगानी अथाह छ । सरकारको वाषिर्क बजेट जतिको रकम उनीहरूले बर्सेनि विदेशबाट पठाउँदै आएका छन् ।

गैरआवासीय नेपाली सबै जसो पहिलो पुस्ताका छन् । उनीहरू नेपाली भूमिमा जन्मिए । हुर्किए । उनीहरू आफ्नो गाउँ बिर्सन सक्दैनन् । माटोको माया उनीहरूलाई छ ।

संसारका एक सयभन्दा बढी देशमा पुगेका नेपाली संगठित हँुदै छन् । बाइस देशमा त उनीहरूको अन्तर्राष्ट्रिय संयोजन समिति गठन भइसकेको छ । । उनीहरू आर्थिक वा बौद्धिक सम्पत्तिलाई नेपाल भित्र्याउने अवसरको ढोका खोजिरहेका छन् ।

deepsambandha@gmail.com

KANTIPUR, June 4

June 7, 2006

राजसंस्थाबारे जनतामा जाऊ

नेपाली जनताको शान्ति-सुरक्षा, न्याय, हकहित र अधिकार तथा लोकतन्त्र नचाहने राजाको निरंकुश शासनको विरोधमा उठेको जनान्दोलन ०६३ वैशाख ११ गतेसम्म उत्कर्षा पुगेपछि भोलिपल्ट १२ गते काठमाडांैको चक्रपथ पर्ूण्ारुपमा घेरेर राजालाई जनअधिकारको स्थापनाका लागि जनतास“ग सम्झौता गर्न बाध्य पार्नसक्ने वातावरण तयार हुनेवाला थियो । त्यस्तै, त्यो जनघेराउ नारायणहिटीतिर बढ्न पनि सक्थ्यो र जनताप्रति निर्दयी राजाको सत्ताले त्यतातिर बढ्ने जनभेललाई चीनको तियानमेन चोकमा झैं ट्याङ्कहरु प्रयोग गराएर हजारौं नेपालीको ज्यान लिन सक्थ्यो, परिणाम राजा जनसमक्ष उपस्थित हुने वातावरण तयार हुन्थ्यो र सदाको लागि राजा र जनताबीचको लडाइ“ अन्त्य हुन्थ्यो । सबैको पानीको नाप तौल र अधिकार तथा कर्तव्यको छिनोफानो हुन्थ्यो ।
(more…)

June 3, 2006

संबिधान सभाको निर्वाचन नभएसम्म हतियार नबुझाउने माओवादीको घोषणा

Filed under: समाचार

सातदिन मात्रै रहनेगरी संसद पुनस्थापनाको सहमति भएको खुलाशा

नेकपा माओवादीले संबिधान सभाको निर्वाचन नभएसम्म आफ्ना हतियार नबुझाउने घोषणा गरेको छ ।

माओवादीको सैन्य डिपुटी कमान्डर जनार्दन शर्मा (प्रभाकर)ले सो कुराको घोषणा गर्दै जनआन्दोलन सुरुहुनु अगाडि सातदल र माओवादीबीच ७ दिनकालागि मात्र रहने गरी संसद पुर्नस्थापित गर्ने सहमति भएको खुलासा गर्नुभयो । उहाँले बिगतको सहमतिलाइ सात दलले उलंघन गरी संसद लामो समय सम्म जिवित राखेकोमा असन्तुष्टि ब्यक्त गर्नुभयो । प्रभाकरले संबिधानसभाका समयमा आफ्ना सेना र हतियारलाइ ब्यबस्थित ढंगले अनुगमनमा राख्न सकिने बताउनु भयो ।

शनिवार रिपोर्टस क्लबको साक्षात्कार कक्षमा बोल्दै नेता प्रभाकरले संसद जनआन्दोलनको बलले पुर्नजिबित भएपनि यसभित्र सम्पुर्ण जनताको भावना प्रतिनिधित्व नभएकोले संसद तत्काल बिघटन गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक निर्णय मार्फ अगाडि बढ्नुपर्नेमा सरकारका तर्फाट ढिलासुस्ति भैरहेको भन्दै प्रश्न गर्नुभयो- किन ढिलाइ भैरहेको छ - उहाँले दलहरु अझै सन्त्रासमा रहेको बताउदै जनताको भर पर्न नसक्नाले सन्त्रस्त हनुपरेको आरोप लगाउनुभयो ।

सेना प्रमुखलाइ कार्वाही गर्न नसकेको भन्दै उहाँले जनताको बल भएको सरकारले जनआन्दोलन दवाउन खोज्ने सेना प्रमुखलाइ तत्काल कार्वाही गर्न सक्नुपर्ने बताउनुभयो । मुलुक जटिल मोडमा पुगेको बताउँदै उहाँले शान्तिपूर्ण रुपमा लोकतान्त्रिक गणतन्त्रमा मुलुकलाइ पुर्याउन आफूहरु प्रतिबद्ध भएर वार्तामा आएको बताउनुभयो । आफुहरु जनताको आदेश भएमा हतियार सुपरिवेक्षणमा राख्न पनि तयार भएको बताउदै उहाँले भन्नुभयो - संबिधानसभाको बेलामा अन्तर्राष्टिय सुपरिवेक्षणमा रहन हामी तयार छौं । नयाँ लोकतान्त्रिक मोर्चा बनाएर केन्द्र र गाउँ तहसम्म सहकाय गरेर अगाडि बढ्न आफुहरु तयार भएको पनि उहाँले बताउनु भयो । आफुहरुले स्वेच्छाले चन्दा उठाएको दावी गर्दै जबरजस्ती चन्दा उठाउन कुनै आबश्यकता नरहेको बताउनु भयो । अब हुने वार्तामा माओवादीले संसद बिघटन गरी बृहत राष्ट्रिय सम्मेलनबाट अन्तरिम सरकार हुँदै संबिधान सभाको निर्वाचनको समय हद तोक्नका लागि बिशेष प्रस्ताब राख्ने उहाँले बताउनुभयो ।

सो साक्षात्कारमा जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले जनआन्दोलन अगावै संसदलाइ छोटो समयसम्मका लागि राखेर अगाडि बढ्ने सहमति भएको स्वीकार गर्नुभयो । उहाँले दुइ तीन महिना भित्र सम्पुर्ण प्रक्रिया मिलाएर संबिधान सभा गरिहाल्नुपर्ने बताउदै भन्नुभयो - संसदलाइ अनाबश्यक रुपमा बढी राख्नु हुन्न भन्ने सहमति भएको हो । मुलुकलाइ दिगो शान्ति र अग्रगमन तर्फपुर्‍याउन प्रचण्डको काँधमा प्रमुख जिम्मेवारी रहेको बताउदै शिर्षस्थ नेताहरु बीच कुराकानी भएर सहमति बन्ने बताउनुभयो । सात दलले रोडम्याप निर्माण गर्न कुनै ढिलाइ गर्न नहुने बताउँदै उहाँले आफुहरु दल माओबादी बीचको शंका उपशंका मेटाउन पनि सरकारमा जान लागेको बताउनुभयो ।

सरकारी बार्ता टोलीका सदस्य रमेश लेखकले ससाना कमजोरी र त्रुटीलाइ सँच्याउदै अगाडि बढनुपर्ने बताउनुभयो । उहाँले चाँडो भन्दा चाँडो मुलुकलाइ संबिधान सभामा पुर्‍याउनका लागि बार्ता केन्द्रित हुने बताउदै संसद परंम्परागत नभएकोले यसलाइ हँचुवाको भरमा बिघटन गरिहाल्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो - अहिले नै संसद बिघटन गर्दा संबिधान सभामा जान कठिनाइ पर्छ । बार्तामा सबै बिकल्पका बारेमा छलफल हुने बताउँदै लेखकले समान उद्देश्यका साथ अगाडि बढेका शक्तिहरु बीच विवाद ननिस्कने बताउनुभयो ।

नेकपा एमाले स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले संसद बिघटन गर्न नहुनेमा जोड दिनुभयो । उहाँले संसद यथास्थितिबादी र प्रतिक्रियाबादी नभएको बताउदै लोकतान्त्रिक संसदलाइ जिबितै राख्ने अग्रगमन तर्फजानुपर्ने उल्लेख गर्नु भयो । - संसद बिघटन गरेमा अराजकता बढ्छ उहाँले भन्नुभयो- दल माओबादी बीच मित्रबत अन्तर बिरोध भएको छ प्रंतिगमनकारीका बिरुद्ध अझै संघर्ष गर्न बाँकी नै छ ।

May 27, 2006

वार्ता सफल बनोस्

बहुप्रतिक्षित सरकार-माओवादी वार्ता शुरू भएपछि अब मुलुक शान्ति मार्गतर्पः उन्मुख भएको छ भन्दा अत्युक्ति हुने छैन। नेपाल सरकारले गृहमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा वार्ता टोलीलाई पर्ूण्ाता दिए लगत्तै माओवादीलाई वार्ताका लागि औपचारिक आ³वान गरेअनुरुप सरकार र माओवादीबीच शुक्रबारदेखि राजधानीमा प्रँरम्भिक वार्ता शुरू भएको हो। सरकारी वार्ता टोलीमा गृहमन्त्री सिटौला, मन्त्रीद्वय प्रदीप ज्ञवाली र रमेश लेखक हुनुहुन्छ भने माओवादी वार्ता टोलीमा नेता त्रय कृष्णबहादुर महरा, दिनानाथ शर्मा र देव गुरुङ रहनुभएको छ। १९ दिन लामो देशव्यापी जनआन्दोलनको उपलब्धि र शान्तिप्रतिको जनचाहनालाई संगसंगै अगाडि बढाउनुपर्ने आवश्यकता महसुस गर्दै सरकार र माओवादी दुवै पक्ष वार्तामा जुट्नुलाई अत्यन्त सकारात्मक मान्नुपर्छ।
(more…)

May 26, 2006

एनपिसिसीको मागः प्रवासबाट पनि मतदान

नेपाली जनसर्म्पर्क समिति बेलायतले मिति २०६३ साल जेष्ट ४ गते तदनुसार मे १८, २००६ मा ऐतिहासिक जनआन्दोलनहरुका उपलब्धिको रुपमा प्रतिनिधि सभा घोषणा २०६३ प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला द्वारा प्रस्तुत भै र्सार्वभौम सम्पन्न संसदमा उपस्थित सवै दलहरु तथा सदस्यहरुवाट र्सवसम्मत तवरबाट स्वीकृत भएको अवसरमा ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै जनताको र्सार्वभौम अधिकार सदाका लागी सुनिश्चत गर्दै मुलुकको राजनैतिक मार्गचित्रलाई सुस्पष्ट दिशा निर्देश गर्ने घोषणाको स्वागत गरेको छ ।

समितिका अध्यक्ष पुरुषोत्तम पौडेलले सोमवार वितरण गर्नु भएको बक्तब्यमा संबिधान सभाको निर्वाचनलाई यथा समयमा सम्पन्न गर्न र संक्रमणकालिन चुनौतीहरुलाई सामना गर्दै बिद्यमान अपेक्षालाई मुखरित गर्न सबै नेपाली एक ढिक्का हुनुपर्ने आवस्यकता उल्लेख गरिएको छ ।

बक्तब्यमा शहीदका रगतले लेखिएको घोषणापत्रको अक्षरस पालना उनै शहीदहरु प्रति सच्चा श्रद्धान्जलि र भावी पुस्ता प्रति उच्चतम न्याय हुने यथार्थतामा सात राजनैतिक दल र जनचाहाना अनुरुप राजनैतिक मुलधारमा शान्तिपुर्वक सहभागी हुन प्रतिवद्ध नेकपा माओवादीकोर् इमानदारिता तथा निष्ठापुर्ण प्रयास आजको अपरिहार्यता हो भनिएको छ ।

बेलायतमा वसिरहेका नेपालीहरु देशको लोकतान्त्रिक भविष्यमा सबै खाले असमानताहरुको अन्त्य र दु्रत आर्थिक विकासको अपेक्षा गर्ने जनाउदै जनआन्दोलनमा बिदेश स्थित नेपालीहरुले देखाएको चासो, र्समर्थन, एक्यवद्धता र सहयोगको आफ्नै महत्व रहेको बक्तब्यमा उल्लेख छ ।

बक्तब्य मार्फ नेपाली जनसर्म्पर्क समिति बेलायतले नेपालमा हुने संबिधान सभा लगायत अन्य निर्वाचन हरुमा काम बिशेषले बिदेशमा रहेका नेपाली नागरिकहरुले समेत मताधिकार प्रयोग गर्न पाउने ब्यवस्था गर्न नेपाल सरकार तथा प्रतिनिधिसभा समक्ष माग गरेको छ ।

बक्तब्यमो अन्त्यमा जनआन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहभागी भै एँतिहासिक शान्तिपुर्ण जनआन्दोलनलाई सहयोग पुर्याउने सबै नेपाली तथा बिदेशीहरुमा नेपाली जनसर्म्पर्क समिति, बेलायतले धन्यवाद साथ आभार ब्यक्त गरेको जनाइएको छ ।

May 21, 2006

आइतवार पनि मन्त्री परिषद बिस्तार हुन सकेन

Filed under: समाचार

नेपाली कांग्रेस प्रजातान्त्रिकले पाँच संख्याको माग अघि सारेपछि आइतवार पनि मन्त्री परिषद बिस्तार हुन सकेन । मुख्य मन्त्रालय सहित ५ मन्त्री संख्या दिलाउने र्सतमा एमालेलाइ सभामुख पद दिने सहमति भएको प्रजातान्त्रिक कांग्रेस श्रोतले जनाएको छ ।

सो पार्टीको आइतवार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सो कुराको खुलासा गर्नुभएको हो । सो पार्टीले मन्त्री मण्डलमा सहभागी हुने सदस्यको नाम आइतवार पनि सिफारीस नगरेको बताइएको छ । संसदीय दलको बैठक पश्चात सञ्चारकर्मीसँग कुरागर्दै पार्टी सभापति देउवाले पार्टीको सरकारमा सम्मानजनक सहभागिता हुनुपर्ने बताउनु भयो ।

उहाँले आफ्नो पार्टी नेपाली कांग्रेससँग एकीकरणको पक्षमा रहेको पनि जनाउनु भयो । शनिवारमात्रै पार्टीको संसदीय दलको नेतामा चुनिनुभएका देउवाले पार्टीको सम्मानजनक एकीकरण भए आफू त्यसको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

May 19, 2006

कांग्रेसको का“धमा गरुङो भारी

संसद् पर्ुनर्वहालीपछि आन्दोलनकारी सबै दलले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई नै प्रधानमन्त्री बनिदिन आग्रह गरेपछिको विकसित परिस्थितिले कांग्रेसलाई गम्भीर मोडमा उभ्याइदिएको छ । तर, एमाले लगायतका कम्युनिष्ट पार्टर्ीी नेताहरूलाई प्रधानमन्त्री बन्ने रहर नभएर कोइरालालाई प्रधानमन्त्री बन्न उनीहरूले आग्रह गरेको होइन भन्ने पनि स्पष्ट छ । न त उनीहरूले कांग्रेसका सभापतिलाई श्रद्धाभक्तिले प्रधानमन्त्री बन्न आग्रह गरेको नै हो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला ५७ दिन सदन चल्न नदिने एमालेका अहिलेकै नेता हुन् । तर, एमालेका नेतालाई अहिले प्रधानमन्त्री बन्न समयले साथ दिएन । विशेष गरेर अन्तर्रर्ााट्रय शक्ति केन्द्रहरूले कम्युनिष्ट पोष्चरका व्यक्तिहरूलाई सरकारको मुखिया बनाउन नचाहेका कारणले पनि यो स्थिति उत्पन्न भएको हो । (more…)

May 15, 2006

प्रतिनिधिसभाको घोषणा-पत्र, २०६३

१. व्यवस्थापिकाका सम्बन्धमाः
१.१. नेपालको व्यवस्थापिकाका सम्बन्धी सम्पर्ूण्ा अधिकार प्रतिनिधिसभाद्वारा प्रयोग गरिनेछ । कानुन निर्माण गर्ने प्रक्रिया प्रतिनिधिसभाले निर्धारण गरेबमोजिम हुनेछ ।
१.२. संविधानसभाको मार्गमा अघि बढ्ने प्रक्रिया प्रतिनिधिसभाले आवश्यकताअनुसार निर्धारण गर्नेछ ।
१.३. प्रतिनिधिसभाको अधिवेशनको आहृवान र अन्त्य देहाय बमोजिम हुनेछ ।
(more…)

May 7, 2006

आयोगको दायित्व र अढाइ करोड जनताको अपेक्षा

लोकतान्त्रिक जनआन्दोलनमा आन्दोलनकारी एवम् र्सवसाधारणमाथि बर्बर दमन गर्नेमाथि छानबिन गरी कारबाहीको सिफारिसका निमित्त सरकारले अधिकारसम्पन्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको प्रकाशमा आएको छ । आन्दोलनका क्रममा व्यक्त जनभावनाअनुसार आयाृेगको गठन हुनु स्वागतयोग्य कदम हो । आयोगको दायित्व अढाइ करोड नेपालीको भावनाको कार्यान्वयन गर्नु हो । जनआन्दोलनका क्रममा जनहत्यामा उत्रिएका सबैमाथि हदैसम्म कारबाही गर्न आवश्यक अनुसन्धान गर्नु हो । छ हजार बढी नेपालीलाई घाइते बनाउने एवम् हजारौँलाई अपांग बनाउने नरपिचासहरुलाई सजाय दिलाउनु हो । सत्ताको साँचो बोकेर जनताको करमाथि मनोमालिन्य गर्ने भ्रष्टलाई तह लगाई तिनको सम्पत्ति खोसेर राज्यको ढुकुटी बढाउनु हो । लोकतन्त्रको स्थापनासँगै यसलाई संस्थागत गर्ने सिलसिलासँग यो गरिमामय आयोगको औचित्य र दायित्व गाँसिएकाले जनभावनालाई यसले कुनै पनि हालतमा सत्ताधारीको पदचापमुनि पर्न दिनुहुन्न । यो संवेदनशीलतालाई आयोगले गम्भीरतापर्ूवक लिनु जरुरी छ ।
(more…)

May 6, 2006

राष्ट्र संघका विशेष प्रतिनिधि ताम्रट काठमाडौमा

Filed under: समाचार

नेपालको सकारत्मक वदलिदो परिस्थितिमा नेपालको भविष्य तथा नेपालीका समस्याहरुको पहिचान गर्न नर्वे तथा अमेरिकाका उच्च पदस्थ व्यक्तिहरुको भ्रमण पश्चात सयुक्त राष्ट्रसघका विशेष प्रतिनिधि स्यामूल ताम्राट नेपालको १० दिने भ्रमणको शिलशिलामा नेपाल आइपुग्दैहुनुहून्छ । सयुक्तराष्ट्र सघको समाचार वुलेटिनमा उल्लेख भए अनुसार न्युयोर्कवाट विहीवार नै नेपाल प्रस्थान गरिसक्नुभएको छ ।युएन वुलेटिनमा भनिएको छ गत महिनाको राजनैतिक परिवर्तनवाट पुनस्थापित प्रतिनिधि सभा तथा सरकार र माओवादी दुवैवाट शान्तिका लागि देखाइएको प्रतिवद्धता प्रति सकारात्मक सहयोग अभिवृद्धि गरी राजनैतिक स्थिरताका लागि पहल गर्ने उद्धेश्यले यो भ्रमण हुन गइरहेको वताइएको छ ।

स्यामूल टाम्राट सयुक्त राष्ट्रसघका महासचिव कोफि आन्नानका विशेष व्यक्तिका रुपमा समेत चिनिन्छन । उनी नेपालको संक्रमणकालमा खास गरि राजाले प्रत्यक्ष शासन समाले पश्चात पटक पटक नेपालको भ्रमण गरीसकेका छन ।

May 2, 2006

बीबीसीबाट बिदाइ

लोकपि्रय समाचार संस्था बीबीसीको नेपाली सेवाबाट खगेन्द्र नेपाली बाहिरिएका छन् । करिब तीन दशकदेखि नेपाली सेवा प्रमुखका रूपमा समाचार खेतीमा संलग्न नेपालीले गत सातादेखि उमेरका कारण अवकाश पाएका हुन् भने उनको जिम्मेवारी दस वर्षदेखि त्यहीं कार्यरत रवीन्द्र मिश्रले सम्हालेका छन् । (more…)

April 29, 2006

गिरिजाको काम, कहिले जाला घाम

चार वर्षलामो अवरुद्ध संसद राजाद्वारा पुनर्स्थापना गरिएपछि अब गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्ने स्थितिमा पुगेका छन् । गिरिजाप्रसाद तिनै व्यक्ति हुन् जसले पदमा बस्दा विपक्षी दलहरुको आवाज कहिल्यै सुनेनन् । सत्ता सहभागी दलहरुलाई समेत बसी खान दिएनन् र शान्तिपर्ूण्ा सडक संर्घष्ामा उत्रिएकाहरुमाथि गोली ठोक्न लगाए, प्रहरी प्रशासन र ब्यूरोक्रेसीमा चर्को कांग्रेसीकरण गरे । व्रि्रोही र अन्य दलहरुस“गको सम्बन्ध छुटाउने र भा“ड्ने कामसमेत गरे । आज तिनै व्यक्ति मुलुकको प्रधानमन्त्री बन्न पुगेका छन् । तर, उनको थाप्लोमा एमानको जिम्मेवारी झुण्डिएको छ । के गिरिजाप्रसादले कुशलतापर्ूण्ा समयको जिम्मेवारी निर्वाह गर्न सक्लान् - चौतर्फीरुपमा प्रश्नहरु उब्जिएका छन् । (more…)

April 27, 2006

जनक्रान्तिको विजय

नेपाली जनआन्दोलनको इतिहासमा २०६३ वैशाख ११ गते एउटा ऐतिहासिक दिन बनेको छ । ००७ सालदेखि पटक-पटक जित्दै र हार्दै आएका नेपाली जनताले खोजिरहेको स्वाभिमान, सर्वोच्च नागरिक हैसियत र राजकीय अधिकार प्राप्तिको कष्टकर संर्घष्ा नया“ मोडमा विकसित भई एकस्तरमा विजय हासिल गर्न सफल भएको छ । राजाले १५ महिनाअघि सैनिक बलमा खोसेको जनताको हक-अधिकार फिर्ता गरी नया“ इतिहासको रेखांकन गर्न नेपाली जनता एउटा अभूतपर्ूव जनआन्दोलनमार्फ उत्कर्षा पुग्न सके र अन्ततः राजा जनसागरका सामु झुक्न बाध्य भए । उनको इच्छा, आकांक्षा र बलजफ्तीको शासन समाप्त भइछाड्यो । राजाले नाक जोगाउन कथित लोकसम्मतिको आफ्नो वंशको परम्परालाई जतिसुकै उराल्न खोजे पनि जनताले वंशको परम्परा होइन, राष्ट्रको परम्परालाई अघि बढाएका छन् ।
(more…)

April 23, 2006

अप्रिल २५ मंगलवार नटिङ्गहिल गेटमा विरोध प्रदर्शन

सोलिड्यारिटी यूकेले यही अप्रिल २५ का दिन अपरान्ह १२ः३० वजे लोकतन्त्रको स्पापना तथा निरङ्कुशतन्त्रको अन्त्यका लागि लण्डनको नटिङ्ग हिल स्थित नेपाली राजदुतासवास अगाडि विरोध प्रदर्शन गर्ने भएको छ । संगठनले सवै नेपाली दाजु भाइ दिदी वैनी तथा सम्पूर्ण नेपालीहरु र राजनैतिक, सामाजिक, सांस्कृतिक तथा पेशागत संघ संगठनहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल वनाउन तथा निर्णायक जनआन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ ।

April 20, 2006

बेलायत नेपाल प्राज्ञिक परिषद (BNAC) प्रजातन्त्रको पक्षमा

Filed under: समाचार

बेलायत नेपाल प्राज्ञिक परिषद (Britain Nepal Academic Council)ले एक वक्तब्य प्रकाशित गरी प्रजातन्त्रको पूनर्वहालीको लागि शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनमा उत्रिएका जनता माथि शुरक्षाकर्मीहरुबाट भएको अत्यधिक बल प्रयोगको विरोध गरेको छ । परिषदले शुरक्षा दस्ताले शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिएका वकील, प्राध्यापक, चिकित्साकर्मी समेत माथि भएको वर्वर दमनको विरोध गर्दै मानवअधिकार, प्रजातन्त्र र कानूनी शासनको लगि प्रदर्शनमा उत्रिएका दर्जनौ जनताको हत्याको भर्त्सना गरेको छ । (more…)

April 18, 2006

एनआरएन यूकेको उपाध्यक्ष पदमा चन्द्र लक्सम्बा र खगेन्द्र नेपाली

Filed under: समाचार

बेलायतको फानबरोमा गैर आवासिय नेपालीहरुको संगठन एन आर एनको साधारण सभाका अवसरमा उपाध्यक्ष पदको पुर्ति गर्न भएको निर्वाचनमा दुइ जनाको सिटको लागि डा. चन्द्र लक्सम्बा, खगेन्द्र नेपाली र अङ कलजङ्ग लामा गरी जम्मा तीन जना उमेदवार हुनुहुन्थ्यो । अन्य पदहरुमा निविरोध रहेको उक्त नवनिर्वाचित पदाधिकारीहरुको निर्वाचनमा उपाध्यक्ष पदको लागि डा. चन्द्र लक्सम्बा र खगेन्द्र नेपाली विजयी हुनु भएको छ ।

एन आर एनको यस पहिलो निर्वाचनमा दुइ उपाध्यक्ष पद बाहेक अन्य सबै पदमा निरि्वरोध भएको हो । जस अनुसार नया काय समितिको अध्यक्षमा अशोक श्रेष्ठ, राष्ट्रिय संयोजकमा कृष्ण उपाध्याय, सह राष्ट्रिय संयोजकमा शुरेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा सूय बहादुर गुरुङ्ग निर्वाचित हुनु भएको छ भने कायकारी सदस्य पदमा मनोज भण्डारी, भिम राइ, मिन बहादुर गुरुङ्ग, विकल आचाय, तील कुमारी गुरुङ्ग, देव राज आचायर् चिरन’, सुबास अधिकारी, अनोज चित्रकार र कृष्ण भट्ट निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षको पदका लागि भएको उक्त निर्वाचनमा जम्मा ५७८ मत खसेका थिए । त्यस मध्ये डा. चन्द्र लक्सम्बाले ४३४ मत र खगेन्द्र नेपालीले २३१ मत ल्याइ विजयी हुनु भएको छ भने पराजित हुने आङ कल जङ्ग लामाले १८७ मत प्राप्त गर्नु भएको थियो ।

विश्वका विभिन्न मुलुकमा गैर आवासीय नेपालीहरुको संगठन निर्माण गर्ने सिलसिलामा बेलायतमा पनि महन्तबहादुर श्रेष्ठको अध्यक्षतामा एक तदर्थ समिति गठन भएको थियो । अहिले त्यही तदर्थ समितिले आज पहिलो अधिवेशन गरी विधिवत नयाँ कायसमितिको निर्वाचन समेत गराउन सफल भएको हो ।

एन आर एनको निर्वाचनको लागि उक्त तदर्थ समितिले निर्वाचन समिति गठन गरी जिम्मा दिए बमोजिम उक्त समितिले निर्वाचनको काय गरेको थियो । जस अनुसार उमेदवारी दर्ता, उमेदवारी फिर्ता र ३१ मार्च अघि बनेका साधारण सदस्यहरुलाइ हुलाक मार्फ मतपत्र पठाउने काय समेत भएको थियो ।

April 14, 2006

नवबर्ष २०६३ को शुभकामना

नवबर्ष २०६३ को शुभकामना
सहित

बेलायत को रिडइङ मा भएको प्रदर्शनका केही तस्वीरहरु
(more…)

April 12, 2006

अन्तरकृया सहित जनआन्दोलन दिवस कार्यक्रम

लण्डन, नेपाली जनसर्म्पर्क समिति, बेलायत (NPCC UK) र नेपाली डेमोक्रेटिक फोरम, बेलायत (NDF UK) को संयुक्त आयोजनामा एक बृहत अर्न्तकृया सहित जनआन्दोलन दिवस कार्यक्रम सम्पन्न भएकोछ । नेपाली जनसर्म्पर्क समितिका सभापति पुरुषोत्तम पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख वक्ता प्रोफेसर र्सुय प्रसाद सुवेदीले मुलुकमा १२ वर्षो शिशु प्रजातन्त्रको घांटी निमोठि एक जनाले रजाई गरिरहेको, सत्ताधारीहरु घण्टाकर्ण भएर जन आवाजको बेवास्ता गरिरहेकोमा अचम्म लागेको उल्लेख गर्दै यसवारेमा अर्न्तराष्टिय कम्युनिटिमा थप लवि गर्न पर्ने र नेपालमा संर्घषामा उत्रेका नेता, नागरिक समाज र जनतालाई आ आफ्नो स्थानवाट सहयोग पुर्याउनपर्ने कुरामा जोड दिनुहुदै पार्टी माओवादी बीच भएको १२ बुंदे सहमतीको सकारात्मक प्रचार गर्ने दायित्व पनि हाम्रो हो भन्नुभएकोछ । उहाले मुलुकले वाहिर बसेका नेपालीहरुवाट सहयोगको अपेक्षा गरेकोले सरकारको थप षडयन्त्रलाई बुझेर अर्न्तराष्टियरुपमा आवाज उठाउनु पर्नेमा जोड दिनुभएकोछ । (more…)

नया वर्ष ! नया लोकतान्त्रिक नेपाल !!

Filed under: समाचार

शान्तिपूर्ण जनआन्दोलन उत्कर्षतिर

सात दलद्वारा आह्वान गरिएको आमहडताल आज सातौं दिन निरन्तर चलिरहेको छ । दलहरूले जनताकै माग र सुझावअनुसार आमहडताललाई निरन्तरता दिंदै आएका छन् । शाही सत्ताको क्रूर दमनको मारमा परी चार जना नेपाली जनताका छोराछोरीले उच्च सहादत प्राप्त गरिसकेका छन् भने थुप्रै व्यक्तिहरू घाइते भई अस्पतालमा जीवनमरणको दोसा“धमा छन् । हिजो राजा ज्ञानेन्द्र बसिरहेको पोखरामा सुरक्षाकर्मीले गोली चलाउ“दा पार्वती पौडेल र विष्णु भट्टर्राई घाइते भएका छन् । पोखरामा राजा ज्ञानेन्द्रकै उपस्थितिको उन्मादमा सेनाले विवेक गुमाएर अन्धाधुन्ध गोली प्रहार गरेको छ । (more…)

April 3, 2006

गफ

Filed under: गफ गाफ

शेरबहादुर देउवा दम्पत्ति अहिले अमेरिकामा छन् । उनीहरु अमेरिकामा घुम्दै जांदा एउटा रेष्टुरामा पसे । रेष्टुराका वेटर नेपाली रहेछ । उनले देउवा दम्पत्तिलाई नमस्ते गर्दै श्रीमती आरजुलाई भने-’चिन्यौ मलाई आरजू तिमीले -’
रेष्टुरांका साधारण वेटरले आफूलाई तिमी भनेर सम्बोधन गर्दा आरजूको कन्सिरी तातियो । आफ्नी पत्नीलाई अपरिचित मानिसले तिमी भनेको सुन्दा देउवा पनि रनक्क रन्किए । वेटरले फेरि सोधे- ‘चिन्यौ आरजू मलाई -’
आरजूले आंखी भौं खुम्चाउंदै ‘चिनिन’ भनिन् । त्यसपछि वेटरले आफ्नो नामनामेसी बताउंदै आफ्नो बारेमा बेलिविस्तार लगाए । आरजू र उनी त सगै पढेका बालसखा पो रहेछन् । वडो रमाइलो भेटघाट भयो । उसले शेरबहादुर देउवालाई अर्धप्रतिगामी तथा अर्ध लोकतन्त्रवादी नबन्न तथा आन्दोलन नभांड्न अमेरिकामा रहेका नेपालीहरुको तर्फाट सुझाव दियो । देउवालाई यो सुझाव किन मन पर्थ्यो र † तैपनि उनले केही भनेनन् । बरु त्यहाबाट हिडेपछि बाटोमा श्रीमतीलाई रिस पोख्दै भने- ‘यो केटासंग त्रि्रो विहे भएको भए तिमी अहिले वेटरकी श्रीमती हुन्थ्यौ ।’
आरजूले मुसुक्क हांसेर भनिन्-’गलत, म प्रधानमन्त्रीकी श्रीमती नै बन्थें †’
देउवाले सोधे- ‘कसरी -’
आरजूले भनिन्-’म संग विहे गरेको भए ऊ नै प्रधानमन्त्री बन्थ्यो भन्ने पनि तपाई बुझ्नुहुन्न -’

……………….

माओवादीहरुले मोटरसाइकलमा आएर गोली हान्ने काम गरे । त्यसैले मोटरसाइकलमा दर्ुइजना नचढ्नु भन्ने सरकारी उर्दी जारी भयो । र्
र्सवसाधारणले पेस्तोल वन्दुक बोक्न पाउने त कुरै भएन, यसो गर्न कहिल्यै पनि पाइदैनथ्यो ।
माओवादीले मोबाइल फोनको उपयोग गरे । सबैलाई थाहा भएकै कुरा हो त्यही कारणले सरकारले मोवाईल फोनप्रति कति वक्रदृष्टि राखेको छ भन्ने ।
माओवादीले प्रेसर कुकर पनि उपयोग गर्दा रहेछन् । परिणामस्वरुप सरकारले गाउघरमा प्रेसर कुकर लान नपाइने उर्दी जारी गर्‍यो ।
माओवादीले धाराको फलामे पाइपको सकेटबाट बम बनाउंदा रहेछन् । त्यसैले गाउंघरमा फलामे पाइप लगेर खानेपानीको जोहो गर्न नपाइने परिपंच सरकारले मिलाएको छ ।
माओवादीले जे जे गर्छन् र्सवसाधारणले त्यो गर्न पाउदैनन् । माओवादीले लेख्छन्, बोल्छन् पनि । त्यसैले लेख्ने बोल्ने कामप्रति सरकारको बन्दुके दृष्टि सबैलाई थाहा भएकै कुरा हो ।
माओवादीले चढेकै हुनाले मोटरसाइकलमा दर्ुइजना मानिस चढ्न नपाउने उर्दी जारी गरिए जस्तै अन्य थप केही उर्दी जारी गर्न मण्डले समाजले कमल थापालाई सुझाव दियो । जस्तो कि माओवादीले दालभात खान्छन्, अब उप्रान्त सबैजनालाई दालभात खान प्रतिबन्ध लगाउने । माओवादी सुत्छन्, अब उप्रान्त सबैजनालाई सुत्न-निदाउन प्रतिबन्ध लगाउने ।
सुझाव सुनेर गृहमन्त्री कमल थापा खुसी भए । उनले नेपालमा विस्तारै विस्तारै भोकमरीको सिर्जना गर्ने आश्वासन दिए । अहिले पनि जनताले राम्रोसंग सुत्न नपाएको तथ्य तर्फइंगित गर्दै थापाले भने-विस्तारै कसैले पनि सुत्न नपाउने ढंगको शान्ति सुरक्षाको ब्यवस्था मिलाईने छ ।
मण्डले जत्था न पर्‍यो । एक थान मण्डलेले चाकडी गर्न भन्यो-’मन्त्रीज्यू, हजुर पनि कमल । हिलोमा फुल्ने पनि कमल । यो त मिलेन । कमलको फूललाई हिलोमा फुल्न नदिने ब्यवस्थ्ाा मिलाउनु पर्‍यो ।
‘यो कसरी सम्भव छ -’ -कमल थापाले मण्डले समाजतिर हर्ेदै भने ।
एकजना वरिष्ठ मण्डले बोल्यो-’माघ १९ ले नयां नयां जातको मण्डले उत्पादन गर्न सक्छ भने जाबो शुद्ध पानीमा मात्र फुल्ने कमलको फूलको विकास गर्न किन सकिदैन -’
कमल थापा मुसुक्क चन्द्रशमशेर हांसो हांसे । जुंगामा ताऊ लगाए । अनि भने-म यस सम्बन्धमा तुरुन्तै कृषि मन्त्रालयलाई आदेश दिन्छु ।

………….

सात पार्टर्ीी नेताहरुको वैठक चलिरहेको थियो । अमृत बोहोराले भने- ‘आन्दोलन चर्काे पार्नर्ुपर्छ ।’
अमिक शेरचन झन चर्किएर बोले- ‘आन्दोलन उग्र पार्नर्ुपर्छ ।’
शेरबहादुर के कम - उनले पनि भने- ‘आन्दोलनको विकल्प छैन ।’
रोहितले भने- ‘अब चाहिं आन्दोलन चर्काउनर्ैपर्छ ।’
आन्दोलन चर्काउने कुरामा लामो छलफल पछि र्सवसम्मति भयो । तर कसरी चर्काउने - यस्तो प्रश्न उठ्यो । यो विषयमा भने ल ामो छलफल भएन । किनभने सबैले गिरिजाप्रसादको मुख ताके । सबैले एक स्वरमा भने- ‘कसरी आन्दोलन चर्काउने -’
गिरिजाप्रसादले भने- ‘आन्दोलन चर्काउन विज्ञप्ति जारी गर्नुपर्छ ।’
र्समर्थनमा सबैले ताली पिटे