भोली…………..
भोली राजा बाट देशबासीको नाममा सन्देश आउने……
तर के अनि कस्तो हुने हो त्यसको लागि प्रतिक्षा गर्नुपर्ने छ ।
भोली राजा बाट देशबासीको नाममा सन्देश आउने……
तर के अनि कस्तो हुने हो त्यसको लागि प्रतिक्षा गर्नुपर्ने छ ।
प्रधानमन्त्रीको कुर्सीमा हुँदा गिरिजाप्रसाद कोइराला आफ्नो कुर्सीमाथि खतराको घण्टी बज्नासाथ एउटा वाक्य बारम्बार दोहर्याउनुहुन्थ्यो— ‘ग्य्रान्ड डिजाइन ।’ तर मुलुककै विडम्बना ! प्रधानमन्त्री र संघर्षको इतिहास बोकेको एउटा प्रजातान्त्रिक पार्टीको सभापतिको कुर्सीमा बसिरहेको एउटा खारिएको नेताले उठाएको ग्य्रान्ड डिजाइनको प्रसङ्गलाई प्रजातन्त्रप्रति आस्था राख्ने कसैले पनि गम्भीरतापूर्वक लिएन । स्वयं कोइरालाले पनि केवल आफू वा आफ्ना केही अनुचरहरूमाथि संकट आउँदा मात्र ‘ग्य्रान्ड डिजाइन’लाई अमूर्त रूपमा व्यक्त गर्नुभयो । (more…)
नेपाली जनसर्म्पर्क समिति, बेलायत
Nepalese People Coordinatin Committee, UK (NPCCUK)
मितिः जनवरी २१, २००६
प्रेस विज्ञप्ती
मुलुक बिगत १० वर्षदेखि अशान्तिको भुमरीमा रुमल्लिरहेको अवस्थामा गत बर्ष फेब्रुवरी १ मा राजावाट भएको कु वाट राष्ट झन गहिरो बिकराल अराजक अवस्थामा फस्न पुगेको हो भन्ने कुरामा दुइमत छैन । राजाको कदम पछि मुलुक पुर्णरुपले संवैधानिक वाटो छोडी निरंकुश सकृय राजतन्त्रमा परिणत भएको छ, जनताका मौलिकहकहरु पुर्णरुपले खोसिएकाछन् । मुलुकमा मानवअधिकार पुर्णरुपले उलंघन भएकोछ, अन्तराष्टिय कानुन र सन्धीहरुको वर्खिलाप भएकोछ । स्वतन्त्र पत्रकारिता र सुचनाको हक माथी धावा बोलिएकोछ । (more…)
तीन साता लामो देश दर्शन कार्यक्रमबाट माघ ९ गते राजधानी फिरिबक्सेपछि राजा ज्ञानेन्द्र मुलुकको विषम परिस्थिति अब कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर चिन्तनमा रहिबक्सेकोे विशेष सूत्रले जनाएको छ । पुराना पञ्च मण्डलीहरूलाई लिएर मुलुकको समस्याको निकास ननिस्कने र यसले द्वन्द्व अरु चर्किने भएकाले सबैलाई समेटेर जाने सोच बनिरहेको सूत्रले संकेत गरेको छ । (more…)
यहाँ क्लिक गरेर यो प्रोग्रामलाइ आफुले चाहेको ठाँउमा तपाँइ सेभ गर्नुस
त्यसपछि त्यस फाइललाइ खोलेर मन्दिरमा प्रवेश गर्नुस । मन्दिरको नाम साइवर टेम्पल राखीएको छ । अब तपाँइ साइवर टेम्पलमा क्लिक गरेर मुख्य मन्दिरमा प्रवेश गर्नुस । त्यस स्थानमा तपाँइ बाँया पटि गणेश र पार्वती को मन्दिर देख्नुहुन्छ र दाँया पटि हनुमान र सुव्रमनियाको मन्दिर देख्नुहुन्छ र बिचमा शिवजी को मन्दिर छ ।

अब तपाइलाइ कुन मन्दिरमा गएर पुजागर्न मनलाग्यो त्यही मन्दिरको ढोकामा गएर क्लिक गर्नुस ,मन्दिर खुल्छ र भित्र प्रवेश गरेर तपाँइ पुजागर्न सक्नुहुन्छ । पुजागर्नको लागी देवताको वाँया पटि एउटा घण्टी राखीएको छ त्यसलाइ क्लिक गर्नुस घण्टी बज्दछ , त्यसपछि फुलपाती राखेको टोकरिमा क्लिक गर्नुस त्यो फुलपाती देवताको शिरमा खस्दछ ।अनि दाँया पटि रहेको दीयोमा गएर क्लिक गर्नुस दियो बल्दछ र त्यँही छेउमा घैलामा राखेको दुध दहि को गाग्रोमा क्लिक गरेपछि उक्त दुध दहि देवताको शिरवाट खस्नथाल्दछ । यसरी तपाँइ आफुले चाहेको देवताको पुजा गर्न सक्नुहुन्छ । यो मन्दिरमा प्रवेश गर्नु पुव आफ्नो कानमा इयरफोन पनि लगाउनुहोला जस्ले गर्दा मन्दिरमा गुन्जीएको मिठो धुन पनि सुन्न सक्नुहुन्छ ।
यस्तै प्रकारले छ घण्टामा एउटा लिस्ट तयार भयो । विचार गरेर हेर्दा आँखा भएका मानिसको भन्दा आँखा नहुने अन्धाका नाम धेरै हुन गयो । बीरबलले सरासरी दरबारमा गएर त्यो नामको सूची बादशाहलाई चढाउँदा भए । बादशाहले हेरी अन्धाका नामावलीमा पहिलोचाहीं नाउँ आफ्नै देखेर बीरबललाई सोधे- कुन कारणले मेरा नाम अन्धामा लेखियो ? (more…)
सोचेजस्तो हुन्न जीवन
रोजेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
खोजेजस्तो हुन्न जीवन।
यी र यस्तै सयौं सदाबहार गीत गाएर नेपाली सङ्गीतका पारखीलाई मन्त्रमुग्ध पार्ने स्वर साम्राज्ञी तारादेवी अब हाम्रोमाझ रहिनन्। नेपाली सङ्गीतको धरोहर तारादेवी आफु जन्मेको ६१ वर्षर एक हप्तापछि गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा हामीबाट बिदा भइन् । (more…)
नेपालका राजनीतिक दलहरूले प्रजातन्त्रको माग गर्दै गरेका प्रदर्शनको क्रममा लगभग दुईसयजना प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको अधिकारीहरूले जनाएका छन्। राजधानी काठमाण्डौंको केन्द्र बसन्तपुर र त्यसको आसपासमा शनिवार बृहत विरोध प्रदर्शनको आयोजना गरिएको थिए। प्रदर्शनकारीहरूले निषेधाज्ञा जारी गरिएको ठाउँमा प्रदर्शन गरेका हुनाले उनीहरूलाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले बताएका छन्। (more…)
काडमाडौं २० जनवरी । सरकारले लागू गरेको कर्फ्यूको अवज्ञा गर्दै राजधानीका विभिन्न स्थानमा दिनभर प्रदर्शन भएका छन । आन्दोलन राजधानीबाहिरका विभिन्न शहरमा पनि फैलिएको छ । बुटबल, पाल्पा, चितवन, नेपालगंज, पोखरालगायतका स्थानमा पनि प्रदर्शन भएको जानकारी प्राप्त भएको छ । (more…)
आन्दोलनरत सात दलले शुत्रवार गने भनेको जन प्रदर्शन कफयु लगाएर सरकारले रोकिदिएपछि ती दलले शनिवार दिउसो दुइ बजे वसन्तपुरमा भेला भएर सोही कार्यत्रम गने भएका छन्।
शुत्रवार बसेको सात राजनीतिक दलको केन्दि्य जन आन्दोलन संयोजन समितिको निर्णयानुसार पूर्व निर्धारित कार्यत्रमलाइ शुत्रवारको सट्टा शनिवार गने निर्णय भएको हो। उनीहरुले भोलि शनिवार दिउसो दुइ बजे राजतन्त्रको विरोध र नगर निर्वाचन वहिष्कारको आव्हान साथ जुलुश प्रदर्शन गनेछन्। यसैबीच जनआन्दोलन संयोजन समितिले सरकारले गरेको धरपकड र कफ्र्यको भत्र्सना गरेको छ।
सरकारले जन आन्दोलन असफल बनाउने प्रयास गरेपनि जनउभार बढ्दै जाने उनीहरले बताएका छन्।शनिवार निस्कने जुलुशमा पत्राउ नपरेका सबै सात दलका आन्दोलनरत नेताहरुको सो प्रदर्शनमा उपस्थिति हुने जन आन्दोलन संयोजन समितिले जनाएको छ।
Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft