January 26, 2006

साइवर टेम्पल

यहाँ क्लिक गरेर यो प्रोग्रामलाइ आफुले चाहेको ठाँउमा तपाँइ सेभ गर्नुस

त्यसपछि त्यस फाइललाइ खोलेर मन्दिरमा प्रवेश गर्नुस । मन्दिरको नाम साइवर टेम्पल राखीएको छ । अब तपाँइ साइवर टेम्पलमा क्लिक गरेर मुख्य मन्दिरमा प्रवेश गर्नुस । त्यस स्थानमा तपाँइ बाँया पटि गणेश र पार्वती को मन्दिर देख्नुहुन्छ र दाँया पटि हनुमान र सुव्रमनियाको मन्दिर देख्नुहुन्छ र बिचमा शिवजी को मन्दिर छ ।

अब तपाइलाइ कुन मन्दिरमा गएर पुजागर्न मनलाग्यो त्यही मन्दिरको ढोकामा गएर क्लिक गर्नुस ,मन्दिर खुल्छ र भित्र प्रवेश गरेर तपाँइ पुजागर्न सक्नुहुन्छ । पुजागर्नको लागी देवताको वाँया पटि एउटा घण्टी राखीएको छ त्यसलाइ क्लिक गर्नुस घण्टी बज्दछ , त्यसपछि फुलपाती राखेको टोकरिमा क्लिक गर्नुस त्यो फुलपाती देवताको शिरमा खस्दछ ।अनि दाँया पटि रहेको दीयोमा गएर क्लिक गर्नुस दियो बल्दछ र त्यँही छेउमा घैलामा राखेको दुध दहि को गाग्रोमा क्लिक गरेपछि उक्त दुध दहि देवताको शिरवाट खस्नथाल्दछ । यसरी तपाँइ आफुले चाहेको देवताको पुजा गर्न सक्नुहुन्छ । यो मन्दिरमा प्रवेश गर्नु पुव आफ्नो कानमा इयरफोन पनि लगाउनुहोला जस्ले गर्दा मन्दिरमा गुन्जीएको मिठो धुन पनि सुन्न सक्नुहुन्छ ।

1 Comment »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/01/26/cyber-temple/trackback/

  1. thanks for your creation of CYBER TEMPLE which feels me to visit real temple

    Comment by suman — January 27, 2006 @ 10:29 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft