नेपाली जनसर्म्पर्क समिति, बेलायत
नेपाली जनसर्म्पर्क समिति, बेलायत
Nepalese People Coordinatin Committee, UK (NPCCUK)
मितिः जनवरी २१, २००६
प्रेस विज्ञप्ती
मुलुक बिगत १० वर्षदेखि अशान्तिको भुमरीमा रुमल्लिरहेको अवस्थामा गत बर्ष फेब्रुवरी १ मा राजावाट भएको कु वाट राष्ट झन गहिरो बिकराल अराजक अवस्थामा फस्न पुगेको हो भन्ने कुरामा दुइमत छैन । राजाको कदम पछि मुलुक पुर्णरुपले संवैधानिक वाटो छोडी निरंकुश सकृय राजतन्त्रमा परिणत भएको छ, जनताका मौलिकहकहरु पुर्णरुपले खोसिएकाछन् । मुलुकमा मानवअधिकार पुर्णरुपले उलंघन भएकोछ, अन्तराष्टिय कानुन र सन्धीहरुको वर्खिलाप भएकोछ । स्वतन्त्र पत्रकारिता र सुचनाको हक माथी धावा बोलिएकोछ । स्थानिय निकायहरुमा मण्डलेकरण गरी साधन र श्रोतको ब्यापक दुरुपयोग गरिएकोछ, माओवादीहरु दवाउने नाममा र्सवसाधारण जनताहरुको हत्या भएकोछ कतिलाई वेपत्ता पारिएकोछ, राष्टिय ढुकुटि अनावस्यक र असान्दर्भिक रुपमा सैनिक साधन खरिद र राजाको भ्रमणमा खर्च गरिएकोछ । पंचायतकालका भ्रष्टाचारी र हत्यारालाई सरकारमा सामेल गरि नागों प्रदर्शन गरेकोछ, जनताको शान्ति पुर्ण भेलाहुने, प्रदर्शन गर्ने नैर्सर्गिक अधिकारको खिलाफ सैनिक र प्रहरीको आडमा राज्य आतंक मच्चाईरहेकोछ । माओवादीरुले गरेको युद्ध बिरामलाई वेवस्ता गर्दै बिगत १० बर्षदेखि रहेको अशान्तीलाई दिगो रुपमा अन्त्य गर्न ७ राजनैतिक पार्टि माओवादी बिच भएको १२ बुंदे सहमतिको अपब्याख्या गर्दै जनताको शान्ति स्थापना गर्ने चाहानालाई उपेक्षा गरेकोछ ।
यसरी मुलुक असंबैधानिक र अराजक अवस्थामा गुज्रिरहेको परिस्थितिमा मुलुक भित्र र बाहिरवाट शाही सरकारको आलोचना भैरहेको र प्रजातन्त्र पुनस्थापना गर्न दवाव परिरहेको अवस्थामा सरकारले असंवैधानिक रुपमा नगरपालिकाको चुनाव घोषणा गरेर मुलुकको ध्यान गैरजिम्वेवारी पर्ुवक अन्यत्र मोड्ने प्रयास गरेकोछ । नगरपालिका चुनाव असंवैधानिक र असान्दर्भिक हो भन्दै यसको बहिष्कार गर्न र मुलुकमा लादिएको निरंकुस राजतन्त्रका विरुद्ध भैरहेको शान्तिपुर्ण जनआन्दोलन अगाडी वढीरहेको अवस्थामा नेपाली जनआन्दोलनलाई दवाउन शाही सरकारले शान्ति पुर्ण प्रदर्शन गरिहरहेका ७ पार्टि नेताहरु, कायकर्ताहरु, बिद्यार्थीहरु, पत्रकारहरु र नागरिक समाजका ब्यक्तीहरुलाई हाउस एरेष्ट गर्ने, पक्राउ गर्ने, यातना दिने शान्तिपुर्ण सभा जुलुसहरुमा हस्तक्षेप लगायत कैयौ अत्याचार गर्दै मानवअधिकार बिरोधी र जनताको स्वतन्त्रताको उपहास गरेकोछ भने र्सवत्र सरकारको विरोध बढ्दै गएकोले शान्ति सुरक्षाको वहानामा सिंगो मुलुक भरनै कर्फु लगाए जनताको जिवन अस्तब्यस्त वनाएकोछ, टेलिफोन र मोवाईलका लाईनहरु काटेर थप कष्ट दिएर आफ्नो चरित्र
पुर्णमुलक र बिश्व सामु प्रदर्शन गरेकोछ । यसरी जनताको शान्तिपुर्ण बिरोध गर्न पाउने, भेला हुने अधिकारको हननको नेपाली जनसर्म्पर्क समिति, बेलायत (NPCCUK) कडा भर्त्सना गर्दछ साथै सरकारलाई तुरुन्त जनअधिकार फिर्ता गर्न, थुनिएका नेता तथा कार्यकर्तालाई छोड्न, जनजिवन लाई कष्टप्रद नबनाउन, शान्तिपुर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न र नेपालमा लोकतन्त्र स्थापनाका लागी आवस्यक पर्ुवाधार तैयार गर्न माग गर्दछ । अन्तमा अमेरिका, बेलायत, जापान, भारत, संयुक्त राष्टसंघ, युरोपियन युनियन, अन्तर्रर्ााटय मानवअधिकार संगठन लगायत बिश्व समुदायले नेपालमा हालै सरकारले गरिरहेको मानवअधिकारको हनन्, प्रजातन्त्र र जनअधिकार बिरोधी गतिबिधि प्रति देखाएको चासो र सहयोगको यस समिति हार्दिक स्वागत गर्दछ । बिशेष गरि बेलायत सरकारले नेपालमा लोकतन्त्र स्थापना र मानवअधिकार संरक्षणका लागी राखिरहेको अडान र र्समर्थन जारी रहनेछ भन्ने बिश्वास लिईएकोछ ।
राजाको निरंकुश शासनको बर्षदन यहि फेब्रुवरी १ मा पुग्दैछ । सो दिनमा नेपाल भित्र र वाहिरबाट बिरोध गर्न बिभिन्न राजनैतिक पार्टि संघ संस्थाहरुले आयोजना गरेको बिरोध कार्यक्रमहरुमा यस समितिको पुर्ण र्समर्थन रहेकोछ भने फेब्रुवरी १, २००६ मा बेलायतको लण्डनमा सोलिडारिटी नेपालको आव्हानमा नेपाली जनसर्म्पर्क समिति, बेलायत (NPCC UK) र नेपाली प्रजातान्त्रिक मन्च, बेलायत (NDF UK) को आयोजनामा शाही नेपाली राजदुतावास अगाडी हुने बिरोध प्रदर्शनमा सहभागी हुन NPCC UK सवै संघ संस्था र राष्ट प्रेमी, लोकतन्त्र प्रेमी दाजुभाई दिदिवहिनीहरुमा हार्दिक अपिल गर्दछ ।
पुरुषोत्तम पौडेल
सभापती
