आगामी एक साताभित्र देशमा ठूलो परिवर्तन हुने संकेत
तीन साता लामो देश दर्शन कार्यक्रमबाट माघ ९ गते राजधानी फिरिबक्सेपछि राजा ज्ञानेन्द्र मुलुकको विषम परिस्थिति अब कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर चिन्तनमा रहिबक्सेकोे विशेष सूत्रले जनाएको छ । पुराना पञ्च मण्डलीहरूलाई लिएर मुलुकको समस्याको निकास ननिस्कने र यसले द्वन्द्व अरु चर्किने भएकाले सबैलाई समेटेर जाने सोच बनिरहेको सूत्रले संकेत गरेको छ । पछिल्लो पटक कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टर्राई र राजाबीचको सम्वादपछि आएको भट्टर्राईको वक्तव्यलाई पनि अर्थपर्ूण्ा रूपमा हेरिएको छ । भट्टर्राईले इतिहासमै नपरेको गम्भीर संकट नेपालले सामना गरिरहेको बताउ“नु भएको छ । उहा“ले प्रजातन्त्र र शान्तिका निम्ति राष्ट्र र जनताका चाहनालाई प्राथमिकतामा राखे अझै राष्ट्र बचाउन सकिन्छ भन्नुभएको छ । नेता भट्टर्राईले वर्तमान समय समझदारी र मेलमिलापको भएको र यो बेला एक अर्कामा दोष लगाउने वा बदला लिने काम हुनु ठीक नभएको भन्दै मेलमिलापवादी दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । त्यसैगरी गृहमन्त्री कमल थापा, राजपरिषद् सदस्य सच्चितशमशेर तथा अन्य कतिपय माघ १९ का पक्षधर व्यक्तिहरूका पछिल्ला परिवर्तित अभिव्यक्तिबाट परिस्थिति समझदारीतर्फउन्मुख भएको अनुमान गर्न सकिने भएको छ ।
राजाको पर्ूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा राजाबाट आम जनताले शान्तिकै अपेक्षाभाव अघि सारेका छन् । जनताको चाहनालाई बुझेर राजाबाट निर्ण्ाायक कदम चालिनुपर्ने दवाव विभिन्न कोणबाट राजालाई परिरहेको दरबार सूत्रले बताएको छ । केही राजनीतिक विश्लेषकहरूको विचारमा राजाबाट राष्ट्रिय अभिभावकत्व ग्रहण गरिबक्सी पुनः प्रधानमन्त्रीय पद्धतिमा नया“ प्रकारको सरकार संरचना हुनसक्ने अड्कलवाजी पनि गरिएको छ । तथापि यो अड्कलवाजीलाई त्यति भरपर्दो मान्न सकिने स्थिति छैन । शान्ति र प्रजातन्त्रका निम्ति जति नै फड्को मार्दा पनि द्वन्द्व, असन्तोष र आन्दोलनको आगो निभ्न नसकेको र जति असन्तोष, व्रि्रोह तथा आन्दोलन गर्दा पनि समस्याको ठोस निकास निस्कन नसकेको दुवैथरी यथार्थतालाई आत्मसात् गरी नया“ ‘समझदारीको पथ’ निर्माण हुनसक्ने अड्कल गरिएको छ । माघ १९ को शाही कदमको एक वर्षपूरा हुने दिनको पर्ूवसन्ध्यासम्ममा निर्ण्ाायक कदमको संकेत मिल्न सक्ने बताइएको छ ।
यतिखेर तरह तरहका अड्कलले अनुमान र आशंका तरंगित भैरहेका छन् । संसद्वादी दलका कुनै नेतालाई अन्तरिम प्रधानमन्त्री बनाउने, मौजूदा संविधानको प्रतिसंहरण गरेर नया“ संविधानको मार्ग प्रशस्त गर्ने वा संविधान सभाका हेतु जनमत संग्रहमा जानेसम्मका थरी-थरी अड्कलहरू अहिले राजनीतिक क्षितीजमा चर्चित छन् । सत्ताका निम्ति परिवर्तन चाहने संसद्वादी दल, यथास्थितिवादी धार र क्रान्तिकारी परिवर्तन चाहने व्रि्रोही पक्ष सबैलाई सम्वोधन गर्ने, र्स्पर्श गर्ने र विद्यमान अन्योलको वादल फार्ने हिसाबले राष्ट्राध्यक्षको गम्भीरता र्सवत्र अपेक्षित भएको वर्तमान स्थितिमा राजाबाट प्रारम्भ भएको राजनीतिक परामर्श निश्चितै पनि परिणामदायी हुने अपेक्षा राजनीतिक विश्लेषकहरूले गरेका छन् ।
