राजालाइ प्रत्यक्ष शासन छोड्न जनशक्ति पार्टीको आग्रह
राजालाइ प्रत्यक्ष शासन छोड्न जनशक्ति पार्टीको आग्रह
पार्टी एकिकरण प्रयासलाइ कांग्रेसले निरन्तरता दिने
नेका प्रजातान्त्रिकको बाह्र बुँदे समझदारी भंग हुने चेतावनी
राजालाइ प्रत्यक्ष शासन छोड्न जनशक्ति पार्टीको आग्रह
पार्टी एकिकरण प्रयासलाइ कांग्रेसले निरन्तरता दिने
नेका प्रजातान्त्रिकको बाह्र बुँदे समझदारी भंग हुने चेतावनी
नेताहरूलाई र्सर्सत प्रधानमन्त्रीको प्रस्ताव
अन्ततः नयाँ वर्षँगै माघ १९ को कदम आंशिक सच्चिने सम्भावना देखिएको छ । अमेरिकाको बाध्यकारी सुझावमा राजा मन्त्रिपरिषद्को अध्यक्षता त्याग्न तयार भएको विश्वस्त स्रोतले बताएको छ । यसअघि तीन साताका लागि मन्त्रिपरिषद् बैठक नबस्ने भन्दै राजारानी पोखरा गएकोमा विशेष राजनीतिक परिस्थितिका कारण अकस्मात् राजधानी आई राजाले मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न गरेका छन् । (more…)
अमेरिकाले माओवादीसंग भएको १२ बुँदे समझदारीबाट बाहिर आउन राजनीतिक दलहरुलाइ फेरि आग्रह गरेको छ । नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकका विभिन्न नेताहरुसंग बिहीबार भेट गरी अमेरिकी राजदुत जेम्स एफ मोरियार्टीले दलहरुलाइ समझदारीबाट बाहिर आउन आग्रह गर्नुभएको हो ।
(more…)
जारी लोकतान्त्रिक आनदोलन सफल बनाउन बृहद राजनीतिक मोर्चा निर्माण गर्ने प्रस्ताव पारित गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटीको बैठक बिहिबार सम्पन्न भएको छ ।
बुधबारदेखि पार्टीको केन्द्रीय कार्यालय बल्खुमा सुरु भएको दुइ दिने बैठकको अन्तिम दिन पार्टीका तर्फाट प्रस्तुत राजनीतिक प्रस्ताव एकमतले पारित भएको पार्टीका कायवाहक महासचिव अमृत कुमार बोहोराले बताउनुभयो । पार्टी प्रस्तावमा शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा सरिक सात दलका साथै आन्दोलनमा सबै अगाडि बढिरहेको विभिन्न पेशागत संघसंगठन समेतको सहभागिता हुने गरी संयुक्त मोर्चा निर्माण गरिने कुरा उल्लेख छ । (more…)
झण्डै चारवर्षअगाडि विभाजित कांग्रेस पार्टी बीच पुनः एकीकरणको पहल सुरु भएको छ । नेकाका सभापति गिरिजा प्रसाद कोइराला र नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाबीच बुधबार बिहान कोइराला निवास महराजगंजमा भेटवार्ता भएको हो । (more…)
मुगुमा गोली चल्यो
जहाँनिया राणा शासनको अन्त्य भएको ५५ वर्ष बितिसक्ता पनि लोकतन्त्रका लागि जनता पटकपटक आन्देालनमा उत्रनुपर्ने विडम्बना भएको विभिन्न दलका नेताहरुले बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आयोजित शहीदप्रति श्रद्धाञ्जली सभा एवं विरोध प्रदर्शनमा उनीहरुले सो कुरा बताएका हुन् ।
राजाधानीमा सातदलले कोटेश्वर, टेकु, मंगलबजार डिल्लीबजार, गौसाला लगायतका ठाउँहरुबाट नाराजुलुस गर्दै नयाँबानेश्वरमा कोण सभा भएको थियो । सभालाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति सुसिल कोइरालाले दलहरुले आफ्नो स्पष्ट अडान विपरित कसैसंग सम्झौता नगर्ने बताउनुभयो । जनताको शान्तिपूर्ण आन्दोलन निरंकुशताको अन्त्य नभएसम्म नरोकिने बताउँदै कोइरालाले राजालाइ मानवअधिकार, शान्ति, जनता र कानुन नचाहिए हामीलाइ राजा नै चहिदैन भन्नुभयो । ँतर्सथ बेलैमा सडकको आवाज राजाले सुन्नु पर्छ ’-उहाँले भन्नुभयो । (more…)
माओवादीको चारमहिने एकतर्फी युद्धविराम भंग भएयता पूर्णस्तरको द्वन्द्व सुरु भएको बताउँदै संयुक्त राष्ट्रसंघिय मानवअधिकार उच्च आयोगले खेद प्रकट गरेको छ । आयोगले माओवादी युद्धविराम अवधिमा हिंसामा कमि आएपनि त्यसलाइ निरन्तरता दिन जिम्मेवार पक्ष निष्कृय रहेकोमा दुःख व्यक्त गरेको छ ।
नेपाल र जेनेभामा एकैसाथ बिहीबार सार्वजनिक प्रतिवेदनमा आयोगले यस्तो चिन्ता जाहेर गरेको हो । आयोगले नेपालको घना वस्तीलाइ राज्य र व्रि्रोही पक्षले भिडन्तका लागि उपयोग गरेकामा आपत्ति प्रकट गर्दै निर्दोष र युद्धमा संलग्नहरुप्रतिको खतरापूर्ण स्थितितर्फयुद्धरत दुवै पक्षको ध्यानाकर्षण गरेको छ । जथाभावी छाडिने गरिएका बम, बारुद जस्ता विष्फोटक पदार्थ, अन्धाधुन्ध हवाइ आक्रमणले जनजीवन जोखिममा परेको नेपाल सम्बन्धी प्रतिवेदनमा आयोगले उल्लेख गरेको छ । त्यस्ता लापर्वाहीले बालबालिकाहरुलाइ गम्भीर असर पुग्ने सो प्रतिवेदनमा जनाइएको छ । (more…)
राष्ट्रिय-अन्तर्रर्ााट्रय समुदायबाट नगर निर्वाचनको कटु आलोचना भएपनि सरकार संसदीय निर्वाचनको तिथी घोषणा गर्ने तयारीमा रहेको समाचार छ । आन्दोलनरत सात दल र माओवादी संविधान सभाको मिलन विन्दुमा पुगिसक्दा पनि शाही सरकारले नगर निर्वाचनपछि संसदीय निर्वाचनको प्रक्रिया थालनी गरी जवरजस्ती प्रजातान्त्रिक अभ्यास गर्ने नाममा निरंकुश सरकारको आयु लम्ब्याउने दुष्प्रयास गरिरहेको छ । (more…)
नगर चुनाव हालै सम्पन्न भयो । सबै ठाउ“को नजिता पनि आइसक्यो । नतिजा आएलगत्तै नवनिर्वाचित मेयर, उपमेयर सा’बहरु भूमिगत हुने क्रम पनि शुरु भयो । माओवादीका अध्यक्ष प्रचण्ड खुल्ला भएकै बेला नवनिर्वाचित पदाधिकारीहरु भूमिगत भए ।
चुनाव सम्पन्न भयो, तर चुनावसम्बन्धी विवाद भने अझै सम्पन्न भएको छैन । चुनावमा भएको मतदान अहिले विवादमा परेको छ । यो चुनावमा जम्मा एक्काइस प्रतिशत मत खसेको रहेछ । एक्काइस प्रतिशतमात्र मत खसेकोले यसको वैधानिकता छैन भन्ने प्रश्न उठेको छ । तर, यथार्थ के हो भने अहिले एक्काइसौं शताब्दीको युग हो । हाम्रो देशमा एक्काइसौं शताब्दीको शासन चलिरहेको छ । यो चुनाव पनि एक्काइसौं शताब्दीको चुनाव हो । एक्काइसौं शताब्दीको चुनावमा एक्काइस प्रतिशत नै मत आएको छ । के यो कम हो - वास्तवमा यसपटक देशमा जुनखालको चुनाव भयो त्यो एक्काइसौं शताब्दीको चुनाव हो । एक्काइसौं शताब्दीको राजतन्त्र कस्तो हुन्छ भन्ने कुरा त हामीले माघ १९ मा देखिहाल्यौं । अब एक्काइसौं शताब्दीको चुनाव कस्तो हुन्छ त्योचाहि“ माघ २६ मा देखियो । एक्काइसौं शताब्दीको मतगणना कस्तो हुन्छ, त्यो भूमिसुधार सहायकमन्त्री नारायणसिंह पुनले देखिहाल्नुभयो होला । एक्काइसौं शताब्दीको उम्मेदवारी कस्तो हुन्छ, त्यो चार मतले जित्ने भरतपुरका वडाध्यक्षले देख्नुभयो होला । अब एक्काइसांै शताब्दीको मेयर र उपमेयरले कसरी काम गर्छन्, त्योचाहि“ उनीहरुलाई माओवादीको घण्टी गइसकेपछि देख्न पाइन्छ होला ।
मुलुकका कानुनबिदहरुले शाही आयोग खारेज गर्ने सर्वोच्चको निर्णयबाट विधिको शासन स्थापित भएको ठहर गरेका छन् । उनीहरुले सर्वोच्चको फैसलाबाट राजाको असंवैधानिक कदम फेल खाएको प्रष्ट भएको बताए । (more…)
एमाले नेताहरु वामदेव गौतम, झलनाथ खनाल र अमृत वोहरालाइ गिरफ्तार गर्ने प्रयास गर्दै सशस्त्र प्रहरीले मंगलवार तीनघण्टासम्म एमाले केन्द्रिय कार्यालय घेराउ गरेको छ ।
एमाले स्थायी समितिको बैठक वस्ने थाहा पाएपछि नेतात्रयलाइ गिरफ्तार गर्न सशस्त्र प्रहरीका एसएसपी माधव थापा र डिएसपी राजु अर्यालको नेतृत्वमा प्रहरीले दिउँसो २ वजेदेखि ५ वजेसम्म एमाले मूख्यालय घेराउ गरेको थियो ।
तर राष्ट्रसंघीय उच्चायुक्त इयान मार्टिन सहित मानव अधिकारवादीहरुको टोली एमाले मूख्यालयमा पुगेपछि प्रहरी पछाडि हटेको थियो भने नेतात्रय गोप्यस्थानतर्फलाग्नु भएको थियो । सुरक्षाकर्मीको व्यापक खोजतलासका बाबजुद पनि एमाले स्थायी समितिको वैठक वसेको थियो ।
स्थायी समितिको मंगलवार वसेको बैठकले नगर निर्वाचन बहिष्कार गरी जनताले सरकारलाइ पराजित गरेको निष्कर्ष निकालेको छ । बैठकपछि कायवाहक महासचिव अमृतकुमार बोहराद्वारा जारी विज्ञप्तीमा सरकारलाइ असफल पारेकोमा जनतालाइ धन्यवाद दिइएको छ । शाही आयोग खारेज गर्ने सर्वोच्चको फैसलालाइ एमालेले संवैधानिक, सकारात्मक र स्वागतयोग्य भनेको छ । बैठकले फागुन ७ गतेको कायक्रम सशक्त वनाउन आह्वान समेत गरेको छ ।
अमेरिकी राजदुत जेम्स एफ मोरियार्टी र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला बीच सोमबार भेटवार्ता भएको छ ।
(more…)
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जनयूद्धको वारि्षकोत्सवको अवसरमा एक अपिल जारी गर्नु भएको छ ।
ने.क.पा.-माओवादी) को नेतृत्वमा चलिरहेको जनयुद्ध, फाल्गुण १ -फेब्रुवरी १३) गते दश वर्ष पूरा गरी एघार वर्षमा प्रवेश गरेको छ । अपिलमा एक दशकको जनविद्रोहले नेपाली समाजको क्रान्तिकारी रुपान्तरणमा वहुआयामिक र दूरगामी प्रभाव मात्र परेको नभइ आजको भूमण्डलीकृत साम्राज्यवाद, मुख्यतः अमेरिकी साम्राज्यवादको शोषण-उत्पीडन, हस्तक्षेप र आतंकका विरुद्ध जुधिरहेका विश्वभरिका जनसमुदायमा अध्ययन, बहस र प्रेरणाको नया“ गति समेत प्रदान गरेको दावी गर्दै करिब अढाइ सय वर्ष पुरानो सामन्तीतन्त्रलाइ समूल नष्ट गरी नेपाली समाजलाइ गणतान्त्रिक ढा“चामा संगठित गर्ने प्रक्रियामा निर्णायक भूमिका खेलिरहेको यो महान् जनयुद्धले विचारधारात्मक दृष्टिबाट २१औं शताब्दीमा मा.ले.मा.को विकास गरी विश्व क्रान्तिको नया“ लहर सृष्टि गर्ने भूमिकामा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख छ । (more…)
भ्रष्ट्राचार नियन्त्रण शाही आयोग खारेज भएको छ। यस विरुद्ध परेको रिट निवेदनमा फैसला गर्दै सर्वोच्च अदालतले आज यो आदेश गरेको हो।
१९ माघ २०६१ मा मुलुकको शासन सत्ता आफ्नो हातमा लिए पछि ‘भ्रष्ट्राचार नियन्त्रण’कालागि राजाबाट यस आयोगको गठन भएको थियो। (more…)
राजपरिषद स्थायी समितिका पूर्व सभापति डा. केशरजंग रायमाझीले राजालाइ र्सबपक्षिय सरकार गठन गरी संवैधानिक भएर बस्न आग्रह गर्नुभएको छ ।
राजाबाट संबिधान उलंघन भएको ठहर गर्दै उहाँले अब धारा १२७ ले कुनैपनि काम गर्न नसक्ने प्रष्ट पार्नुभयो । डा. रायमाझीले मन्त्री परिषदको अध्यक्ष भएका कारण कुनैपनि मन्त्रीले गरेको दोषको जिम्मेवारी राजाले लिनुपर्ने भएकोले यो भन्दा ठुलो विवादमा नमुछिन आग्रह गर्नुभयो । उहाँले इतिहासमै राजा सबैभन्दा बढी विवादमा आएको बताउनुभयो । लामो समयसम्म राजदरवारदेखि नजिक रहनुभएका रायमाझीले मन्त्री परिषद बिघटन गर्न माग गर्नुभयो । उहाँले र्सबदलीय र र्सबपक्षिय सरकार गठन गरी सत्ता सुम्पिन पनि राजासंग आग्रह गर्नुभयो । रायमाझी संचार समुहद्वारा आइतवार काठमाडौंमा आयोजीत अन्तरक्रिया कायक्रममा बोल्दै हुनुहुन्थ्यो । कुनैबेला राजसंस्थ्ााको बारेमा बढाइचढाइ गरी प्रंशसा गर्दै आउनु भएका रायमाझीले राजालाइ संवैधानिक दायरामा आइ सत्ता सुम्पन गरेको आग्रह यो पहिलो पटक हो । रायमाझी राजदरवारसंग अत्यन्तै निकट मानिनुहुन्छ । राजाबाट गर्न खोजिएका काम र उद्देश्य प्रजातन्त्र अनुरुप भएपनि चौतर्फी दवाव र मन्त्री परिषदका सदस्यहरुको गैर जिम्मेवारीपनका कारण त्यो सफल नहुने उहाँको तर्क छ । संविधानको संरक्षक राजानै भएका कारण सरकारबाट संविधानको उलंघन हुँदा त्यसको जिम्मेवार राजाले लिनुपर्नेमा उहाँको जोड थियो ।
सशस्त्र प्रहरी बेस क्याम्प दुवाकोट
सरकारको विरोध गरेको आरोपमा हिरासतमा राखिएका नेता तथा कार्यकर्ताहरु के गरिरहेका होलान् ? उनीहरुको दिनचर्या कस्तो होला ? अहिले यो सबैको चासोको विषय हो ।
प्राप्त समाचारअनुसार सशस्त्र प्रहरी बेस क्याम्प दुवाकोटमा रहेका राजबन्दीले बन्दी गृहभित्रै राज्यको भावी संरचना र लोकतन्त्रको विषयमा बहस गरिरहेका छन् । (more…)
मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरीले अझै गोली चल्ने र मान्छे मर्ने क्रम अझै बढ्न सक्ने चेतावनी दिनुभएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै गिरीले यस्तो चेतावनी दिनुभएको हो।
उहाँले भन्नुभयो, गोली चलाउनु पर्ने अवस्था सृजना गर्यो भने गोली चल्छ। तपाईँले ढुंगा हान्नुभयो भने ढुंगा आउँछ। (more…)
सरकारले निर्वाचन पश्चात विदेशी राष्ट्रहरुबाट व्यक्त गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ । सरकारले मित्र राष्ट्रहरुबाट व्यक्त गरिएका अभिव्यक्तिलाई हस्तक्षेपको संज्ञा दिदै अनावश्यक र अस्वीकार्य भनेको छ । अमेरीका , भारत , जापान , बेलायत लगायतका राष्ट्रहरुले नगर निर्वाचनमा जनसहभागिता नरहेकोले यसलाई बैधता दिन नसकिने बताएका थिए । त्यसप्रति परराष्ट्र मन्त्रालयले शनिवार एक बक्तव्य प्रकाशित गरी आपत्ति प्रकट गरेको हो । राजालाई तत्काल बार्ता गरी प्रजातान्त्रिक मूलधारमा र्फकन र बन्दी बनाईएका नेताहरुलाई तत्काल रिहाइ गर्न गरिएको उनीहरुको आग्रहलाई परराष्ट्रमन्त्रालयले अनावश्यक र अस्वीकार्य टिप्पणी भनेको छ । मन्त्रालयलद्वारा जारी बक्तव्यमा निर्वाचन र अन्य बिषयलाई आन्तरिक मामिला भनिएको छ । आन्तरिक मामिलामा बैदेशिक हस्तक्षेप हुन नहुने भन्दै सरकारले अप्रजात्रान्त्रिक र अवैधानिक गतिविधिलाई ढाकछोप गर्न खोजेको छ । बक्तव्यमा सरकार प्रजातान्त्रिक बाटोमा हिंडेको उल्लेख गर्दै परराष्ट्रमन्त्रालयले नगरपालिकाको निर्वाचन ऐतिहासीक सफलता हो भनेको छ ।
‘’वैदेशिक टिका टिप्प्णीको कुनै अर्थ छैन र त्यो राज्यका लागि स्वीकार्य हुने छैन । “बक्तव्यमा भनिएको छ -'’अनावश्यक टिकाटिप्पणी गरेर वैदेशिक हस्तक्षेप वढाइएकोलाई हामी स्वीकार्न सक्दैनौ ।
मुलुकमा परराष्ट्रविदहरुले नेपालको बर्तमान परिस्थितिका विषयमा अन्य मुलुकले उठाएका आवाजहरुलाई सकारात्मक रुपमा लिदै नेपालको सर्न्दर्भमा अहिलेको भन्दा पनि कडा स्वरहरु उठाउनुपर्ने बताउनुभएको छ । उहाँहरुले अन्तर्रार्ष्र्ट्ररय समुदायबाट नेपालको विद्यमान संकटको विषयमा चासो र चिन्ता व्यक्त गर्नु जायज भएको उल्लेख गर्नुभएको छ । रिपोर्टस क्लबद्वारा शनिवार काठमाडैंामा आयोजित कार्यक्रममा परराष्ट्रविद यादवकान्त सिलवाल, पूर्व परराष्ट्रमन्त्री डा. रामशरण महत , परराष्ट्रविद राजेश्वर आचार्य तथा काँग्रेस प्रजातान्त्रिकका डा. मिनेन्द्र रिजालले अन्तरर्रार्ष्र्ट्रय समुदायलाइ प्रजातन्त्रका पक्षमा अझ चर्को आवाज उठाउन आग्रह गर्नुभएको थियो ।
बेलायतले नेपालमा सम्पन्न नगरनिर्वाचनमा जनर्समर्थन नदेखिएको टिप्पणी गरेको छ। कम मतदान हुनुले जनर्समर्थन नदेखिएको स्पष्ट भएको उल्लेख गर्दै बेलायतको विदेश कार्यालयसम्बन्धी मन्त्री किम हावेल्सले नगरनिर्वाचनमा जनताको राजनीतिक इच्छाको अर्थपुर्ण् प्रतिनिधित्व नभएको जनाउनुभएको छ। (more…)
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन तयारी समितिका संयोजक डा. बाबुराम भट्टर्राईद्वारा संयुक्त रुपमा हस्ताक्षरित एक वक्तव्य मार्फत नेपाल बन्दको वाकी कार्यक्रम फिर्ता लिईएको जनाईएको छ । आज सांझ प्रकाशित वक्तव्यमा - सामन्ती निरंकुश सत्ता र फासिष्ट चरित्रलाई पर्दा हाल्ने षड्यन्त्रका रुपमा रचिएको कथित नगर निर्वाचनको नौटंकीलाई ध्वंस्त पार्ने उद्देश्यले पार्टीले आयोजना गरेको नेपाल वन्द ऐतिहासिक रुपमा सफल भएको भन्दै “चुनाव वहिष्कारको आफ्नो लक्षित उद्देश्य सफलतापूर्वक सम्पन्न भएकाले तथा सात राजनैतिक दल, जनता एवम् विभिन्न संघ सस्थाहरुबाट भएको अनुरोधलाई ध्यान दिदै नेपाल वन्दका बा“की कार्यक्रम -माघ २७, २८ र २९) फिर्ता लिएको घोषणा पनि यसैसाथ गर्न चाहन्छौ ” भनिएको छ । (more…)
Here is the hotmail Inbox of Mr President of the United States of America, i.e. George W Bush. Check it out.
Come in: Click here
नेपाली समाज बेलायतको आयोजनामा आइतवारका दिन सात दल र माओवादी बीच भएका बाह्र वुँदे समझदारीको विषयमा एक अन्तरक्रिया कायक्रम सम्पन्न भएको छ । लण्डनको एजवेयरमा नेपालीहरुद्वारा सञ्चालित ओसेनिक क्लबमा भएको कायक्रमका सभापति नेपाली समाज बेलायतका अध्यक्ष कर्ण बहादुर शाही हुनुहुन्थ्यो । कायक्रमको शुरुमा उँहाले बाह्र बुँदे समझदारीको महत्व र उपादयता वारेमा छलफल गर्न कायक्रमको आयोजना गरिएको वताउँदै समझदारी विदेशीको इसारामा गरिएको भन्नेहरु यथास्थितिवादी रहेको र जनताको विरुद्धमा कुतर्क गरिरहेको वताउनु भएको थियो । (more…)
Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft