February 1, 2006

यस्तै भयो यो पटकको माघ १९ गतेपनि………….

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २०६२ साल माघ १९ गते बूधवार राष्ट्रको नाममा बक्सेको शाही घोषणा

प्यारा देशबासीहरु,
१. देशको आवश्यकता र जनताको चाहना बमोजिम शान्ति सूरक्षाको पूनर्स्थापना र बहूदलीय प्रजातान्त्रिक ब्यवस्थालाई क्रियाशील तूल्याउन लिइएको निर्णयको आज एक वर्षपुरा भएको छ । बिनाशतिर उन्मूख परिस्थितिलाई सपार्न तथा अवरुद्ध भै सकेको प्रजातान्त्रिक प्रकृयालाई सकृय तूल्याउन सजिलो थिएन । तर देशभक्त नेपालीहरुको कटिबद्धताले एक वर्षो छोटो समयमा नै निराशालाई हटाएर देशमा आत्मविश्वास कायम भएको, नेपालीको आत्म सम्मान पूनः जीवन्त भएको सबैले अनूभव गरेकैछन् । हामीलाई विश्वास छ स्वाभिमानी नेपालीको संवेदनशिलताप्रति सचेत रहेर, संधै स्वतन्त्र रहेको आफ्नो गौरबशाली इतिहासको मर्मको हेक्का राखेर देशभक्तिको मिलनविन्दूमा आपसी समझदारीबाट कोरेको मार्ग चित्रले आगामी वर्षा दिगो शान्ति, स्थायित्व र समून्नतिको राष्ट्रिय एजेण्डामा देशलाई अग्रसर गराउन सकिने छ । हाम्रो विचारमा स्थायी शान्तिको मार्ग चित्र र र्सार्थक प्रजातन्त्रको सशक्तिकरणको मार्ग चित्र एउटै सिक्काको दुइ भाग हून् । हामीलाई विश्वास छ- हाम्रो मातृभुमिमा हत्या, हिंसा र आतंकको पूनराबृत्ति हूने, विश्वमा उत्कृष्ट सावित भएको बहूदलीय प्रजातन्त्रलाई फेरि संकटमा पार्ने तथा नेपाल र नेपालीको स्वाभिमानमा ठेस लाग्ने सबै संभावनाहरु सामुहिक विवेकबाट कोरेको मार्ग चित्रले संधैकालागि अन्त गर्नेछ । हामीलाई विश्वास छ- हाम्रो राजनीतिक, प्रशासनिक र नागरिक संस्कार राष्ट्रिय संस्कारबाट निर्दिष्ट भएर नेपाली जनताकोलागि कल्याणकारी समाज निर्माण गर्न र्सार्थक प्रजातन्त्रको निष्टापुर्ण अभ्यासद्वारा २०६३ साल भित्रै सूनिश्चित भविष्यको रचनामा सबैतहका जन निर्वाचित निकायहरु सकृय हूनेछन् ।

२. एक वर्षअघिसम्म देशलाई असफल राष्ट्रकोरुपमा पूर्याउन भै रहेको दूष्प्रयास अव नियन्त्रित हून थालेको छ । आतंककारी गतिविधि साघु्रिदै छिटपूट अपराधमा सिमित भै सकेको छ । निर्वाचित सरकारद्वारा गाउझ्, नगर र जिल्ला मात्र हैन, राष्ट्रिय स्तरमा समेत विघटन गरिएका र पटक पटक मौका दिंदा पनि चूनाव नगराइएका जननिर्वाचित निकायहरुलाई स्वयम् जनता कै मतदानबाट पूनर्स्थापित भएर संवैधानिक राजतन्त्र र बहूदलीय प्रजातन्त्रको अभ्यासलाई क्रियाशील बनाउने प्रकृया पनि अव शूरु भै सकेको छ । शूर्रुभईसकेको नगरपालिकास्तरको निर्वाचनलाई सम्पन्न गर्ने प्रक्रियामा जनता लागिपरेकाछन् । वास्तवमा सबै वालिग मतदाताहरुले आफ्नो इच्छा अनूसार मतदानबाट व्यक्त गर्ने चाहना नै राष्ट्रिय सहमतिको सम्मानजनक एवम् प्रजातान्त्रिक जग हो । जनताको मतदानबाट मात्र प्रजातन्त्रको विजय हून्छ । प्रजातन्त्रले जित्दा प्रजातन्त्रवादीहरु हार्दैनन् । यसैले निर्वाचनबाट जनताको र्समर्थन हासिल गर्नू र मतदानबाट प्राप्त हूने जन-आज्ञाको पालना गर्नू नै प्रजातन्त्रलाई बलियो पार्ने पहिलो शर्त हो । यिनै र्सवस्वीकृत प्रजातान्त्रिक मान्यताहरुको आधारमा स्वच्छ, स्वतन्त्र एवम् धांधली रहित चूनावबाट जनप्रतिनिधिहरुका सम्पुर्ण निकायहरु पूनर्स्थापित गर्ने प्रकृया शूरु भै सकेको छ । यसमा जनताको प्रजातान्त्रिक हकको सम्मान गर्ने सबै प्रजातन्त्रबादीहरुको सकृय सहभागिता हूने नै छ भन्ने हामीले विश्वास गरेका छौं । वास्तवमा प्रजातान्त्रिक प्रकृयामा सहभागी भएर मात्रै, जनताको हकको सम्मान गरेर मात्रै जनताको विश्वास आर्जन गर्न सकिन्छ भन्ने प्रजातान्त्रिक मान्यता नै हो ।

प्यारा देशबासीहरु,

३. सार्थक प्रजातान्त्रिक अभ्यासलाई विधिसम्मत ढंगमा शूभारम्भ गर्ने प्रयाससंगै जनतालाई प्रत्यक्ष फाइदा पूर्याउन र्सार्वजनिक सेवा प्रणालीमा सूधारको काम पनि शूरु भैसकेको छ । प्रशासनलाई राजनीतिक दवावबाट मूक्त पारी कर्मचारीहरुमा अनूशासन कायम गर्दै राजनीतिक संरक्षणमा हूने अपराधमा नियन्त्रण कायम भएको छ । यसै गरी प्रारम्भ भएको आर्थिक तथा प्रशासनिक सूधारका कार्यहरुलाई अझै प्रभावकारी ढंगमा अघि बढाइनेछ । वास्तवमा विधिको शासनले मात्रै सूशासनलाई सूनिश्चित पार्दछ । हाम्रो समाजकालागि धमिरा सिद्ध भइसकेको भ्रष्टाचार झांगिने क्रम नरोकिएसम्म जनताको चाहना अनूसारको शासकीय पद्धति सजीब हून सक्दैन । यसै गरी वित्तीय अनूशासन कायम गर्ने प्रतिबद्धता पुरा गर्न अझै सशक्त कदमहरु चालिनेछन् । सूकूम्बासी, भुमिहिन किसान र मूक्त कमैयाहरुलाई यथासक्य छिटो जग्गा उपलव्ध गराउन भुमि बैंकको व्यवस्थालाई प्रभावकारी ढंगमा संचालन गरिनेछ । आर्थिक विकासको गति तीब्र तूल्याउन, रोजगारीको अवसर बढाउन, यातायातको विकास गर्न तथा जलस्रोतको अधिकतम उपयोग गर्दै उर्जाको क्षेत्रमा आत्मनिर्भर हून आन्तरिक र बाह्य लगानी जूटाइनेछ । आम जनताले प्रत्यक्षरुपमा अनूभव गर्न सक्ने विकासको चरण प्रारम्भ गर्नू परेकोछ । यसकालागि प्रभावशाली एकीकृत पद्धति अपनाइनेछ । सुचना प्रविधिले सिर्जना गरेको अवसरलाई मूलूकको आर्थिक विकासमा उपयोग गर्न अनूकुल अवस्था बनेको छ । यसै गरी सेवा क्षेत्रको भुमिका पनि महत्वपुर्ण हूंदै गएकोछ । यस पर्रि्रेक्ष्यमा प्रतिभावान् यूवाहरुलाई स्वदेशमा नै स्वरोजगारीका अवसरहरु सिर्जना गर्न विशेष कार्यक्रमहरु ल्याइनेछ । साथै बैदेशिक रोजगारीमा जाने यूवा जनशक्तिलाई तालिमद्वारा दक्ष्य बनाउने, रोजगारीको बजारको आवश्यकता अनूसार श्रमिकशक्ति तैयार पार्ने तथा विदेशमा उनीहरुको सीप र श्रमको उचित सम्मान हूने व्यवस्था पनि गरिने छ ।

४. नैतिक धरातलमा उभिन नसक्ने चरित्र, राष्ट्रिय स्वाभिमानप्रति उदाशिन राजनीति तथा जनताको विश्वास हासिल गर्न नसक्ने शासन पद्धतिले देश र जनताको भलो गर्दैन भन्ने कूरा नेपालीहरुले बूझि सकेकाछन् । स्वच्छ र सङ्लो नभैकन जनतालाई प्रेरित गर्ने, चूनौतीहरुलाई पराजित गर्ने तागत राजनीतिले हांसिल गर्न सक्दो रहेनछ भन्ने पनि नेपालीहरुलाई खूलस्त भै सकेको छ । यसैले अर्थपुर्ण ढंगमा शासनमा आम जनताको उल्लेखनीय हिस्सेदारी नभैकन, गाउझ्, नगर, जिल्ला, अञ्चल र क्षेत्रहरुमा प्रभावकारी ढंगमा अधिकारको विकेन्द्रिकरण नगरिकन, निर्वाचित स्थानीय निकायहरुलाई विकासका योजनाहरुको तर्जूमा र कार्यान्वयनमा अधिकतम स्वायत्तता प्रदान नगरिकन बहूदलीय प्रजातन्त्रलाई र्सार्थक बनाउन सकिंदैन भन्ने हाम्रो मान्यता रहेकोछ ।

५. आम जनता र सबै तहका जनप्रतिनिधिहरुको ल्याकतमा विश्वास गर्ने मानसिकता बनाएर मात्रै प्रजातन्त्रलाई जीवन पद्धतिमा रुपान्तर गर्न सकिन्छ । यसकालागि सामुहिक चिन्तनद्वारा पारदर्शीरुपमा अनूभव र आकांक्षाको निचोडको मार्ग चित्र बनाइने छ । साथै जनजाति, क्षेत्रीय र अन्य विभेद वारे जनताका सबै गूनासोहरुलाई देशको बृहत हितको लागि चित्त बूभ\mदो ढंगमा सम्बोधन गर्न उपयूक्त कदम पनि चालिने छ । आमजनताको हितमा भै रहेका र हून थालेका सबै प्रयासहरुमा योगदान दिएर मात्रै सबै नेपालीको सामुहिक हित गर्न सकिन्छ । सबैको सामुहिक संलग्नताबाट मात्रै देशलाई गरिबीबाट मूक्त गरी उन्नतशिल दर्जामा पूर्याउन सकिन्छ । हामीलाई विश्वास छ- राष्ट्रिय स्वाभिमानप्रति सचेत सबै नेपालीले देशमा हाल कार्यान्वयन भै रहेका उन्नतिमूखि रणनीतिहरुको सफलतामा आ-आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान दिने नै छन् । व्यक्ति र पूस्ताको सहि मुल्यांकन इतिहासले मात्रै गर्दछ । आजका नेपालीहरु इतिहासबाट जस पाउन सफल होऊन् भन्ने हाम्रो प्रयास हूनर्ूपर्दछ ।

प्यारा देशबासीहरु,

६. नेपालको परराष्ट्र नीतिमा अव स्पष्टता र स्थायित्व कायम भएको छ । तीब्र गतिमा परिवर्तन भै रहेको विश्वमा कसरी देशको हित गर्ने भन्ने एकमात्र चिन्तन तथा राष्ट्रिय हितबाट मात्रै निर्दिष्ट हूने अनूशासनबाट परराष्ट्र नीति र बैदेशिक सम्बन्ध संचालन गरी विश्व समूदायमा नेपालको विश्वसनियता र प्रतिष्७ा पूनर्स्थापित भएको छ । नेपाल सबैसझ्ग मित्रता चाहन्छ । सबैसझ्ग साझा हितमा सहयोगी बन्न नेपाल सधै तत्पर रहन्छ । कसैको पनि कूभलो नहोस्, आफ्नो भुमि कूनै पनि मित्र राष्ट्र विरुद्ध उपयोग नहोस् भन्ने कूरामा नेपाल संधै र्सतर्क छ, र्सतर्क रहने छ । आफ्ना दूवै छिमेकीहरुसंगको सम्बन्धलाई आपसी हितमा फलदायी बनाउदै लग्न सधैझ् तत्पर रहने नेपालको नीति अपरिवर्तनीय छ । दूवै छिमेकीहरुको आर्थिक सम्बन्ध बृद्धिमा सहयोगी पूल वन्न नेपालले आफुलाई पारबहन - विन्दू बनाउने तैयारी पनि गरिरहेको छ । पारबहन - विन्दूको रुपमा नेपालको भुमिकाले नेपाल, भारत र चीनसंगै, यो क्षेत्र कै हितमा सकारात्मक योगदान पूर्याउने छ ।

७. मानव अधिकारको सिद्धान्तप्रति नेपालको पुर्ण सम्मान र प्रतिबद्धता छ । यसै अनूकुल मानव अधिकारको संरक्षण तथा सर्म्बर्द्धनका लािग संस्थागतरुपमा प्रबन्धहरु गर्ने तथा अनूभवबाट देखिएका कमी कमजोरीहरु हटाउदै लग्ने नीति अपनाइएको छ । आतंककारीहरुसंग जूधिरहेकेा देशलाई राष्ट्रिय सूरक्षाको वाध्यता र नागरिक अधिकारको सम्मान वीच सन्तूलन कायम राख्न सजिलो छैन भन्ने कूरा आतंकवादबाट पिडित सबै प्रजातन्त्रवादी देशहरुले भोगिरहेकै यथार्थता हो । तर राष्ट्रिय सूरक्षाको बाध्यतालाई उपेक्षा नगरीकन जनतालाई शान्तिपर्ुवक प्रजातान्त्रिक अधिकार उपयोग गर्न दिनै पर्दछ भन्ने हाम्रो मान्यता छ ।

८. दिगो शान्ति नेपालीको चाहना हो । हालै हामीबाट गरि बक्सिएको अधिराज्यका विभिन्न भागहरुको भ्रमणमा जनतासझ्ग प्रत्यक्ष सर्म्पर्क हूंदा यही जनचाहना प्रष्ट भएको थियो । हत्या, हिंसालाई क्षणिक विराम दिएर यसैको आडमा थप आतंक मच्चाउन विध्वंसको तैयारी गर्ने चाललाई जागरुक नेपालीहरुले बूझिसकेकाछन् । बाटो बिराएकाहरु देश र जनता विरुद्धको कूबाटो छाडेर शान्ति र सिर्जना, प्रजातन्त्र र समन्वयको मुल बाटोमा आउन चाहन्छन् भने, जनताको हत्या गर्न छाडेर जनताको मत लिएर जनताको सेवामा समर्पित हून चाहन्छन् भने र्सव स्वीकृत प्रजातान्त्रिक विधिबाट जनताको विश्वास जितेर जनप्रतिनिधिको हैसियतमा राज्य सञ्चालनको अभिभारा हासिल गर्न आवश्यक सूरक्षा र अवसर दिइने कूरा पनि हामी स्पष्ट गर्न चाहन्छौं । शान्तिपुर्ण राजनीतिक गतिविधि र रचनात्मक गतिविधिले मात्रै जनतालाई खूसी पार्दछ । प्रजातन्त्रको नाममा शान्ति खलबल्याउने, कलह बढाउने, समझदारीमा आउनेबाटो छेक्ने गतिविधिले कसैको हित गर्दैन । यसैले हामी आव्हान गर्दछौं जनताको हितमा समर्पित हून, र्सार्थक प्रजातन्त्रको अध्याय प्रारम्भ गर्न देशभक्तिको मिलन विन्दूमा एक हौं । इतिहासमा सधै स्वतन्त्र रहेको नेपाली विचार पद्धति अनूकुल सबै उल्झनहरुलाई नेपाली राष्ट्रवादी संस्कारलाई मान्य हूने गरी सूल्झ्याउन सकिन्छ भन्ने कूरामा हामी जोड दिन चाहन्छौं ।

प्यारा देशबासीहरु,

९. प्यारा जनताको चाहना पुरा गर्दै, मातृभुमिको बृहत्तर हितमा हामी एकलव्य भएर अघि बढेका छौं । नेपालको गौरवशाली इतिहासप्रतिको दायित्व र नेपाली जनताको हित बाहेक हाम्रो अरु कूनै चाहना छैन । देशभक्तिको पवित्र मूहानबाट नित्य हासिल भै रहने अजर शक्तिलाई सदूपयोग गर्दै नेपाल अधिराज्यको गौरवशाली इतिहासलाई सूरक्षित राख्ने तपस्या देशको हितमा हून्छ । यसको सफलताले नै देशलाई सूरक्षित राख्दछ, प्रजातन्त्रलाई जनताकोलागि र्सार्थक बनाउझ्दछ ।

१०. गतः वर्षदेशले स्पष्ट निर्णाय लियो । आज फेरि राष्ट्रिय लक्ष्यमा पूग्ने प्रतिज्ञा दोहोर्याऊ । नेपालीको एक्कइस औं शताव्दी सूहाउदो शान्तिपुर्ण, समून्नत, प्रजातान्त्रिक नेपाल बनाउने नै हो । नेपालको राष्ट्रिय एजेण्डा नेपाल र नेपालीको हितमा नेपाली जनताले नै निर्धारण गर्दछन् भन्ने सत्य नेपालको गौरवशाली इतिहासको सार हो ।

११. अन्तमा, देश भक्तिबाट मात्रै सम्मानित प्रजातान्त्रिक समाज निर्माण गर्न सकिने हूनाले आपसी मतभेदलाई तीतो अतीतमा सेलाएर, प्रजातान्त्रिक विधिबाट देश र जनताकोलागि सूरक्षित, समून्नत भविष्यको निर्माण गर्न सबै नेपालीलाई हामी आव्हान गर्दछौं ।

श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् ।

जय नेपाल ।

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/02/01/raja/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft