February 1, 2006

सोलिड्यारिटी नेपाल, युके द्वारा सांसदसंग छलफल / विरोध कार्यक्रमहरु

सोलिड्यारिटी नेपाल, युकेको नेतृत्वमा नेपाली युवाहरुको एक प्रतिनिधि मण्डलले वेलायती सांसदहरुसंग आज एक विशेष छलफल गरेको छ । नेपालको वर्तमान परिस्थितिवारे जानकारी गराउदै वर्तमान द्धन्द्वको अन्त्य गरी प्रजातन्त्र, मानवअधिकार, विधिको शासन र शान्ति स्थापनाको लागि अन्तराटि्रय लविङ्ग गर्ने सर्न्दर्भमा केन्द्रित उक्त छलफल वेष्टमिनिष्टर स्थित पार्लियामेण्ट भवनमा सम्पन्न भएको थियो । सोलिड्यारिटी नेपाल, युकेका संयोजक कृष्ण उपाध्यायको अगुवाईमा नेपाली जनसर्म्पर्क समिति -(एनपीसीसी,युके) का अध्यक्ष पुरुषोत्तम पौडेल तथा डा. सम्पूर्णानन्द ढुङ्गाना, नेपाली ड्यामोक्र्याटिक फेारमका अर्जुन वस्नेत, रेडिङ्ग नेपाली समाजका पदम वहादुर क्षेत्री तथा लण्डन स्थित नेपाली सन्देश साप्ताहिकका रामकुमार विमली सहितको टोलीले नेपालको वर्तमान वस्तुस्थितिका वारेमा सांसदहरुलाई जानकारी गराएको थियो । बेलायती संसदका नेपाल मामिला हेर्ने सांसद जोन स्ट्यान्ली ( John Stalney) लर्ड जोन मोन्टेग्यु ( Lord John Montague) तथा बारोनेश सुजा (Baroness D’Souza CMG) लगायतका सांसदहरुले नेपालको वर्तमान परिस्थितिका वारेमा विभिन्न जिज्ञासा हरु राख्दै सहभागीहरुसंग छलफल गर्नुभएको थियो । छलफलका क्रममा नेपालमा राजाको प्रत्यक्ष शासनको एकवर्ष लाई विशेष मूल्यांकन गरी नेपालमा प्रजातन्त्र, मानवअधिकार र शाान्तिका लागि कार्यरत ४७ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संथाहरुद्वारा प्रकाशित संयुक्त विज्ञप्ती समेत हस्तान्तरण गरिएको थियो । टोलीले राजाको ‘कु’ को वर्षदिन पुगेको सर्न्दर्भमा भोली नेपाल लगायत विश्वव्यापी रुपमा गरिने विरोध प्रदर्शनका क्रममा वेल्जियम स्थित युरोपियन पार्लियामेण्टको अगाडि हुने प्रदर्शनमा समेत युुरोप भरिको प्रतिनिधित्व हुने समेत जानकारी गराएको थियो ।

त्यस्तै गरी भोली संसारभरि नै नेपालमा राजाको शासनको वर्ष दिनले थोपरेको निरंकुशताको विरुद्ध र्‍याली तथा विरोध पर््रदर्शनहरु गरिने भएका छन । अष्ट्रेलियाको सिड्नीमा NEHURIPD, Australia को आयोजनामा भोली विशाल पर््रदर्शन हुने भएको छ । त्यस्तै नेपालीहरुको घना वस्ति भएका अमेरिका, भारत, थाईलैण्ड, हङ्गकङ्ग आदि ठाउँहरुमा पनि पर््रदशनहरु गरिने समाचारहरु प्राप्त भएका छन् । सोलिड्यारिटी नेपालको आव्हान तथा नेपाली जनसर्म्पर्क समिति -एनपीसीसी,युके) र नेपाली ड्यामोक्र्याटिक फेारमको आयोजनामा भोली विहान १०ः३० बजे वाट लण्डन स्थित नेपाली राजदुतावास, नेटिङ्गहिल गेट अगाडि विरोध पर््रदशन गर्ने भएको छ भने व्रिटेन नेपाल डेमोक्रेटिक सोर्साईटी, नेपाली समाज युके लगायतका संस्थाहरुको आयोजनामा पार्लियामेण्ट स्क्वायर अगाडि दिउसो १ वजेदेखि ३ वजे सम्म विरोध गरिने कार्यक्रम रहेको समाचारहरु प्राप्त भएका छन् ।
31 Jan 2006

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/02/01/uk/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft