February 2, 2006

लण्डनमा नेपालीहरुको ऐतिहासिक विरोध प्रदर्शन

गत वर्षआजकै दिन नेपालमा राजा ज्ञानेन्द्रद्वारा असंवैधानिक तरिकाले सम्पूर्ण शासकीय सत्ता हत्याएको एक वर्षपुगेको उपलक्ष्यमा वेलायत स्थित नेपालीहरुले दुइ छुट्टाछुट्टै कार्यक्रम गरी विशेष विरोध प्रदर्शन गरेका छन् । असंवैधानिक तरिकाले शासनसत्ता हत्याई देशलाई पूरै कैद वनाएकै दिन देखि त्यसको विरुद्वमा उत्रेका माओवादीका अतिरिक्त अन्य प्रजातान्त्रिक पार्टीहरु, पत्रकार, कानून व्यावसायीहरु, विद्यार्थीहरु, मानवअधिकारवादीहरु तथा विभिन्न तह र तप्काका तमाम वुद्विजीवी देशभक्त नेपालीहरुले आजको दिनलाई प्रजातन्त्र, मानवअधिकार, मौलिकहक तथा समग्रमा राष्ट्रविरुद्वको कदम भन्दै उक्त कदमवाट सिर्जित निरंकुश राजतन्त्रको अन्त्यका लागि संर्घष गर्दै आएका छन । एकवर्षसम्मका कालरात्रीलाई सफलताको वर्षभन्दै राजा ज्ञानेन्द्रले आज विहान राष्ट्रलाई सम्वोधन गरे लगत्तै देखि नै आजको दिनलाई नेपाली धर्तीको लागि कालो दिन भन्दै अत्यन्त कठोर दमनका वावजुद पनि नेपालका विभिन्न भाग लगायत विश्वका विभिन्न ठाउहरुमा विरोध प्रदर्शनहरु भएका छन् ।
सोलिड्यारिटी नेपाल, युकेको आव्हानमा नेपाली प्रजातान्त्रिक मञ्च वेलायत तथा नेपाली जनसर्म्पर्क समिति युकेको संयुक्त आयोजनामा यहा एक विशाल प्रदर्शन भएको छ । लण्डनको नोटिङ्गहिल गेट स्थित नेपाली राजदुतावासको अगाडि सयौको संख्यामा उपस्थित जनसमुदायले निरंकुशतन्त्रको अन्त्य र प्रजातन्त्रको मागले भरिएका प्लेकार्ड र व्यानरहरु वोकेर झण्डै दुइ घण्टा सम्म प्रवचन तथा नारावाजी गरेका थिए ।
त्यस्तै, नेपालीहरुका विभिन्न सात संघ-संस्थाहरुको संयुक्त आयोजनामा वेष्टमिनिस्टर स्थित बेलायती संसद भवन अगाडि एक विशाल प्रदर्शन भएको छ । ब्रिटेन नेपाल डेमोक्रेटिक सोर्साईटी, नेपाली समाज युके, गोर्खा भूपू सैनिक संघ गेइसो, नेपालर् इञ्जिनियरिङ्ग एशोसियसन-युके च्याप्टर, नेपलीज स्टडी एण्ड रिर्सच सेन्टर युके, कोकोमेन्दो तामाङ्ग समाज युके तथा नेपाली कलाकार संघ युके समेतको संयुक्त आयोजनामा सम्पन्न उक्त विरोध प्रदर्शनमा बेलायत स्थित विभिन्न तह र तप्काका जनसमुदायको भव्य उपस्थिति थियो । नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्रको पुनर्वहालीको माग तथा अन्तराष्ट्रिय समुदायसंग लोकतान्त्रिक आन्दोलन प्रति ऐक्यवद्धताको अपील सहितका प्लेकार्ड तथा व्यानरहरुले भरिभराउ प्रदर्शनले पार्लियामेण्ट स्क्वाएरमा दुई घण्टा भन्दा बढी समयसम्म प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा सम्वोधन गर्दै विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले नेपालमा सबै प्रजातान्त्रिक शक्तिहरु एक हुनु पर्ने तथा माओवादीहरुले पनि आम जनभावना अनुसार शान्तिपूर्ण राजनैतिक मूल प्रवाहमा आइ निरंकुश राजतन्त्रको अन्त्य गरी लोकतन्त्र स्थापनाका लागि कटिवद्ध हुनुपर्नेमा जोड दिएका थिए । बक्ताहरुले आफ्नो मातृभूमिलाई निरंकुशतावाट मुक्त गर्न अहिले जो जहांभएपनि आफ्नो अमुल्य ऐक्यवद्धता जाहेर गरी खास संर्घषमा होमिएका आफ्ना दाजुभाइदिदिवहिनीका आवाजमा सहयोग गर्न अपील गरेका थिए ।

फेव्रुअरी १, लण्डन

1 Comment »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/02/02/london/trackback/

  1. Magh 19 ma Landanma basne Nepalile matra haina sansarko Junsukai bhagma basnele pani kalo divas manaunu parnethiyo. Khair ke hi chaina.
    tara malai hamro rajako dhatne bani dekhda nepali bhaekomanain dikka lagna thalisakeko 6. maobadi harule palpa tahasnahas parda pani rajale atankbad chitput aparadhma simit bhaeko bhannda kasle patyaucha hola? K rajako sasanma nepal sudhrieko 6? Kasle bhanchh 6 bhanera.
    yastai bhai rakhyo bhane nepalko nam kahs gaera metincha malai thaha chaina.

    Binaya Guragain Kathmandu

    Comment by Binaya — February 3, 2006 @ 10:23 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft