February 5, 2006

यो चुनाव……………..

उम्मेदवार हजुरबाबु
कुरा अस्तिको हो । मित्र भजनलाल मकहा हठात् आइपुगे । उनी मलाई नै बोलाउन आएका रहेछन्, एकपटक निर्वाचन कार्यालयसम्म पुग्नुपर्यो रे !
मैले सोधें- ‘किन जाने निर्वाचन कार्यालय - चुनाव उठ्न लाग्यौ कि क्या हो ?
उनले भने- ‘उठ्न लाग्या त हो, तर म होइन मेरो बाजे !
‘बाजे - त्रि्रो बाजे चुनाव लड्न लाग्या ! मेरो आर्श्चर्यको ठेगान रहेन ।
हो हो । किन, मेरो बाजेले चुनावमा उठ्नु हुदैन - उहालाई अहिले अस्पतालको आइसीयु कक्षमा राखिएको छ । बयानब्बे वर्षो हुनुभयो, धेरै बाच्नुहुन्न भनेको छ डाक्टरले । त्यही भएर आजै लगेर उहाको नाममा उम्मेदवारी दर्ता गरिदिन लागेको । तिमी प्रस्तावक बनिदेऊ न ल !
‘अनि आइसीयुमा भर्ना गरिराखेको बयानब्बे वर्षो हजुरबालाई किन उम्मेदवार बन्नुपरेको नि यतिबेला - के काम गर्न सक्नुहुन्छ उहाले ? ‘
‘उम्मेदवार उहा बन्न खोज्नुभएको होइन क्या, हामीले बनाउन खोजेको ! अहिले चुनावको उम्मेदवार मर्यो भने सात लाख दिने भनेको छ नि सरकारले ! मेरो हजुरबुबा यो चुनावभन्दा अघि त बित्नुहुन्छ होला । सात लाख किन छोड्ने? उहालाई स्ट्रेचरमै राखेर भए पनि निर्वाचन कार्यालय पुर्याउला, त्यसपछि फेरि अस्पताल ल्याउला जाऊ-जाउ !!!! भजनलालको व्यापारी बुद्धि देख्दा म त ट्वा….. परें ।

कस्ता-कस्ता उम्मेदवार ???

नगर निर्वाचनमा उम्मेदवार बनेकाहरु हाल हास्यपात्र बनेका छन् । कहीं श्रीमान्-श्रीमती कहीं दाजु-भाइ, कहीं दाउरे, कहीं कुचिकार मेयर तथा उपमेयरको पदमा उम्मेदवार बनेका कारण उनीहरु हास्यपात्र बनेका हुन् । अधिकाशं उम्मेदवारहरु भने सरकारी गुप्तचरहरु रहेको बताइन्छ । काठमाडौं महानगरपालिकाको मेयरमा सरकारी राप्रपाको तर्फबाट उम्मेदवार बनेका राजाराम श्रेष्ठ गुप्तचर विभागका अर्सइ भएको बताइन्छ । यसअघि मनोनीत उपमेयर रहिसकेका श्रेष्ठले राप्रपाका नेता जोगमेहर श्रेष्ठस“गको घनिष्ठ सम्बन्धलाई समेत तोड्दै मेयर पदमा उम्मेदवारी दिने ‘साहस’ पर््रदर्शन गर्नुका पछाडि जागिरकै दबाब भएको बुझिएको छ । हाल सुरक्षा घेरामा रहेका श्रेष्ठ चलाख एवं चतुर भएकै कारण हिजो राप्रपाले केशव स्थापितस“ग टक्कर लिन उनलाई उपमेयर बनाएको थियो ।
यसैगरी भक्तपुर नगरपालिकामा मेयर पदमा खडा भएकी र अरु कसैले उम्मेदवारी नदिएपछि ‘निर्विरोध’ बन्न पुगेकी सुमित्रा मधिकर्मी मण्डलेहरुले अघि बढाएकी पात्र मात्र हुन् । उनले सल्लाघारी नगरकोट सडकखण्डमा नियम मिचेर बनाएको चाइनिज इ“टाको घरलाई पञ्चायत कालमै वर्तमान टीके जिविस सभापति सुरेन्द्रप्रताप शाह र तत्कालीन नगर पञ्चायतका प्रमुख दिनेश श्रेष्ठले वैधानिकता दिएका थिए । त्यसको गुन तिर्नका लागि टीके सभापति शाहकै दबाबमा मधिकर्मीले उम्मेदवारी दिएको बताइन्छ । त्यस्तै ललितपुरको मेयरमा उम्मेदवार बनेका प्रेमलाल महर्जन २०४७ सालअघिका व्यापारी हुन् । २०४७ सालपछि उनी कांग्रेस बनेका थिए । महर्जन हरेन्द्रबहादुर श्रेष्ठको उपभोक्ता मञ्चको महासचिवसमेत छन् । माघ १९ पछि उनी राजावादी बनेका हुन् । भरतकेशरको विश्व हिन्दु महासंघको महर्जन सक्रिय कार्यकर्ता हुन् ।
त्यसैगरी बाग्ालुङ नगरको मेयर र उपमेयरमा विदुर खड्का र महेन्द्र खड्का दाजुभाइले उम्मेदवारी दिएका छन् । विदुरले सरकारी राप्रपाबाट र महेन्द्रले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । त्यसैगरी बनेपा नगरपालिकाको मयेर र उपमेयरमा गणेशलाल श्रेष्ठ र उनकी पत्नी लीलादेवी श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । उनीहरु ट्रक व्यवसायी भएको बताइन्छ । मेयर र उपमेयरमा एकएक मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध चयन भएका छन् । काभ्रे जिल्लाके पनौती नगरपालिकामा भने भारी बोकेर आङ्खनो गुजारा चलाउ“दै आएका आत्माराम दुवालले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै पोखराको मेयरमा कुचिकारका नाइकेको रुपमा पोखरा उपमहानगरपालिकामा काम गर्दै आएका यमबहादुर परियारले उम्मेदवारी दर्ता गराएका छन् । धनकुटाको मेयरमा दाउरा बेची आङ्खनो जीवनको गुजारा गर्दै आएका कुलबहादुर र्राईलाई जबर्जस्ती उम्मेदवार बनाइएको बताइएको छ ।
नगरनिर्वाचनमा उम्मेदवार भएपछि समाजबाटै बहिस्कृत भइएला, माओवादीले आक्रमण गर्लान् भन्ने आदि कारणले समाजमा राम्रो छवि भएका व्यक्तिहरुले उम्मेदवारी दिएनन् । यद्यपि नगरनिर्वाचनमा उम्मेदवार उठाउन सरकारले उनीहरुको सात लाखसम्मको जीवन बिमाको घोषणा गरेको थियो । सरकारी घोषणा प्रभावकारी भने बनेन । उम्मेदवार बनेकाहरुको घरमा पनि घरझगडा सुरु भएको छ । कसैको आमाले उम्मेदवारी फिर्ता गराएका छन् भने कसैका श्रीमतीले उम्मेदवारी फिर्ता गराएका छन् । राजा यस्तै व्यक्तिहरुको हातमा नगरपालिका सुम्पिन चाहन्छन् कि नगर निर्वाचन स्थगित गर्छन् भनी हाल राष्ट्रिय तथा अन्तर्रर्ााट्रय रुपबाट हेरिएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/02/05/chunab/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft