लण्डनमा बाह्र बुँदे समझदारी वारे अन्तरक्रिया कार्यक्रम
नेपाली समाज बेलायतको आयोजनामा आइतवारका दिन सात दल र माओवादी बीच भएका बाह्र वुँदे समझदारीको विषयमा एक अन्तरक्रिया कायक्रम सम्पन्न भएको छ । लण्डनको एजवेयरमा नेपालीहरुद्वारा सञ्चालित ओसेनिक क्लबमा भएको कायक्रमका सभापति नेपाली समाज बेलायतका अध्यक्ष कर्ण बहादुर शाही हुनुहुन्थ्यो । कायक्रमको शुरुमा उँहाले बाह्र बुँदे समझदारीको महत्व र उपादयता वारेमा छलफल गर्न कायक्रमको आयोजना गरिएको वताउँदै समझदारी विदेशीको इसारामा गरिएको भन्नेहरु यथास्थितिवादी रहेको र जनताको विरुद्धमा कुतर्क गरिरहेको वताउनु भएको थियो । उहाँले समझदारीका विषयमा मनखोलेर छलफल गरी नेपालको वर्तमान निरंकुश राजतन्त्रको विरुद्धमा चलिरहेको आन्दोलनको सकारात्मक परिणाम निकाल्ने दिशामा समझदारी उन्मुख छ भने त्यसको कायान्वयन तर्फमार्ग निर्देशन वन्ने गरी निष्कर्श निकाल्नु आजको आवस्यकता भएको र समझदारी जनताका पक्षमा नभए त्यसको भण्डाफोर गर्नु पर्ने बताउनु भयो । उहाँले नेपालको राजनैतिक संकटवाट सकारात्मक निकाश निकाल्नका लागि पहल गर्नु प्रवासमा बसेका नेपाली वुद्धिजिवी र प्रबुर्द्धवर्गको कर्तब्य हो भन्नु भयो । उहाँले अहिलेको समझदारीका बाह्र वुँदाले जनताको पक्षमा उभिन र निरंकुशताको अन्त्य गर्न हात्ति पार्टीका रुपमा चिनिएका ठूला पार्टी देखि लिएर ८० प्रतिशत नेपालको भूभाग नियन्त्रण गरेको दावी गर्ने माओवादी दुवैलाइ अवसर प्रदान गरेको तथ्य उजागर गर्नु भयो । अहिले नेपालको मुख्य राजनैतिक अन्तरि्वरोध भनेको निरंकुश राजतन्त्र र जनताका बीचको अन्तरि्वरोध हो । अन्तरविरोध शत्रुता र मित्रवत दुइ प्रकारको हुने वताउँदै उहाँले राजतन्त्र र नेपाली जनता बीचको बर्तमान अन्तरि्वरोध शत्रुतापुर्ण अन्तरि्वरोध भएको द्वन्दवादी विश्लेषण गर्नका साथै माओवादी र सात राजनैतिक दल बीचको अन्तरि्वरोध मित्रवत रहेको विश्लेषण गर्नु भयो । यस प्रकारका अन्तरक्रिया र छलफलबाट जनताका पक्षमा काम गर्ने तथा निरंकुशताको विरुद्धमा शंघर्षरत पक्षहरुबीचमा तालमेल मिलाउन सजिलो हुने राय प्रकट गर्दै उहाँले जनताका पक्षमा काम गर्छु भन्नेहरु एकजुट भएर अगाडि बढ्न आहृवान समेत गर्नु भएको थियो । गान्धीको आन्दोलनको समयमा पनि हिंशा पछि मात्र राजनैतिक परिवर्तन भएको उदाहरण प्रस्तुत गर्दै उहाँले राजनीति र हिंशाको द्वन्दात्मक सम्बन्ध छ भन्नु भयो । राजतन्त्रसंगको जनताको अन्तरि्वरोध साहित्य कला देखि लिएर हरेक क्षेत्रमा ब्याप्त रहेको बताउँदै निरंकुश राजतन्त्रका विरोधीहरुले श्रीपेचलाइ घृणाका रुपमा हर्ेर्ने उदाहरण प्रस्तुत गर्नु भयो । बाह्र बुँदे समझदारी जनताको पक्षमा भएकाले त्यसको कार्यान्वयन मा जोड दिन पर्ने र संबैधानिक सभाको निर्वाचन हुँदै राजनैतिक निकाश निकाल्न सेनाको स्थान निर्धारण गर्न जरुरी भएको प्रति उहाँले सचेत गराउनु भयो । एमालेको जनआन्दोलनबाट राजालाइ संविधन सभाको निर्वाचन गर्न वाध्य पार्ने प्रस्तावमा सेनाको स्थान वारे स्पष्ठ नभएको बताउँदै संयूक्त राष्ट्र संघको सहयोगमा दुवै सेना ब्यारेकमा राखेर संविधान सभाको निर्वाचन गरी राजनैतिक निकाश निकाल्न सकिने सम्भावनामा उहाँले जोड दिनु भयो । संविधान सभाले वनाउने नयाँ संबिधानवारे झल्काउँदै उहाँले आत्मनिर्णयको अधिकारको वकालत गर्न पनि विर्सनु भएन । क्षेत्रिय स्वतन्त्रता तथा आत्मनिर्णयको अधिकारले देश विखण्डन हुने नभएर वास्तविक एकता हुन्छ भन्ने आफ्नो राय उहाँले प्रकट गर्नु भयो ।
कायक्रमका अतिथि वि के पाण्डेले निरंकुश राजतन्त्रले प्रेश माथि दमन गरेर वाक तथा प्रकाशन स्वतन्त्रता हरण गरेकोले पत्रकारहरु पनि सघर्षमा उत्रनु परेको वताउनु भयो । राजाले हड्डी फाले अझै पनि हामफालेर जनतालाइ धोका दिँदै राजाको शरणमा नेताहरु जाने खतरा वाँकी छ उहाँले भन्नु भयो ।
अर्का अतिथि वुद्धिजिवी तथा प्राज्ञ डा. चन्द्र लक्सम्बाले साम्राज्यवाद विरोधी हुँदा हुँदै पनि साम्राज्यबादी सेनामा नोकरी गर्न परेको तीतो यथार्थ उजागर गर्दै आफु वामपन्थी नै रहिरहेको परिचय दिनु भयो । संविधान सभा हुँदै राजनैतिक निकाश निकाल्नका लागि बाह्र बुँदे समझदारीले सकारात्मक भूमिका खेल्नेमा आफु विश्वस्त भएको उहाँले खुलासा गर्नु भयो । बाह्र वुँदे समझदारी दिल्ली वा नेपाल कहाँ गरियो भन्ने ठूलो कुरा होइन वरु त्यसको कार्यान्वयन पक्ष नै महत्वपुर्ण हो भन्ने उहाँको राय थियो । उहाँले माओवादीले शसष्त्र शंघर्षको मार्ग अपनाउँदा अपनाउँदै पनि वाह्र वुँदे समझदारी बनाएर संसदीय दलहरुसंग सहकाय गर्नु माओवादीको उदारता हो भन्नु भयो । आफ्नो सैनिक जागिरको अनुभवका आधारमा माओवादीले सैन्य वलकै भरमा जुनसुकै वेला पनि नेपालको सत्ता कब्जा गर्न सक्ने अवस्था रहेको विश्लेषण गर्दै उहाँले राजनैतिक कारणले मात्र उनीहरुले सातदल संग समझदारी वनाएको तर्क प्रस्तुत गर्नु भयो । लक्सम्बाले माओवादीसंग सैन्य शक्ति नभएको भए संसदवादी गिरिजा र नेपाल जस्तालाइ निरंकुश राजतन्त्रले सिध्याइ सक्ने थियो भन्नु भयो । बाह्र वुँदे समझदारीलाइ सकारात्मक रुपमा लिनु पर्ने तथा त्यसको कार्यान्वयनमा उहाँले जोड दिनु भयो । विश्व भूमण्डली करणको आजको सन्सारमा लेनिनको जस्तो समाजबाद ठीक हुन्छ कि त्यसमा परिमार्जन र सुधार पनि आवस्यक छ भन्ने विषयमा मनन गर्न उहाले सचेत गराउँदै विश्लेषण गर्न जरुरी छ भन्नु भयो । आफ्नो अध्ययनमा नेपालको ८७ प्रतिशत भूभाग माओवादी नियन्त्रणमा रहेको पाएको वताउँदै त्यस्तो अवस्थामा पनि संविधान सभाको माध्यमबाट राजनैतिक निकाश निकाल्ने माओवादीको प्रयाशलाइ उहाँले प्रशंसा गर्नु भयो । संविधान सभाको वातावरण तयार पार्न सवै लाग्नु पर्नेमा उहाँको आहृवान थियो । त्याग र वलिदान बाट सत्तामा पुगेका नेताहरु पनि सन् १९९० को संविधान वनाउँदा चुकेको उदाहरण दिँदै जनताको पक्षमा संविधान वनाउन स्वच्छ र स्वतन्त्र संविधान सभा अपरिहाय भएको उहाको निचोड थियो ।
कायक्रमका अर्का अतिथि संयूक्त जनमोर्चाका पुरुषोत्तम कणेलले मन्तब्य दिँदै संविधान सभाको निर्वाचन गर्न संयूक्त राष्ट्रसंघको सेना गुहार्ने कुरामा नेपाल मजदुर किसान पार्टी र संयूक्त जनमोर्चा नेपाल सहमत हुन नसकेको उजागर गर्नु भयो । उहाँले विदेशमा रहे वसे पनि हामी नेपाली भएको र नेपाललाइ हरतरहले माया गर्न पर्ने आवस्यकता दर्शाउनु भएको थियो ।
अर्का अतिथि वक्ता दक्षीण एसिया ऐक्यबद्धता मन्चका मनसुरले शोषण र दमनका विरुद्धमा चलेको नेपालको र्सघर्षमा आफुहरुको पनि र्समर्थन रहेको जनाउँदै नेपालको संघर्ष पनि अन्तर्राष्ट्रिय साम्राज्यवादको विरुद्धमा भएकोले ऐक्यबद्धता रहेको बताउनु भयो । बाह्र वुँदे समझदारी पनि साम्राज्यवादको विरुद्धमा रहेकोले त्यसको कायान्वयनमा जोडदिनु पर्छ उहाँले भन्नु भयो ।
अर्का बक्ता नेपाली समाज बेलायतका सदस्य धन काजी विकले बर्गिय मुक्तिबाट मात्र दलित तथा जनजातीहरुको पनि मुक्ति हुने र बाह्र बुँदे समझदारी वर्गिय मुक्तिको दिशामा एउटा थप कदम रहेकोले त्यसलाइ कायान्वयन गर्नमा जोड दिनु पर्छ भन्नु भयो । पटक पटक वनेका संविधानमा समानता सम्बन्धी प्रवाधान उल्लेख गरेता पनि ब्यवहारमा समानता लागु हुन नसकेको वारे स्पष्ठ पार्दै आइयनजीओ र यनजिओहरु मार्फ फाइदा लिंदै ब्यक्तिगत स्वार्थमा दगुर्नेहरुबाट दलितहरुको वास्तविक मुक्ति नुहने हुनाले त्यस्ता गलत तत्वहरुको भण्डाफोर गर्न जरुरी रहेको पनि उहाँले वताउनु भयो । देशलाइ नै शोषण र दमनबाट मुक्ति नदिलाए सम्म वास्तविक परिवर्तन नहुने हुँदा वर्गिय स्वतन्त्रताको लागि लड्नु पर्नेमा उहाँको जोड थियो ।
नेपाली समाज बेलायतका प्रकाश शर्माको उद्घोषण तथा संचालनमा भएको उक्त कायक्रममा विभिन्न संस्थाका प्रतिनिधि तथा स्वतन्त्र वुद्धिजिवीहरु वक्ताका रुपमा सहभागी हुनु भएको थियो । संथाका कोषाध्यक्ष वासुदेव मिश्रको स्वागत मन्तब्यका क्रममा अतिथि तथा सहभागी र कलाकारहरुलाइ स्वागत गर्नका साथै जनताको शोषण र दमनको विरुद्धमा संघर्ष गर्न तथा आवाज उठाउन नचाहने प्रति एकता गर्न आफुहरुको कुनै चासो नरहेको वताउँदै जनताको स्वतन्त्रता, प्रजातन्त्र तथा मानवअधिकार र शोषण, दमनको विरुद्धमा आवाज उठाउनेहरु एकजुट भएर संघर्ष गर्नका लागि एकजुट हुन आहृवान गर्नु भएको थियो ।
कायक्रममा बेलायत नेपाल प्रजातान्त्रिक समाजका तर्फाट विनोद मोक्तान र राजकुमार त्रिपाठीले मन्तब्य दिनुहुँदै स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा कटिवद्ध रहेको बताउनु भएको थियो । उहाँहरुले निरंकुश राजतन्त्रको विरुद्धमा संघर्षरत रहने पनि वताउनु भयो ।
ओसेनिक क्लवका सञ्चालक रविन्द्र कडेल, विजय शिंह, दिनेश भुषालले संयूक्त रुपमा कायक्रमको सभाकक्ष र जलपानको प्रायोजन गर्नु भएको थियो ।
कायक्रमको बीच बीचमा कलाकारहरु यम यस अञ्जान, धनकाजी सरगम, शन्तोष, सोभियत राना, देवेन्द्र न्यौपाने र पार्वती शर्माले जनपक्षीय गीत र संगीतबाट कायक्रमका सहभागीहरुलाई मुग्ध पारेका थियो ।
लण्डन, फेब्रुवरी ५
