February 11, 2006

निर्वाचनप्रति बेलायत असन्तुष्ट

बेलायतले नेपालमा सम्पन्न नगरनिर्वाचनमा जनर्समर्थन नदेखिएको टिप्पणी गरेको छ। कम मतदान हुनुले जनर्समर्थन नदेखिएको स्पष्ट भएको उल्लेख गर्दै बेलायतको विदेश कार्यालयसम्बन्धी मन्त्री किम हावेल्सले नगरनिर्वाचनमा जनताको राजनीतिक इच्छाको अर्थपुर्ण् प्रतिनिधित्व नभएको जनाउनुभएको छ। बेलायती दूतावासका तर्फाट शुक्रबार जारी उहा“को वक्तव्यमा राजालाई राजनीतिक दलहरूसम्म पुगी प्रजातन्त्र पुर्ण् बहालीको साझा एजेन्डा तय गर्न र शान्तिका लागि सहभागितामूलक समझदारीको प्रक्रियामा अघि बढ्न आग्रह गरिएको छ। निर्वाचनमा नागरिक र सञ्चार स्वतन्त्रतामा बन्देज लगाइएकोमा असन्तुष्टि जनाउ“दै वक्तव्यमा माओवादी गतिविधिले पनि असर पुर्याएको उल्लेख गरिएको छ। माओवादी गतिविधिको बेलायतले निन्दासमेत गरेको छ। बेलायतले तत्काल सबै राजनीतिक बन्दी रिहा गर्न र शान्ति एवम् प्रजातन्त्रका लागि समझदारी कायम गर्न राजालाई आग्रह गरेको छ। माओवादीलाई बेलायतले तत्काल हिंसा त्याग्न र निर्वाचित पदाधिकारीमाथिको कारबाही बन्द गर्नसमेत आग्रह गरेको छ।

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/02/11/%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%9a%e0%a4%a8%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf-%e0%a4%ac%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%af%e0%a4%a4-%e0%a4%85%e0%a4%b8%e0%a4%a8/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft