मोरियार्टी र गिरिजा बीच भेटवार्ता
अमेरिकी राजदुत जेम्स एफ मोरियार्टी र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला बीच सोमबार भेटवार्ता भएको छ ।
नेपालको बर्तमान राजनीतिक अबस्था तथा सातदलको बहिष्कारमा सम्पन्न नगर निर्वाचनका सम्बन्धमा वार्ता केन्द्रीय रहेको नेपाली कांग्रेसले जनाएको छ । झण्डै ४५ मिनेटसम्म भएको बार्तामा अमेरीकी राजदुत मोरीयार्टीले सातदलको आन्दोलनलाइ र्समर्थन गर्ने अमेरीकाको नीतिमा कुनै परिवर्तन नआएको बताउनु भएको थियो । उहँाले हालै सम्पन्न नगर निर्वाचन बैधानिक हुन नसक्ने पनि बताउनु भएको कांग्रेसले जनाएको छ । सो बार्ताका क्रममा कांग्रेस सभापति कोइरालाले लोकतन्त्रका लागि जारी आन्दोलनमा भैरहेको जनसहभागिताका बारे बताउनु भएको थियो ।
फेब्रअरी १३
