February 16, 2006

“अन्धाधुन्ध आक्रमणले जनजिवन जोखिमम्”

माओवादीको चारमहिने एकतर्फी युद्धविराम भंग भएयता पूर्णस्तरको द्वन्द्व सुरु भएको बताउँदै संयुक्त राष्ट्रसंघिय मानवअधिकार उच्च आयोगले खेद प्रकट गरेको छ । आयोगले माओवादी युद्धविराम अवधिमा हिंसामा कमि आएपनि त्यसलाइ निरन्तरता दिन जिम्मेवार पक्ष निष्कृय रहेकोमा दुःख व्यक्त गरेको छ ।

नेपाल र जेनेभामा एकैसाथ बिहीबार सार्वजनिक प्रतिवेदनमा आयोगले यस्तो चिन्ता जाहेर गरेको हो । आयोगले नेपालको घना वस्तीलाइ राज्य र व्रि्रोही पक्षले भिडन्तका लागि उपयोग गरेकामा आपत्ति प्रकट गर्दै निर्दोष र युद्धमा संलग्नहरुप्रतिको खतरापूर्ण स्थितितर्फयुद्धरत दुवै पक्षको ध्यानाकर्षण गरेको छ । जथाभावी छाडिने गरिएका बम, बारुद जस्ता विष्फोटक पदार्थ, अन्धाधुन्ध हवाइ आक्रमणले जनजीवन जोखिममा परेको नेपाल सम्बन्धी प्रतिवेदनमा आयोगले उल्लेख गरेको छ । त्यस्ता लापर्वाहीले बालबालिकाहरुलाइ गम्भीर असर पुग्ने सो प्रतिवेदनमा जनाइएको छ ।

उच्चायोगले काठमाडौंमा सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल स्थित आयोग प्रतिनिधि इयान मार्टिनले सुरक्षाकर्मीहरुले दलको आन्दोलनमाथि गरेको व्यापक दमन र अत्याचारप्रति निन्दा गर्दै नगर निर्वाचनका क्रममा राजनीतिक कायकर्ताको हत्या गरिएकोमा खेद प्रकट गर्नुभएको छ । उहाँले माओवादी अपहरणमा परेका सुय नेपालका कर्मचारीको रिहाइको माग गर्दै सरकारद्वारा बन्दी बनाइएका मानव अधिकारवादी, दलका नेता कायकर्तालाइ तत्काल रिहाइको माग गर्नुभएको छ । शान्तिपूर्ण आन्दोलनको क्रममा पक्राउ गरिएकालाइ छाड्न अदालतको आदेश पर्खिर्न आवश्यक नरहेको विचार व्यक्त गर्दै दाङ हत्याकाण्ड बारेमा छानविन एवं अनुसन्धान भैरहेको बताइएको छ ।

नेपालको वर्तमान राजनीतिक अस्थिरतालाइ सुल्झाउन सबै पक्ष गम्भीर हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी नेपालको मानवअधिकारको स्थिति तथा सन् २००५ सेप्टेम्बरदेखि गत जनवरीको पछिल्लो अवधिबीच भएका गतिविधि समेटिएको सो प्रतिवेदन आगामी मार्च महिनामा सम्पन्न हुने ६२ औं अधिवेशनमा पेश गरिने भएको छ । सो प्रतिवेदन उच्चायुक्त प्रमुख लुइस आखरले पेश गर्नुहुने भएको छ ।

नेपाल सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै उच्चायोगका नेपाल प्रमुख इयान मार्टिनले माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो समयमा व्यक्त गरेको मानवअधिकार सम्बन्धी प्रतिवद्धता तल्लो तहबाट पालना हुनुपर्ने बताउनुभयो ।

माओवादी उच्च नेतृत्वले मानव अधिकारप्रति प्रतिवद्धता व्यक्त गरेपनि तल्लो तहबाट कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो-ँ

अन्ततः यसले माओवादीकै हित गर्दैन । प्रमुख मार्टिनले माओवादी अध्यक्ष प्रचण्डद्वारा हालै सार्वजनिक अन्तर्वार्तामा व्यक्त विचारहरु सकारात्मक रहेको बताउनुभयो ।

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/02/16/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%a7%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a7-%e0%a4%86%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%b2%e0%a5%87-%e0%a4%9c%e0%a4%a8%e0%a4%9c%e0%a4%bf/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft