February 22, 2006

कांग्रेस एकीकरणको पहल सुरु

Filed under: समाचार

झण्डै चारवर्षअगाडि विभाजित कांग्रेस पार्टी बीच पुनः एकीकरणको पहल सुरु भएको छ । नेकाका सभापति गिरिजा प्रसाद कोइराला र नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाबीच बुधबार बिहान कोइराला निवास महराजगंजमा भेटवार्ता भएको हो ।

शाही आयोगको खारेजीपछि मुक्त भएको एकहप्तापछि कोइराला निवास पुगी भेटवार्ता गर्नुभएका सभापति देउवाले पार्टी एकीकरणको प्रकृया गाह्रो भएपनि असम्भव चाँहि नभएको बताउनुभो । गत ०५९ असार ५,६,७ गते बानेश्वरमा सम्पन्न देउवा र्समर्थकको औपचारिक भेलाबाट पार्टी फुटेको थियो ।

दुवै कांग्रेसका सभापतिहरु झण्डै नौ महिनापछि भेटेर पार्टी एकीकरण, समसामयिक राजनीतिक र आन्दोलनलाई कसरी अगाडि लैजाने बारेमा झण्डै एक घण्टा लामो भेटवार्ता गर्नुभएको थियो । भेटमा देउवाले दुवै पार्टीका जिल्ला तहबाटै सो प्रकृया अगाडि बढाउनुपर्ने जानकारी गराउदै लोकतान्त्रिक आन्दोलनलाई पार्टी एकीकरणले ठूलो भूमिका खेल्ने कुरामा पनि दुवै पक्षबाट विशेष जोड दिइयो । सो क्रममा कांग्रेस सभापति कोइरालाले भन्नुभयो-ँआजैदेखि दर्ुइ कांग्रेसबीच पार्टी एकता प्रारम्भ भएको छ ।’

यसैबीच कांग्रेस प्रवक्ता कृष्णप्रसाद सिटौलालाई उहाकै निवासबाट प्रहरीले गिरफ्तार गरेको छ । यसअघि सिटौलालाई आफ्नो गृहनगर विराटनगर जाँदै गर्दा विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो भने सर्वोच्च अदालतको आदेशबाट गत ८ गते पुनः रिहा हुनुभएका सिटौलालाई पुनः पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । सो रिट अधिवक्ता राजु कटवालले दायर गर्नुभएको हो ।

1 Comment »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/02/22/nc/trackback/

  1. I dont understand the politics of Nepal however I like your blog,I hope our country will soon find its way to peace and reconciliation. Jaya Nepal

    Comment by Administrator — February 22, 2006 @ 9:18 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft