राजालाइ प्रत्यक्ष शासन छोड्न जनशक्ति पार्टीको आग्रह
राजालाइ प्रत्यक्ष शासन छोड्न जनशक्ति पार्टीको आग्रह
पार्टी एकिकरण प्रयासलाइ कांग्रेसले निरन्तरता दिने
नेका प्रजातान्त्रिकको बाह्र बुँदे समझदारी भंग हुने चेतावनी
राष्ट्रिय जनशक्ति पार्टीले राजालाइ तत्काल प्रत्यक्ष शासन छोड्न आग्रह गरेको छ । मगलंवार बसेको केन्द्रीय काय समितिको बैठक मार्फ जनशक्ति पार्टीले राजालाइ संबैधानिक रहन आग्रह गरेको हो ।
तत्काल सरकार बिघटन गरी सर्वदलीय सरकार गठन गर्न सो पार्टीले माग गरेको छ । सूयबहादुर थापाद्वारा बैठकमा प्रस्तुत राजानीतिक प्रतिबेदनमा शाही आयोगको खारेजीले राजाको शासन अवैधानिक ढगंले सञ्चालित भएको , सात दल र माओवादी बीच भएको १२ बुंधे समझदारी सकारात्मक रहेको र माओवादीले हिसांत्मक राजनीति नगर्ने प्रतिबद्धता कार्यान्वयन नभएको उल्लेख गरिएको छ । प्रतिवेदन माथिको छलफल जारी रहेका कारण बैठक बुधवार पनि जारी रहने छ । माथि
पार्टी एकिकरण प्रयासलाइ कांग्रेसले निरन्तरता दिने
नेपाली कांग्रेसले पार्टी एकताको प्रयासलाइ निरन्तरता दिने भएको छ । मगलंवार बसेको सो पार्टीको अनौपचारिक बैठकले पार्टी एकीकरणको प्रयासलाइ निरन्तरता दिने निर्णय गरेको हो ।
पार्टी उपसभापति शुशिल कोइरालाको सभापतित्वमा बसेको बैठकले पार्टी एकिकरणमा कुनैपनि र्सत राख्न नहुनेमा जोड दिएको छ । बैठकले निरंकुशता बिरुद्दको आन्दोलनलाइ थप शसक्त बनाउने बिषयमा पनि छलफल गरेको छ । कांग्रेसको सोही बैठकले माओवादीलाइ हिंसात्मक राजनीति तत्काल बन्द गर्न आग्रह गरेको छ । सात दल र माओवादी बीच भएको सहमति अनुरुप अघि बढ्न र सार्वजनिक ठाँउमा बम बिष्फोट नगर्न नगराउन कांग्रेसले माओवादी नेतृत्व पंक्तिलाइ आग्रह गरेको छ ।माथि
नेका प्रजातान्त्रिकको बाह्र बुँदे समझदारी भंग हुने चेतावनी
नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाले माओवादीले जनअदालतको खारेजी नगरे सातदलसँगको समझदारी भंग हुने चेतावनी दिनुभएको छ ।
मगलंवार नेपाल ट्रेड यूनियनको कायक्रमलाइ काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले माओवादीद्वारा हिंसात्मक काय निरन्तर भैरहेकोमा असन्तुष्टि ब्यक्त गर्नुभयो । उहाँले जन अदालत खारेजी गरी हत्या र हिंसाको काय बन्द गरे मात्रै सातदलसँगको समझदारी कायम रहने उल्लेख गर्नुभयो ।
