March 30, 2006

पक्राउ पर्नेको लिस्ट तयार: नेताहरूको गिरफ्तारी सुरु हुने

Filed under: समाचार

ठूला नेताहरूलाई गिरफ्तार गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ

सात दलको चारदिने आम हड्ताल असफल पार्न सरकारले एक साताअघि नै धरपकड र गिरफ्तारीको रणनीति अख्तियार गरेको छ ।

उच्च सुरक्षास्रोतका अनुसार शुक्रबार १८ गतेदेखि नै सात दलका केन्द्रीय स्तरका नेता र भ्रातृ संगठनका मुख्य-मुख्य व्यक्तिहरूलाई पक्राउ गर्न सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ । पक्राउ गरिनेको सूचीमा झन्डै चार सयजनाको नाम रहेको बुझिएको छ । नेताहरूलाई कसरी पक्राउ गर्ने भन्ने विषयमा बुधबार प्रहरी प्रधान कार्यालयमा उपत्यकामा कार्यरत प्रहरी अधिकृतहरूलाई बोलाएर ‘ब्रिफिङ’ गरिएको थियो । (more…)

March 28, 2006

वेलायतका नेपालीहरुको संयुक्त प्रेस व्यक्तव्य

नेपालमा गतबर्षमाघ १९ गतेको राजाको कदमले मुलुक संकटको धरातलमा होमेको, प्रजातन्त्रको धज्जि उडाएको, मानवअधिकार पुण् रुपले उलंघन गरेको, शान्तिका आशा गर्ने बिकल्पहरु वन्दगरेको, संबिधानको दुरुपयोग गरेको, शान्ति सुरक्षाको नाउमा ठुलो संख्यामा धनजनको क्षति भएको, राजनैतिक पार्टर्ीकार्यकर्ताहरु, नागरिक समाजका ब्यक्तित्वहरु, पत्रकारहरु, बिद्यार्थी, टेड युनियनका कार्यकर्ताहरु, अन्य पेशागत संगठनका पदाधिकारीहरु, र प्रजातन्त्र, मानवअधिकार र शान्तिको पक्षमा लाग्ने र्सवसाधारण समेतलाई पक्राउ गर्ने, झुटामुद्धामा फसाउने, बिनाकारण लामो समय सम्म थुनामा राख्ने, हाउस एरेष्ट गर्ने, संचार माध्यमलाई सत्ता अनुकल वनाउन कानुनमा परिवर्तन गर्ने, टेड यृनियन ऐनमा परिवर्तन गरि श्रमिक अधिकार खोस्ने, शान्तिपुण् भेलाहुने अधिकारमा अत्रि्रमण गरि कार्यक्रमहुनुभन्दा पहिला कर्फु लगाउने, प्रदर्शनकारीहरुलाई बिनाकारण पक्राउ गर्ने थुनामा राख्ने, शान्ति जुलुसहरुमा आक्रमण गर्ने आदी स्वतन्त्रता बिरोधी जन विरोधी र राष्ट बिरोधी कृयाकलाप सरकारी पक्षवाट भैरहेको, राष्टिय र अन्तराष्टिय पक्षहरुवाट मुलुकको समस्या समाधान गर्न राखिएका रोडम्यापहरुको वेवास्ता गर्दै प्रशासनको बलमा बिपक्षीलाई नियन्त्रण गर्न शाहि सरकार काम गरिहेको देखिन्छ । (more…)

राजाको चरणबद्ध आम चुनाव घोषणा गर्ने तयारी

Filed under: समाचार

एकातिर राजनैतिक दलहरु आफूहरुले लामो समयदेखि सञ्चालन गर्दै आइरहेको आन्दोलन उत्कर्षा पुर्‍याई निरंकुशतन्त्रलाई परास्त गरी संविधान सभामार्फ् नयां संविधान निर्माणको दिशामा अगाडि बढिरहेका छन् । अर्कोतर्फशाही सरकार २०६१ माघ १९ गतेको राजनैतिक परिवर्तनलाई मर्ूत रुप दिन नयां संसद निर्माणका लागि गृह कार्यमा व्यस्त रहेको छ । हाल त्यसका लागि पोखराको रत्नमन्दिरमा बसेर राजा ज्ञानेन्द्रबाट गम्भिर रुपमा गृहकार्य भैरहेको कुरा राजदरवार निकटवर्ती सूत्रले बताएको छ । सूत्रकाअनुसार नयां संसद निर्माणका लागि संसदीय निर्वाचन चरणवद्ध रुपमा गरिने घोषणा संभवत वैशाख १ गतेको राजाको सन्देशसंगसगै हुनेछ । (more…)

March 25, 2006

जनआन्दोलन विफल पार्न एक हप्ता अगाडी नै संचार सेवा अवरुद्व हुने

Filed under: समाचार

गृहले जिल्ला जिल्लामा कडा निर्देशन दियो

सात राजनैतिक दलद्धारा घोषित चार दिने आम हड्ताल विफल गराउन सरकारले एकहप्ता अगाडि नै सात दलका नेता तथा कार्यकर्ता गिरफ्तार गर्ने तथा सात दलद्वारा घोषित जनआन्दोलन विफल पार्न मुलुकभरका संचार संर्म्पर्क एक साताका लागि विच्छेद गर्ने प्रपञ्चमा सरकार जुटेको खुलासा भएको छ । (more…)

दलहरुद्वारा सरकारलाइ चुनौती

Filed under: समाचार

प्रमुख राजनीतिक दलहरुले सरकारलाइ हिम्मत भए माओवादीको मतियारका रुपमा राजनीतिक दलमाथि कारवाही गर्न चुनौती दिएका छन् ।

गृहमन्त्री कमल थापाको शुक्रबारको अभिब्यक्ति प्रति कडा आक्रोश ब्यक्त गर्दै शनिबार ती दलहरुले सरकारका अभिब्यक्ति अन्तिम अस्त्रका रुपमा आएको उल्लेख गरे ।

जनमोर्चा नेपालद्वारा शनिबार राजधानीमा आयोजित कायक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सीले सरकारलाइ तागत भए माओवादीको मतियार घोषणा गरी कारवाही गर्न चुनौती दिनुभयो ।

गृहमन्त्री थापाले शुक्रबार राजधानीमा एक कायक्रममा दलहरुलाइ माओवादीको मतियार भन्दै कारवाही गर्ने धम्कि दिनुभएको थियो ।

शनिबार कायक्रममा कांग्रेस नेता के.सीले निर्णायक आन्दोलन हुनु अगाडिनै सरकारले खुट्टा कमाएको बताउदै आन्दोलनको बिजय सुनिश्चित छ भन्नुभयो ।

सोही कायक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रदिप ज्ञवालीले निर्णायक आन्दोलनका लागि जोखिम उठाउन दलहरु तयार रहने बताउनु भयो ।

कायक्रममा कांग्रेस प्रजातान्त्रिकका मिनेन्द्र रिजाल , जनमोर्चाका लिलामणि पोख्रेल लगायतले सरकारको कदम जस्तोसुकै भएपनि आन्दोलन शसक्त भएर अघि बढने बताउनु भएको थियो ।

March 20, 2006

माओवादीसंग के-केमा कुरा मिलेन

Filed under: समाचार

आन्दोलनरत दल तथा माओवादी प्रतिनिधिबीचमा भएको झण्डै दर्ुइ हप्ता लामो वार्ताको निस्कर्षहिजो -चैत्र ६ गते) र्सार्वजनिक गरिएको छ । २०६२ मंसिर ७ गते १२ बुंदे समझदारी कायम गरी निरंकुशतन्त्रका विरुद्ध आ-आफ्नो मोर्चाबाट प्रहार गर्न पुगेका राजनैतिक शक्तिहरुका प्रतिनिधिहरुबीचमा औपचारिक वार्ता भएको यो दोश्रो पटक हो । जसको कारण निरंकुशतन्त्र र प्रतिगमनकारी शक्तिका विरुद्ध संर्घष्ारत सवैका लागि सो वार्ताको निस्कर्षवहु प्रतिक्षाको विषय बनेको थियो ।
(more…)

March 18, 2006

आमहड्ताल फिर्ता लिने सहमति

माओवादीले स्वीकार गरे सात दलको प्रस्ताव

सात राजनैतिक दल तथा माओवादीबीच भारतको नयाँ दिल्लीमा भैरहेको वार्तामा माओवादीले यही चैत २१ गतेदेखि गर्ने भनिएको अनिश्चितकालीन आमहड्ताल फिर्ता लिन सहमति जनाएका छन् । चैत २६ गतेदेखि घोषित राजधानीकेन्दि्रत कार्यक्रमलाई आमहड्तालले अवरोध पुर्‍याउने हुँदा तत्काल सर्वसाधारणलाई अप्ठयारोमा पार्ने सबै प्रकृतिका कार्यक्रम फिर्ता लिन माओवादी पक्षसूग सात दलले अनुरोध गरेका थिए ।

वार्तामा संलग्न सात पार्टीका सदस्यले दिएको अनौपचारिक जानकारीअनुसार गएको चैत १ गतेदेखि उक्त पार्टीले गरेको उपत्यका, क्षेत्रीय र जिल्ला सदरमुकाम नाकाबन्दी पनि एक साताभित्रमा फिर्ता लिने बताएको छ ।

माओवादीको केन्द्रीय नेतृत्वले आफ्ना तल्ला तहका निकायमा सात राजनैतिक दलसँग भएको सहमतिलाई इमानदारीसाथ पालना गर्न निर्देशन दिएको पनि बताइन्छ । ‘अब कार्यान्वयन पक्ष हेर्नु छ,’ दिल्लीको सूचना पाइरहेका आन्दोलनकारी दलका एक सदस्यले साप्ताहिकसँग भने— ‘ठूला दुई नेतालाई निलम्बन गरिएको बेला दिइएको यस्तो निर्देशन कार्यकर्ताले माने भने १२ बुँदे सम्झौताको अर्थ हुन्छ ।’ दल र माओवादीबीच भएको वार्ताको संयुक्त विज्ञप्ति आज आउने सम्भावना छ । गत साता दिल्लीमा भएको छलफलको जानकारी सात पार्टीको केन्द्रीय कार्यालयमा आएको थियो ।

उक्त छलफलमा माओवादीले उठाएका केही कुरामा गिरिजाप्रसाद कोइराला र नारायणमान बिजुक्छेले केही फेरबदल गर्न चाहेकाले दिल्लीका वार्ताकारहरू उतै अड्किएका थिए । माओवादीको समानान्तर सरकारको प्रस्ताव मुख्य बुँदाबाट हटेको र त्यसको साटो सात राजनैतिक पार्टीले चैत २६ गते प्रारम्भ गर्ने आन्दोलनलाई सहयोग गर्ने अर्को बुँदा थपिएको बताइन्छ । यी सबै प्रस्ताव भिन्दै सहमतिअन्तर्गत नभएर गत मंसिरमा भएको १२ बुँदाकै मर्मअनुरूप त्यसको निरन्तरता मात्र भएको बताइएको छ । दिल्लीमा चलेको करिब एक साता लामो छलफलपछि तयार मस्यौदाको केही बुँदामा संशोधन गरी पुनः दिल्ली पठाइएको थियो । नेपालबाट गएको संशोधित बुँदालाई माओवादीले स्वीकार गरेपछि माओवादी तथा सात दलको संयुक्त विज्ञप्ति आउन लागेको हो । यस पटकको छलफलमा संविधानसभामा जाने प्रक्रियामा रहेको अन्यौल हटेको बताइन्छ । सात दल तथा माओवादीले संविधानसभामा जाने कुन प्रक्रियामा सहमति जनाए भन्ने जानकारी भने अहिलेसम्म प्राप्त भएको छैन ।

यसबीच काठमाडौं उपत्यकामा माओवादीका एक कार्यकर्ताले आगामी १० गतेभित्रमा आमहड्ताल तथा नाकाबन्दी फिर्ताका लागि उपत्यकामा सूचना आइसकेको जनाएका छन् । संयुक्त विज्ञप्ति आउन ढिला भएका कारण राजधानी तथा सदरमुकामको नाकाबन्दीले जनजीवन प्रभावित भैरहेको छ । नाकाबन्दी फिर्ता लिने हल्ला चलेपछि काठमाडौंबाट फाट्फुट सवारी साधन उपत्यकाबाहिर जान थालेका छन्, तर जिल्ला सदरमुकाममा भने यातायात अझै ठप्प छ ।

सात दल तथा माओवादीबीच भएको दोस्रो समझदारीपछि आगामी चैत २६ गतेदेखि हुने निणर्ायक आन्दोलनका लागि थप सर्कुलर जारी भएको छ । यसअघि सात दलले माघ ७ गते प्रारम्भ गर्न लागेको काठमाडौंकेन्दि्रत आन्दोलनलाई दिउँसै कर्फ्यु लगाएर बिथोलेपछि यस्तै प्रकृतिको दोस्रो आन्दोलनमा सात दलबाट थप सतर्कता अपनाइएको बताइन्छ । यसअघि माओवादीको घूसपैठको नाममा सरकारले आन्दोलन दबाउने बहाना बनाएकाले पनि माओवादीलाई काठमाडौंमा कुनै हिंसात्मक कार्यक्रम नगर्न अनुरोध गरिएको छ । यसबाहेक एमाले तथा कांग्रेसका युवापुस्तालाई माघ २६ अघि नै आ-आफ्नो कामलाई जिम्मेवारीपूर्वक सम्हाल्न र आफू पक्राउ परेको अवस्थ्ाामा आफ्ना उत्तराधिकारीबाट कार्यक्रम सुचारु गर्न निर्देशन दिइएको पनि प्राप्त समाचारमा जनाइएको छ । यस पटक आन्दोलनकारीहरू पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी, लोडसेडिङविरुद्ध गाउँबाट जनता जागरूक गराएर सहर घेर्ने र सदरमुकाम हुँदै काठमाडौं आइपुग्ने बताइएको छ । चैत १३ गते सुरु हुने गाउँबाट सहर पस्ने आन्दोलन माओवादी नीतिको अनुसरण भए पनि यो पूर्ण शान्तिपूर्ण हुने सात दलले बताएका छन् । यसरी गाउँबाट आएका जनतालाई १९ गते किसान आन्दोलनमा परिणत गर्ने तथा २४ गतेभित्र सबैलाई राजधानी उतारिसक्ने कार्यक्रम छ । सरकारले आन्दोलनकारीलाई बाटैमा रोक्न सक्ने भएकाले उनीहरूलाई २० गतेदेखि नै पटक-पटक गरेर राजधानी छिराउने योजना भएको बताइन्छ । यसअघि सरकारले आन्दोलन बिथोल्न दिउँसै कप्fm्र्यु लगाएका कारण सरकारबाट हुनसक्ने कार्यका लागि लामो अवधिसम्म आन्दोलनमा जुट्ने रणनीति तयार गरिएको सात दल सम्बद्ध सूत्रले बताएको छ ।

यसका लागि नकपा -एमाले) ले ईश्वर पोखरेलको संयोजकत्वमा २९ सदस्यीय ‘राजधानीकेन्दि्रत जनआन्दोलन संयोजन समिति गठन गरेको छ । समितिको सह-संयोजनमा सुरेन्द्र पाण्डे तथा सदस्यहरूमा सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, राजेन्द्र श्रेष्ठ, गोपाल शाक्य, शंकर पोखरेल, विद्या भण्डारी, विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ, सिद्धिलाल सिंह, रघुजी पन्त, पशुपति चौलागाईं र गोकर्ण विष्ट छन् । यसैगरी नेपाली कांग्रेसले डा. सशांक कोइराला तथा गगन थापालाई उपत्यकामा आन्दोलनको सक्रियताका लागि परिचालन गरेको छ । नेका -प्रजातान्त्रिक) ले मनमोहन भट्टराईको संयोजनमा १ हजार १ सदस्यीय उपत्यकाव्यापी आन्दोलन समितिको संयोजक तोकेको छ ।

March 16, 2006

SLOBODAN MILOSEVIC

Filed under: अतिथी

कमल कुमार

सन् १९४१ मा र्सर्वियामा जन्मेका स्लोवोदान मिलेसोभिचको नाम सन् १९९० को दशकमा एक युद्ध अपराधी र क्रुर शासकका रुपमा विश्वभरि चर्चित थियो । गएको शनीवार नेदरल्याण्डको द हेगस्थित राष्ट्रसंघीय युद्धअपराध अदालतकै हिरासतमा उनी मृत भेटिएका छन् । आफ्नो राजनीतिक जीवनमा जति चर्चित भए पनि, मिलोसेभिचको निधनले कुनै भू-राजनीतिक परिवर्तनस“ग कुनै सम्बन्ध राखेको थिएन । अझै उनको मृत्युपछि रुनेहरु समेत थोरै नै भेटिए ।
(more…)

March 15, 2006

दिल्लीमा माओवादी र दलबीच किन दरार

मूलतः फागुन र चैत्र महिना अग्रगामी परिवर्तनको आकांक्षा राख्ने नेपालीहरुका लागि ऐतिहासिक रुपले नै महत्त्वपर्ूण्ा महिना हुन् । गत मंसीरमा भएको दल-माओवादी समझदारी र त्यसले जनतामा पलाएको उत्साह तथा यो उत्साहले आन्दोलनमा थपेको ऊर्जाले देखाउ“दै थियो- ०६२ को फागुन र चैत्र महिना नेपालको इतिहासमा पुनः युगान्तकारी महत्व राख्ने महिनाको रुपमा दर्ज हुनेछन् । तर, अफसोच, पर्ूवप्रम शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेससहित नेपाली कांग्रेस र ‘रोहित’को नेमकिपासमेत आन्दोलनका लागि कडा खालका कार्यक्रम घोषणा गर्न हच्किएपछि ‘युगान्तकारी परिवर्तन’को संभावना हालका लागि टरेको संकेत मिलेको छ ।
(more…)

March 13, 2006

आजलाइ यत्ती

March 12, 2006

राजा र दलबीच भीषण भीडन्तको तयारी

काठमाडौं । नेपालको वर्तमान द्वन्द्व समाधानको प्रस्थान विन्दु संसदवादी शक्ति राजा र संसदीय दलहरुबीचको एकता अनिवार्य भएको ठहर गर्दै त्यसलाई र्सार्थक बनाउन भित्रभित्रै गरिएको कसरथ अहिलेसम्म प्रभावी बन्न सकेको छैन । यसो भएमा मात्र माओवादीलाई मूलधारमा ल्याउन वा एक्ल्याएर प्रभावकारी नियन्त्रण गर्न सकिन्छ भन्ने निस्कर्षा पुगेर दल तथा राजा, राजदरवारबीच मिलापका लागि अमेरिकी धुरीले विशेष रुपमा सक्रिय भूमिका निर्वाह गर्दै आइ रहेको छ । (more…)

March 9, 2006

पोखरा दरबारमा अस्ति राति के निर्ण्राा भयो -

यही स्थितिमा बन्ने संसदले राजाको सक्रिय बन्ने चाहनालाई ठेस पुर्‍याउने हैन, बरु अझै सहयोग पुर्‍याउने ठहरका साथ आइतबार सा“झ श्री ५ ज्ञानेन्द्र र सुरक्षा प्रमुखहरुको बैठकले अन्ततः आगामी वैशाख १ गते आमचुनावको तिथि घोषणा गर्ने टुङ्गो लगाएको छ । यो चुनाव पनि दलहरुले बहिष्कार गर्ने पक्कापक्की जस्तै भएकाले संसदको चुनाव गर्ने रुचि श्री ५ लाई जागेको हो । (more…)

March 8, 2006

समाचार

Filed under: समाचार

कर्फ्यू समयमा एकै परिवारका पाँचको हत्या

सशस्त्र प्रहरी हतियारसहित माओवादीमा

राज्यद्वारा वेपत्ता पारिएकाहरुको थप चासो

नेपालको राजसंस्था दुर्घट्नामा पर्ने चेतावनी

आन्दोलनमा बेलायतको पूर्ण समर्थन

(more…)

March 6, 2006

यही स्थितिमा राजाको वार्तामा सात दल नजाने

Filed under: समाचार

राजाबाट पोखरामा केही राजनीतिक व्यक्तित्वहरुसँग शुरु गरिबक्सेको परामर्शलाइ सात राजनीतिक पार्टीका नेताहरुले औचित्यहिन र यसको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् राजा बाट दर्शनभेट पाउनु भएका राजेश्वर देवकोटाले यो परामर्शले मुलुकमा संवादको प्रक्रिया शुरु भएको दावी गर्नुभएको छ ।
(more…)

नेपाली जनसर्म्पर्क समिति (NPCCUK) को अधिवेशन स्थगित

नेपाली जनसर्म्पर्क समिति, बेलायत (NPCCUK) ले आज एक प्रेश विज्ञप्ती जारी गरी संस्थाको यहि मार्च ११, २००६ मा लण्डनको वैम्लीमा हुने भनिएको प्रस्तावित अधिवेेशन स्थगित गरिएको जनाएको छ । देशको भर्खरै विकशित राजनीतिक सर्न्दर्भमा अधिवेशनका लागि अतिथिको रुपमा आउन निश्चित भै सकेका नेपाली कांग्रेस केन्द्रिय समितिका उपसभाति शुशिल कोइराला, केन्द्रिय सदस्य अर्जुननरसिंह केसी तथा महासमिति सदस्य लोकेश ढकाल समेतको उपस्थिति अहिलेलाई हुन नसक्ने स्थिति भएको भन्दै नेपाली कांग्रेस केन्द्रिय कार्यालयका कामु मुख्य सचिव शोभाकर पराजुलीद्वारा “अधिवेशन हाललाई स्थगित गर्नु हुन निर्देशानुसार अनुरोध छ” भन्ने पत्र सहित प्रेशित उक्त विज्ञप्तीमा अधिवेशन स्थगित भएको जनाईएको हो । विज्ञप्तीमा अधिवेशन हाललाई स्थगित भएतापनि मुलुकमा लोकतन्त्र, मानवअधिकार र शान्ति स्थापनाका लागि सबैवाट निरन्तर योेगदान रहने विश्वास समेत रहेको जनाईको छ । ‘अधिवेशनको तिथि आपसी छलफल गरी उपयुक्त समयमा निश्चित गरिने’ केन्द्रिय कार्यालयको पत्रलाई उदृत गर्दै “अधिवेशन स्थगन वाट पर्न गएको असुविधा प्रति दुख ब्यक्त गर्दछौ” भनिएको छ ।

लण्डन, ६ मार्च ।

March 1, 2006

नेपाली जनसर्म्पर्क समिति, बेलायत को अधिवेशन कार्यक्रम

नेपाली जनसर्म्पर्क समिति, बेलायत को अधिवेशन कार्यक्रम

प्रकाशन सम्बन्धी प्रेश बिज्ञप्ति नेपाली जनसर्म्पर्क समिति, बेलायत (NPCCUK) ले आफ्नो स्थापना काल देखि नै नेपालको प्रजातन्त्र, मानवअधिकार र शान्तिका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएकोछ । यही फेब्रुवरी २२ मा यो समिति गठन भएको ३ वर्षपुरा समेत भएको छ । यस समितिले गत वर्षको फेब्रुवरी १ मा राजाको असम्बैधानिक कदम वाट नेपालमा प्रजातन्त्र समाप्त भएको, मानवअधिकार हनन् भएको र मुलुकको शान्ति सुरक्षा ब्यवस्था झन खराब भएकोमा कडा प्रतिरोध जनाउदै बिभिन्न कार्यक्रमहरु, बिज्ञप्तीहरु र अर्न्तराष्टिय लविड् मार्फ नेपालमा पुण्ा प्रजातन्त्र स्थापनाका लागि सहयोग पुर्याउन संयुक्त अधिराज्यवाट अथक र महत्व पुण्ा भूमिका निर्वाह गरिरहेको तथ्य सम्पुण नेपाली समुदाय समक्ष अवगत नै छ ।
(more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft