नेपाली जनसर्म्पर्क समिति, बेलायत को अधिवेशन कार्यक्रम
नेपाली जनसर्म्पर्क समिति, बेलायत को अधिवेशन कार्यक्रम
प्रकाशन सम्बन्धी प्रेश बिज्ञप्ति नेपाली जनसर्म्पर्क समिति, बेलायत (NPCCUK) ले आफ्नो स्थापना काल देखि नै नेपालको प्रजातन्त्र, मानवअधिकार र शान्तिका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएकोछ । यही फेब्रुवरी २२ मा यो समिति गठन भएको ३ वर्षपुरा समेत भएको छ । यस समितिले गत वर्षको फेब्रुवरी १ मा राजाको असम्बैधानिक कदम वाट नेपालमा प्रजातन्त्र समाप्त भएको, मानवअधिकार हनन् भएको र मुलुकको शान्ति सुरक्षा ब्यवस्था झन खराब भएकोमा कडा प्रतिरोध जनाउदै बिभिन्न कार्यक्रमहरु, बिज्ञप्तीहरु र अर्न्तराष्टिय लविड् मार्फ नेपालमा पुण्ा प्रजातन्त्र स्थापनाका लागि सहयोग पुर्याउन संयुक्त अधिराज्यवाट अथक र महत्व पुण्ा भूमिका निर्वाह गरिरहेको तथ्य सम्पुण नेपाली समुदाय समक्ष अवगत नै छ ।
यसरी नेपालमा पूण्ा प्रजातन्त्रका लागि निरन्तर रुपमा प्रयासरत यस नेपाली जनसर्म्पर्क समिति, बेलायत नेपाली कांग्रेस पार्टीे बेलायत स्थित सर्म्पर्क समितिको रुपमा गठन भै कार्यरत छ । छोटो समयमा नै यस समितिले आस्थावान साथीहरुलाई एक छातामुनी समेट्दै मुलुक र प्रजातन्त्रकालागी बेलायत वाट सशक्त संर्घष्ा गर्ने प्रमुख संस्थाको रुपमा आफुलाई अर्न्तराष्टिय क्षेत्र र बिशेष गरी वेलायतवासी नेपालीहरुबीच उभ्याउन सफल भै सकेकोछ । यसै सर्न्दर्भमा यस समितिलाई अझ बढी सशक्त र सकृय वनाउन सहभागितात्मक कार्यसमितको चयन गर्न, बिधानमा आवस्यक परिवर्तन गर्न र समितिका भावी कार्यक्रमहरु सदस्यहरुकै सहभागितामा तैयार गर्न यस समितिको एैतिहासिक प्रथम अधिवेशन यही मार्च ११ गते
लण्डनको बेम्लीमा हुने घोषणा समेत भै सकेको छ । यस अधिवेशनका लागी नेपाली कांग्रेस केन्दी्रय उपसभापति श्री शुशिल कोईराला र केन्द्रिय सदस्य श्री अर्जुन नरसिंह केसी, युवा नेता श्री लोकेश ढकाल र देशान्तर साप्ताहिकका प्रधान सम्पादक श्री कबिर राणा क्रमस प्रमुख अतिथि र अतिथिहरुकोरुपमा कार्यक्रममा सहभागीहुन आउदै हुनुहन्छ भने बेलायत स्थित नेपाली तथा बिदेशी बिद्धानहरुलाई समेत कार्यक्रमको अतिथिको रुपमा आमन्त्रण गरिने कार्यक्रम रहेकोछ ।
यस समितिको अधिवेशन कार्यक्रम निम्न अनुसार हुने भएकाले महामानव स्व. बिश्वेश्वर प्रसाद कोईरालाको महान बिचारधारा संग सहमत र नेपाली कांग्रेस संग आस्था भै संयुक्त अधिराज्यमा बिभिन्न पेशा, ब्यवसाय र अध्ययन गरी वसोवास गरिरहेका दाजुभाई दिदिवहिनीहरुका साथै यस संस्था संग बिभिन्न रुपवाट स्थापना काल देखि नै सम्बद्ध रहेका सम्पर्ूण्ा साथीहरुलाई समितिको यस प्रथम अधिवेशनमा सहभागी भै नेपालमा पर्ुण्ा प्रजातन्त्र स्थापनामा वल पुर्याउने उद्धेश्यका लागी लड्दै गरिरहेको
यस समितिलाई थप सुदृढ र सशक्त वनाउन सहयोग पुर्याउनहुन र बेलायतमा वसोवास गरी बिभिन्न पेशा, ब्यवसाय आदि गर्दै नेपालमा पर्ुण्ा प्रजातन्त्र स्थापनाका लागि अन्य संघ संस्थ्ाामा संगठित र ब्यक्तिगतरुपमा सहायोग पुर्याइरहनुभएका सम्पर्ुण्ा नेपाली दाजुभाई दिदिवहिनिहरुलाई निम्न मिति, समय र स्थानमा नेताहरुको सहभागितामा हुने “नेपालमा वर्तमान अवस्था र यसको निकास बिषयक” अर्न्तकृया कार्यक्रममा सहभागी वनिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रमहरु
मितिः ११ मार्च, २००६
१. अधिवेशन कार्यक्रमः बिहान १०.०० वजे देखि दिउसो ०२.० बजे सम्म
-आमन्त्रित, आस्थावान र सदश्यहरुलाई उपथितिको लागी अनुरोध छ)
२. नेपालमा वर्तमान अवस्था र यसको निकास बिषयक अर्न्तकृया कार्यक्रमः दिउसो ०२.०० बजे देखि
बेलुका ०६.०० बजे सम्म
-सम्पुण प्रजातन्त्रप्रेमी दाजुभाईदिदिवहिनीहरुमा सहभागी बनिदिनुहुन अनुरोध छ )
स्थान ः Mandhata Youth & Community Centre, 20A Rosemead Avenue,
Wembley, Middlesex, HA9 7EE
Contact : 07795680515, 07723613782, 07727230979
मितिः १२ र १३ मार्च, २००६
१. बेलायत सरकार अर्न्तगतका सम्बन्धित निकायका पदाधिकारीहरु र वेलायत स्थित अर्न्तराष्ट्रिय निकायका पदाधिकारीहरु संग भेट र नेपाल सम्बन्धी बिषयमा छलफल कार्यक्रम । थप जानकारीको लागी वेबर्साईट www.npccuk.org हेर्नुहोला ।
धन्यवाद, जयनेपाल ।
पुरुषोत्तम पौडेल
सभापति
नेपाली जनसर्म्पर्क समिति, बेलायत
