March 6, 2006

यही स्थितिमा राजाको वार्तामा सात दल नजाने

Filed under: समाचार

राजाबाट पोखरामा केही राजनीतिक व्यक्तित्वहरुसँग शुरु गरिबक्सेको परामर्शलाइ सात राजनीतिक पार्टीका नेताहरुले औचित्यहिन र यसको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् राजा बाट दर्शनभेट पाउनु भएका राजेश्वर देवकोटाले यो परामर्शले मुलुकमा संवादको प्रक्रिया शुरु भएको दावी गर्नुभएको छ ।

रिपोर्टस क्लब नेपालद्वारा सोमबार राजधानीमा आयोजित साक्षात्कार कायक्रममा सात पार्टीका नेताहरुले यही स्थितिमा राजाको वार्तामा नजाने प्रष्ट पारेका छन् । उनीहरुले पोखराको परामर्शलाइ औचित्यहिनताको संज्ञा दिएका छन् । राजाबाट दर्शन पाउनु भएका राप्रपा राष्ट्रवादीका अध्यक्ष राजेश्वर देवकोटाले अब चाडै राजा र सात राजनीतिक दलबीच संवाद हुनेमा आफु विश्वस्त भएको बताउनुभयो । राजा र राजनीतिक दलबीच संवाद हुन सके मुलुकमा उत्पन्न भएको संबैधानीक गतीरोध अन्त्य हुने पनि उहाँले बताउनुभयो । राजा र राजनीतिक पार्टीहरुबीच संवादको लागि दुवै पक्ष अलि-अलि गरी नजिक-नजिक आउनुपर्छ-देवकोटाले भन्न्ुभयो । यसका लागि म जुनसुकै भूमिका खेल्न पनि तयार छु । सात राजनीतिक पार्टीहरु माओवादीको शरणमा नगइ राज्यकै संरक्षण भित्र रहेकोले राजा र पार्टीहरुबीच संम्वाद शुरु हुने प्रमुख आधार रहेको उहाँले चर्चा गर्नुभयो ।

सात पार्टीहरुसँग संवादको लागि राजा निकै उदार भएको बताउदै अब राजनीतिक पार्टीहरुले मेरो गोरुको बाह्रै टक्काको अडान त्याग्नुपर्छ, देवकोटाले भन्नुभयो । राजा र राजनीतिक पार्टीहरुबीच संम्वाद सुरु भए त्यसले आगामी २०६३ सालभित्र सम्पन्न हुने भनिएको संसदीय निर्वाचनलाइ सहज बनाउन मद्दत पुग्ने उहाँको बिचार छ । सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी भएकै दिन आफूले उक्त समझदारी अस्वभाविक र कृत्रिम भनेको बताउदै भन्नुभयो -’ १२ बुँदे समझदारी एक प्रकारले टुटीसकेको छ ‘। १२ बुँदे समझदारी चर्किएर बाहिर निस्किसकेको दावी पनि उहाँले गर्नुभयो ।

साक्षात्कार कायक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले माओवादीका अध्यक्ष प्रचण्डको अन्तवार्तामा केही कुराहरु लुकाइएको र केही अस्पष्ट भएको बताउनुभयो । माओवादीहरुले विगतमा पनि एउटा कुरा गर्ने र अर्कै काम गर्ने गरेको बताउदै उहाँले भन्नुभयो -’माओवादीहरुले पटक पटक राजनीतिक पार्टीहरुलाइ धोका दिइरहेका छन् ।’ नेतृ कोइरालाले १२ बंुदे समझदारी माओवादीहरुले ठाउँ - ठाउँमा उल्लंघन गरेको आरोपसमेत लगाउनुभयो । ‘माओवादीहरुले हत्या , हिंसा जारी राखेका छन् । कब्जा गरेको सम्पत्ति अझै फिर्ता गरेका छैनन् भन्दै राजनीतिक पार्टीका केही नेताहरु आफूलाइ माओवादी नै सम्झेर भाषण गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो -’म माओवादीको नेता नभएर नेपाली कांग्रेसको नेता भएर बोल्दैछु । ‘ नेतृ कोइरालाले माओवादीको हत्या , हिंसामा नेपाली कांग्रेस सहमत नहुने बताउदै उनीहरुलाइ हत्या हिंसाको बाटो छोड्न आग्रह गर्नुभयो । आफू कांग्रेसको एकताको पक्षमा रहेको बताउदै उहाले भन्नुभयो - ‘पार्टी मिल्नुपर्छ , एकताका लागि हामीले पनि पहल गर्नुपर्छ । नेतृ कोइरालाले पोखरामा राजा बाट सुरु गरिबक्सेको दर्शनभेटको कुनै औचित्य नभएको बताउदै आन्दोलनलाइ डार्इभर्ट गर्न खोजिएको आरोप लगाउनुभयो । ‘राजा बाट सुरु भएको दर्शनभेटको प्रक्रिया हास्यस्पद छ , सात राजनीतिक पार्टीहरु दर्शनभेटमा जानु निकै लज्जास्पद हुन्छ ‘ कोइरालाको भनाइ थियो । राजाले आफ्नो अधिकार छोड्नुपर्ने उहाँको धारणा थियो ।

कायक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सुवास नेम्वाङले सात राजनीतिक पार्टीहरु शान्तिपूर्ण आन्दोलनमा होमिएका छन् भन्नुहुदै दर्शनभेटको राजनीतिबाट आफूहरु नलोमिने बताउदै दर्शनभेटको राजनीतिले समस्या समाधान नहुने बताउनुभयो । पोखरामा भइरहेको परामर्शको कुनै औचित्य छैन् यसले कुनै राजनीतिक निकास दिन सक्दैन उहाँले भन्नुभयो । राजाबाट सुरु भएको भेटघाट ‘ घरभित्रको भेटघाट मात्र ‘ भएको उहाँको दावी थियो ।

कायक्रममा नेपाली कांग्रेस प्रजातान्त्रिक का प्रवक्ता डा.मिनेन्द्र रिजालले सात राजनीतिक पार्टी राजाको चिया खाने निम्तामा नजाने स्पष्ट पार्नुभयो । ‘ राजाले अधिकार नछोडेसम्म सात राजनीतिक पार्टी कुनै पनि हालतमा राजासँग वार्तामा जादैनन्’-डा. रिजालले भन्नुभयो । राजाले आफ्नो अधिकार छोडेपछि त्यसबेला उत्पन्न भएको संक्रमणकालीन स्थितिमा अब कसरी जाने भन्ने प्रक्रियाबारे वार्ता हुन सक्ने उहाँले बताउनुभयो । माओवादीको हिंसासँग सात पार्टीको र्समर्थन नरहने पनि उहाँले प्रष्ट पार्नुभयो ।

राष्ट्रिय जनशक्ति पार्टीका प्रवक्ता र्सर्वेन्द्रनाथ शुक्लाले पोखरामा राजा बाट सुरु भएको दर्शनभेट राजनीतिक परामर्शको सुरुवात भएको बताउनुभयो । ‘ अब राजनीतिक सम्वादको प्रक्रिया सुरु हुनर्ुपर्छ भन्नुभएको छ । ‘

मुलुकमा संबैधानिक शक्तिबीच सम्वाद र सहमति हुनुपर्ने राष्ट्रिय जनशक्ति पार्टीको अडान रहेको बताउदै यसका लागि सबै पक्षबाट पहल हुनुपर्ने बताउनुभयो । सम्वादका लागि सबैभन्दा पहिले राजा र राजनीतिक पार्टीहरुबीच उत्पन्न् भएको विश्वासको संकट अन्त्य हुनुपर्ने बताउदै यसका लागि राज्यपक्षबाट पहल हुनुपर्ने उहाँको भनाइ थियो । राजा र राजनीतिक पार्टीहरुबीच संम्वाद सुरु भइ माओवादी समस्या समाधान गर्नेतिर लाग्नुपर्ने उहाँले सुझाव गर्नु भयो ।

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/03/06/raja-3/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft