March 6, 2006

नेपाली जनसर्म्पर्क समिति (NPCCUK) को अधिवेशन स्थगित

नेपाली जनसर्म्पर्क समिति, बेलायत (NPCCUK) ले आज एक प्रेश विज्ञप्ती जारी गरी संस्थाको यहि मार्च ११, २००६ मा लण्डनको वैम्लीमा हुने भनिएको प्रस्तावित अधिवेेशन स्थगित गरिएको जनाएको छ । देशको भर्खरै विकशित राजनीतिक सर्न्दर्भमा अधिवेशनका लागि अतिथिको रुपमा आउन निश्चित भै सकेका नेपाली कांग्रेस केन्द्रिय समितिका उपसभाति शुशिल कोइराला, केन्द्रिय सदस्य अर्जुननरसिंह केसी तथा महासमिति सदस्य लोकेश ढकाल समेतको उपस्थिति अहिलेलाई हुन नसक्ने स्थिति भएको भन्दै नेपाली कांग्रेस केन्द्रिय कार्यालयका कामु मुख्य सचिव शोभाकर पराजुलीद्वारा “अधिवेशन हाललाई स्थगित गर्नु हुन निर्देशानुसार अनुरोध छ” भन्ने पत्र सहित प्रेशित उक्त विज्ञप्तीमा अधिवेशन स्थगित भएको जनाईएको हो । विज्ञप्तीमा अधिवेशन हाललाई स्थगित भएतापनि मुलुकमा लोकतन्त्र, मानवअधिकार र शान्ति स्थापनाका लागि सबैवाट निरन्तर योेगदान रहने विश्वास समेत रहेको जनाईको छ । ‘अधिवेशनको तिथि आपसी छलफल गरी उपयुक्त समयमा निश्चित गरिने’ केन्द्रिय कार्यालयको पत्रलाई उदृत गर्दै “अधिवेशन स्थगन वाट पर्न गएको असुविधा प्रति दुख ब्यक्त गर्दछौ” भनिएको छ ।

लण्डन, ६ मार्च ।

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/03/06/ukcc-3/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft