SLOBODAN MILOSEVIC
कमल कुमार
सन् १९४१ मा र्सर्वियामा जन्मेका स्लोवोदान मिलेसोभिचको नाम सन् १९९० को दशकमा एक युद्ध अपराधी र क्रुर शासकका रुपमा विश्वभरि चर्चित थियो । गएको शनीवार नेदरल्याण्डको द हेगस्थित राष्ट्रसंघीय युद्धअपराध अदालतकै हिरासतमा उनी मृत भेटिएका छन् । आफ्नो राजनीतिक जीवनमा जति चर्चित भए पनि, मिलोसेभिचको निधनले कुनै भू-राजनीतिक परिवर्तनस“ग कुनै सम्बन्ध राखेको थिएन । अझै उनको मृत्युपछि रुनेहरु समेत थोरै नै भेटिए ।
शनीवार स्लोबोदान मिलोसेबिचको मृत्यु भए पछि, आइतवार विहान र्सर्वियाको जनजीवनमा कुनै परिवर्तन थिएन । पर्ूव युगोस्लाभियाका नाम कमाएका एक नेता मर्दा पनि, र्सर्बियाको सडकमा दुःख पोख्ने कोही देखिएनन् । न रिस थियो, न विरोध न त दर्ुइ थोपा आ“शु नै ।
हुन पनि हो, युद्धप्रेमी स्लोवोदान मिलोसेभिचले सुरु गरेका, क्रोएशियन, बोस्नियन, र कोसोभो युद्धमा झण्डै डेढ लाख मान्छेले ज्यान गुमाएका थिए । र्सर्बियाको बेलग्रेडमा कानुन विषयमा स्नातक गरेका मिलोसेबिच, जवान हु“दाखेरि नै एक सच्चा कम्युनिष्ट बनिसकेका थिए ।
६४ वषर्ीय मिलोसेविच माथि हेग स्थित अर्न्तराष्ट्रिय अदालतमा युद्ध अपराध र नरसंहार जस्ता अभियोग माथि मुद्दा चलीरहेको थियो ।
प्रारम्भमा उनको मृत्युको कारण स्पष्ट हुन सकेको थिएन । तर मृत्युपछि गरिएको शव परिक्षणले मिलोसेबिचकेा मृत्यु हृदयघातको कारणले भएको देखाएको छ । यद्यपि उनका परिवारजनले चाहि“, उनको हत्या भएको हुन सक्ने आरोप लगाउ“दै आएका छन् । मिलोसेबिचको मृत्यु पछि, उनको अन्त्येष्टी कहा“ गर्ने भन्ने बारे अन्यौलता छाएको थियो । तर र्सर्बियाले स्वनिर्वासनमा बस्दै आएकी मिलोसेबिचकी पत्नीमाथिको पक्राउ आदेश खारेज गर्दै, उनको अन्त्येष्टी र्सर्बियामै गर्न अनुमति दिए पछि, बुधवार उनको शव नेदरल्याण्डबाट बेलग्रेड लगिएको छ । उनको अन्त्येष्टी पनि यसै हप्ता गरिने बताइएको छ । मिलोसेबिचको मृत्यु पछि, मिश्रीत प्रतिक्रियाहरु उत्पन्न भएका छन् । उनका र्समर्थकहरुले उनको नाममा मैनबत्ति त बाले तर मिलोसेबिचले गरेका अत्याचारहरु अझै नबिर्सिएकाहरुले भने, मिलासेबिच आफ्ना कर्ुकर्महरुको सजाय विना सजिलै मरे भन्ने प्रतिक्रिया दिएका छन् ।
सन् १९९१ पछि कम्युनिष्ट मुलुक युगोस्लाभियाको विघटन भयो । र यो विघटनले, संसारमा दोस्रो विश्वयुद्ध पछिकेा सबैभन्दा भयानक रक्तपात निम्त्यायो । र यसका नायक थिए । स्लोवोदान मिलोसेभिच । र्सर्बियन कम्युनिष्ट पार्टिको पुच्छर समात्दै, सन् १९८७ मा मिलोसेबिच र्सर्बियाको राष्ट्रपति भएका थिए ।
मिलोसेबिचकेा नर्ेतत्वमा रहेको र्सर्बियाली सेनाले, रक्तपात सुरु गर्यो क्रोएशियाबाट । त्यसपछि, सन् १९९१ मा आफ्नो स्वतन्त्रता समेत घोषणा गर्न नभ्याएका बोस्निया एण्ड हर्जगोभिनामा नरसंहार सुरु भयो । जनजाती सफाया भन्ने नारा लिएर बोस्नियामा रहेका र्सर्बियाली सेनाहरुले, गैर र्सर्बियाली जनताहरुमाथि अत्याचार गरे । मिलोसेबिचको र्सर्बियाली सेनाले मुस्लिम बस्तिहरुमा व्यापक बमवारी गर्यो । सन् १९९५ मा नेटोले हस्तक्षेप गरे पछि, केही समयको लागि मिलोसेबिच चुप त लागे तर सन् १९९८ मा उनको सैन्य बलको तारो, र्सर्बियाली प्रान्त कोसोबो भयो ।
क्रोएशिया र बोस्नियामा व्यापक अत्याचार गरे पनि, युद्ध हारेका मिलासेबिचको लागि कोसोबो युद्धमा पनि त्यही कथा दोहोरियो । ७८ दिने युद्ध पछि, फेरि नेटोले कोसोभेा कब्जा गर्यो । युद्ध हारे लगत्तै, मिलोसेबचिले युगोस्लाभियामा प्रजातान्त्रिक निर्वाचन गरे । युगोस्लाभियाली जनताले, १० वर्षो रक्तपात निम्त्याउने मिलोसेबिचलाई चुनावमा हराए । र उनी सत्ताच्युत भए ।
युद्धको बेला हजारौं मानिसहरुलाई मारेको आरोप सहित २००१ मा मिलोसेभिचलाई अर्न्तराष्ट्रिय अदालतको जिम्मा लगाइएको थियो ।
सन् १९८८ को सुरुवात तिर दशौं हजार र्सर्बियालीहरुको सामून्ने भाषण गर्दा, मिलोसेबिचले भनेका थिए, “हामी हरेक युद्धमा सामेल हुन्छौं र युद्ध जित्नु हाम्रो उदेश्य हुनेछ ।” तर महत्वाकांक्षी मिलोसेबिचको युद्ध जित्ने सपना सफल भयो, न त उनको मृत्युको शोकमा कठै भन्ने पनि कोही भए ।

this article is very nice….great Kamal Kumar.
Comment by Ram bahadur Bomjon — March 16, 2006 @ 12:32 pm