March 25, 2006

जनआन्दोलन विफल पार्न एक हप्ता अगाडी नै संचार सेवा अवरुद्व हुने

Filed under: समाचार

गृहले जिल्ला जिल्लामा कडा निर्देशन दियो

सात राजनैतिक दलद्धारा घोषित चार दिने आम हड्ताल विफल गराउन सरकारले एकहप्ता अगाडि नै सात दलका नेता तथा कार्यकर्ता गिरफ्तार गर्ने तथा सात दलद्वारा घोषित जनआन्दोलन विफल पार्न मुलुकभरका संचार संर्म्पर्क एक साताका लागि विच्छेद गर्ने प्रपञ्चमा सरकार जुटेको खुलासा भएको छ ।
यसको लागि सरकारले सुरक्षा निकायका प्रमुख र काठमाडौका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिसकेको बुझिएको छ । छलफलपछि गृहमन्त्रालयले सो रणनीति लिएकोे स्रोतलाई उद्यृत गर्दै स्वससेका खिला कार्कीले लेखेको समाचारमा उल्लेख छ । उच्च सुरक्षा अधिकारीको गुप्त छलफलमा कांग्रेस सभापति गिरिजाप्रसाद कोईरालालाई घरमै स्थानहद तोक्ने या नजरवन्दमा राख्ने भन्ने विषयमा समेत छलफल भएको तर त्यसबारे टुङ्गो भने लाग्न नसकेको बताइन्छ । स्रोतका अनुसार चैत्र १७ गते बेलुकावाट सम्पर्ुण्ा संचार सेवा अवरुद्व गरी १८ र १९ गतेबाट देशब्यापि नेता कार्यकर्ताको गिरफतारी शुरु गरिने दावी समाचार स्रोतको छ । यसका लाग्ाी सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले गुप्त निर्देशन पर्ठाई सकेको स्रोतको दावी छ । स्रोतले बताएअनुसार सोही विशेष छलफलले एमाले महासचिव माधव नेपाललाई घरमै नजरबन्दमा भन्दा सुरक्षा नियन्त्रणमै राख्नु पर्ने निष्कर्षनिकालेको र सोहीअनुसार नियन्त्रणमा लिइएको हो ।
प्रमुख जिल्ला अधिकारीलाई पठाएको निर्देशनसहितको गृह मन्त्रालयको पत्रमा ‘चैत्र २६ गतेबाट भनिएको सात दलको पर््रदशनलाई मध्यनजर राख्दै एक हप्ता अगाडीबाट संचार संर्म्पर्क अवरुद्व बनाई सात दलका सक्रिय नेता कार्यकर्ता जो-ध्वंश विध्वशलाइ बढुवा दिँदै त्यसैतर्फउतप्रेरित गर्छन, उनीहरुलाई प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मीको सहयोगमा स्थानहद गर्ने र नजरवन्द गर्ने निर्देशन जारी गरिएको’ उल्लेख छ ।
गृहले जिल्ला प्रशासन कार्यालयलाई पक्राउ गर्नुपर्ने नेताहरुको नामावली समेत उपलब्ध गराइसकेको छ । यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेत सरकारी निगरानीमा पर्ने स्रोतले बतायो । सरकारले पहिलोपटक राप्रपा संस्थापन पक्षका अधिकांश नेताहरुलाइ निगरानीमा राख्न गृहले आदेश दिएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । उपत्यकामा नेता कार्यकर्ता पक्राउ गर्ने जिम्मा सशस्त्र प्रहरी बललाई दिएको छ । संचार सर्म्पर्क विच्छेद गर्ने पर्ूव अभ्यास स्वरुप शुक्रवार बिहान केही समय टेलिफोनहरु विच्छेद गरिएको थियो । सुरक्षाका चारै अंगका प्रमुख तथा काठमाडौं सीडीयो बीच भएको गुप्त बैठक अस्ती बुधबार भएको बुझिएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/03/25/dal/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft