March 28, 2006

वेलायतका नेपालीहरुको संयुक्त प्रेस व्यक्तव्य

नेपालमा गतबर्षमाघ १९ गतेको राजाको कदमले मुलुक संकटको धरातलमा होमेको, प्रजातन्त्रको धज्जि उडाएको, मानवअधिकार पुण् रुपले उलंघन गरेको, शान्तिका आशा गर्ने बिकल्पहरु वन्दगरेको, संबिधानको दुरुपयोग गरेको, शान्ति सुरक्षाको नाउमा ठुलो संख्यामा धनजनको क्षति भएको, राजनैतिक पार्टर्ीकार्यकर्ताहरु, नागरिक समाजका ब्यक्तित्वहरु, पत्रकारहरु, बिद्यार्थी, टेड युनियनका कार्यकर्ताहरु, अन्य पेशागत संगठनका पदाधिकारीहरु, र प्रजातन्त्र, मानवअधिकार र शान्तिको पक्षमा लाग्ने र्सवसाधारण समेतलाई पक्राउ गर्ने, झुटामुद्धामा फसाउने, बिनाकारण लामो समय सम्म थुनामा राख्ने, हाउस एरेष्ट गर्ने, संचार माध्यमलाई सत्ता अनुकल वनाउन कानुनमा परिवर्तन गर्ने, टेड यृनियन ऐनमा परिवर्तन गरि श्रमिक अधिकार खोस्ने, शान्तिपुण् भेलाहुने अधिकारमा अत्रि्रमण गरि कार्यक्रमहुनुभन्दा पहिला कर्फु लगाउने, प्रदर्शनकारीहरुलाई बिनाकारण पक्राउ गर्ने थुनामा राख्ने, शान्ति जुलुसहरुमा आक्रमण गर्ने आदी स्वतन्त्रता बिरोधी जन विरोधी र राष्ट बिरोधी कृयाकलाप सरकारी पक्षवाट भैरहेको, राष्टिय र अन्तराष्टिय पक्षहरुवाट मुलुकको समस्या समाधान गर्न राखिएका रोडम्यापहरुको वेवास्ता गर्दै प्रशासनको बलमा बिपक्षीलाई नियन्त्रण गर्न शाहि सरकार काम गरिहेको देखिन्छ ।

सरकारी पक्ष मुलुकमा ब्यप्त अन्यौलतालाई समाप्त गर्न सम्वन्धित पक्षहरु संग छलफल गरि समन्वय सहमति वाट समस्याको हल खोज्ने प्रयास गर्न पर्नेमा उल्टै पार्टर्ीी र माओवादी बिचको सहमतिलाई बंग्याएर अपब्याख्या गर्न समय खर्चिरहेको देखिन्छ । हालै सात राजनैतिक पार्टर्ीी र माओवादी बिच दोस्रो पटक भएको समाबेशी सहमतिले मुलुकमा ब्यप्त अन्यौलतालाई समाप्त गर्न शान्तिपर्ुण्ा आन्दोलन गर्ने, हत्याहिंसा रोक्ने, संयुक्त सरकार मार्फ संबिधान सभाको चुनाव गर्ने, मुलुकमा दिगो शान्ति स्थापना गर्ने सम्वन्धमा जिम्बेवारी पुवक प्रतिवद्धता देखाएकोछ भने माओवादीहरुसमेतले यस सहमतिवाट वहुदलिय प्रजातन्त्र, मौलक जनअधिकारहरु, मानवअधिकार र कानुनि राज्य लाई स्विकार गरि लोकतन्त्र प्रति आफ्नो प्रतिबद्धता देखाएकोछ । यसरी सात पार्टर्ीी र माओवादीहरुले आपसी सहमतीवाट लोकतन्त्र, मानवअधिकार र शान्ति प्रति देखाएको प्रतिवद्धताको हामी हार्दिक स्वागत गर्दछौ र सहमति अनुरुप प्रतिबद्ध रहन समेत सम्वन्धित पक्षहरुमा आवहान गर्दछौ ।

सरकारले हालै नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई लामो समय सम्म बिना कारण गृहवन्दिवाट ककनीको प्रहरी तालिम केन्द्रमा लगेको, उहाको घरमा खानतलासी गरि संचार उपकरणहरु जफत गर्नुका साथै नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौडेल, केन्द्रिय सदश्य नरहरी आचार्य, मानवअधिकार वादी कृष्ण पहाडी, मथुरा प्रसाद श्रेष्ट लगायतका राजनैतिक र मानव अधिकारकर्मीहरुलाई कानुन बिपरित लामो समय सम्म थुनामा राखेकोमा हामी घोर भर्त्सना गर्दै उहांहरुको स्रि्र रिहाईको माग गर्दछौ ।

मुलुकमा शाही अत्रि्रमणवाट अर्न्तराष्टिय क्षेत्रमा नेपाल वदनाम भएको, मुलुक आर्थिकरुपमा टाटहुनलागेको, स्वतन्त्रताको अभ्यास गरिरहेका जनतालाई पुन दासतामा धकेलेको, मुलृक निर्माणका कर्ण्र्ाारहरु बिदेशिन वाध्य पारिएको, राजनैतिक रुपमा अन्योलता बढेको, बिद्यार्थीहरुको पठनपाठनमा प्रत्यक्षरुपले प्रभाव परेको जनसाधारणको जनजिवन नराम्रो संग प्रभावित भएकोले मुलुक भित्रको राजनैतिक अन्योलता छिटोभन्दा छिटो समाधान हुनपर्ने देखिएकोछ । यस अवस्थाको अन्त्य गरि लोकतन्त्र स्थापना गर्ने सम्वन्धमा राजनैतिक नेता, नागरिक समाज, अन्तराष्टिय समुदाय समेतवाट अभिब्यक्तिहरु आएको सर्न्दर्भमा सात राजनैैतिक पार्टर्ीीले घोषणा गरेको चैत्र २४ गते तदनुसार अप्रिल ६ देखी शुरुहुने निर्ण्ाायक जनआन्दोलनमा हाम्रो पुण् र्समर्थन रहेको प्रतिबद्धता ब्यक्त गर्दछौ ।

यस निर्ण्ायक शान्तिपुण् जनआन्दोलनको र्समर्थनमा एैकबद्धता प्रकट गर्दै अर्न्तराष्टिय रुपमा क्याम्पेन गर्ने कार्यक्रम स्वरुप नेपाली जनसर्म्पर्क समिति, बेलायत (NPCC UK) र नेपाली प्रजातान्त्रिक मन्च, बेलायत (NDF UK) द्धारा संयुक्त रुपमा ८ अप्रिल, २००६ मा नेपालमा बिकसित राजनैतिक परिवेश र जनदायित्व बिषयक अर्न्तकृया कार्यक्रम आयोजना गरिएकोले निम्न मिति, समय र स्थानमा हुने उक्त अर्न्तकृया कार्यक्रममा सहभागि भै नेपालमा लोकतन्त्र, मानवअधिकार र दिगो शान्ति कायम गर्ने आन्दोलनमा एकवद्धता प्रकट गरिदिनुहुन हामी सम्पुण् बेलायतवासी नेपाली तथा नेपालका मित्र दाजुभाई दिदिवहिनिहरुमा हामी संयुक्त अपिल गर्दछौ ।

कार्यक्रम मिति : ८ अप्रिल , २००६
समय: दिउसोको ११.३० बजे ।

स्थान :
Mandhata Youth & Community Centre,
Mandhata House, 20A Rosemead Avenue, Wembley,
Middlesex, HA9 7E

१. पुरुषात्तम पौडेल, सभापति, नेपाली जनसर्म्पर्क समिति, बेलायत (NPCC UK)
२. आड्कलजंग लामा, अध्यक्ष, नेपाली प्रजातान्त्रिक मंच, बेलायत (NDF UK)

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/03/28/ukcc-4/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft