April 12, 2006

अन्तरकृया सहित जनआन्दोलन दिवस कार्यक्रम

लण्डन, नेपाली जनसर्म्पर्क समिति, बेलायत (NPCC UK) र नेपाली डेमोक्रेटिक फोरम, बेलायत (NDF UK) को संयुक्त आयोजनामा एक बृहत अर्न्तकृया सहित जनआन्दोलन दिवस कार्यक्रम सम्पन्न भएकोछ । नेपाली जनसर्म्पर्क समितिका सभापति पुरुषोत्तम पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख वक्ता प्रोफेसर र्सुय प्रसाद सुवेदीले मुलुकमा १२ वर्षो शिशु प्रजातन्त्रको घांटी निमोठि एक जनाले रजाई गरिरहेको, सत्ताधारीहरु घण्टाकर्ण भएर जन आवाजको बेवास्ता गरिरहेकोमा अचम्म लागेको उल्लेख गर्दै यसवारेमा अर्न्तराष्टिय कम्युनिटिमा थप लवि गर्न पर्ने र नेपालमा संर्घषामा उत्रेका नेता, नागरिक समाज र जनतालाई आ आफ्नो स्थानवाट सहयोग पुर्याउनपर्ने कुरामा जोड दिनुहुदै पार्टी माओवादी बीच भएको १२ बुंदे सहमतीको सकारात्मक प्रचार गर्ने दायित्व पनि हाम्रो हो भन्नुभएकोछ । उहाले मुलुकले वाहिर बसेका नेपालीहरुवाट सहयोगको अपेक्षा गरेकोले सरकारको थप षडयन्त्रलाई बुझेर अर्न्तराष्टियरुपमा आवाज उठाउनु पर्नेमा जोड दिनुभएकोछ ।

उक्त कार्यक्रममा डा रमेश कुमार ढँुगाले इतिहासको कालखण्डमा नेपालमा सकृय राजतन्त्र र यसका मतियारहरुले जहिले पनि कोरा राष्ट्रवादको नारा दिएर मुलुकलाई खोक्रो र बरवाद वनाईरहेकेछन् भन्दै मुलुक वर्तमान अवस्थामा पुग्नु पनि यसकै उपज हो भन्नुभयो । नक्कली राष्ट्रवादको प्रचार गरेर शाही सरकारले जनताको दमन गरिहेकोछ । दरवारले जहिले पनि आफ्नो भक्ती गाउने लठैतहरुलाई वरपर राख्ने र प्रजातन्त्रवादीहरुलाई अनेक लाञ्छाना लगाउने परम्परा नै भएकोछ, त्यसैले खाक्रो राष्टवादमा नअल्भिmई सच्चा राष्टवाद र राष्टियताको पक्षमा आन्दोलन गर्नपर्ने आवस्यकता भएको बताउनुभयो ।

डा. सम्पुर्णानन्द ढुंगानाले मुलुकले चाहेको परिवर्तन ढोकामानै आईपुगेकोले यसलाई कुनै शक्तीले रोक्न नसक्ने उल्लेख गर्दै सकृय राजसत्ताले आदर्शवान नागरिक र पेशाकर्मी निर्माण गर्न अवरोध गरिरहेकोले पेशाकर्मीहरुले आफ्नो क्षमताको प्रयोग गर्न नपाएको उल्लेख गर्दै यस्तो अवरोध ल्याउने संस्कारको अन्त्य गरी दिगो सुधार ल्याउन र आफ्ना हकहितको संरक्षण गर्न पेशाकर्मीहरु सम्पुर्णरुपवाट जनआन्दोलनमा संलग्नहुनपर्ने बताउनुभएकोछ । कार्यक्रममा बोल्दै कानुन्बिद सुनिल अधिकारीले माओवादीहरुको राजनैतिक एजेण्डाको राज्यले सम्मान गर्न पर्ने र उनिहरुले मुलुकको अवस्थालाई बुझेर हिंसात्मक कार्यहरु वन्दगर्नु पर्नेमा जोड दिंदैैै नेपालको बर्तमान सबिधान वाट पनि मुलुकमा रहेको समस्यको समाधान खोज्न सकिन्छ भन्नुभयो तर त्यसका लागी निरंकुसताको अन्त्यहुन जरुरी छ भन्नुभयो ।

सोलिडारिटी नेपालका अध्यक्ष कृष्ण उपाध्यायले मुलुकमा आज र्सार्वभौम सत्ता एक ब्यक्तीमा राख्ने कि जनतामा राख्ने भन्ने लर्डाई भैरहेको छ भन्दै राजनैतिक समस्याको समाधान राजनैतिक रुपमा खोजिनुपर्दछ बलले होईन भन्नुभयो । जनआन्दोलनलाई सफल वनाउन थप उपायहरुको खोजी गर्नुपर्ने र सबैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा नेपाली डेमोक्रेटिक फोरमका अध्यक्ष आड्कल्जंङ्ग लामाले नेपालमा भैरहेको जनआन्दोलनमा एैक्यवद्धता जनाउन जनआन्दोलन दिवसको अवसरमा यो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै उपस्थित सबै महानुभावहरुलाई स्वागत गर्नुभएको थियो । उहाले गैरआवासिय नेपालीहरुको संस्था एनआरएन युकेको उपाध्यक्ष पदमा प्रजातन्त्रका लागी प्रचारात्मक आन्दोलन स्वरुप आफुले उमेदवारी दिएको उल्लेख गर्दै सबैमा सहयोग गर्न अनुरोध समेत गर्नुभएको थियो ।

कार्यक्रमका सभापति पुरुषोत्तम पौडेलले पार्टी माओवादी बीच भएको १२ बुदें सहमती समय सापेक्ष र समाबेसी भएको उल्लेख गर्दै सरकार यसको अपब्यख्या गरेर थप पंगु साबित भएकोछ भन्दै निकम्मा, अवैधानिक र दमनकारी शाही सरकारलाई १ मिनट पनि सत्तामा बस्ने अधिकार छैन भन्दै जनअधिकारहरु तुरुन्त फिर्ता गर्न पर्नेमा जोड दिनुभयो । नेपालमा भैरहेको जनआन्दोलन निर्णाक हुने कुरामा कुनै सन्देह छैन यसकालागी सबै पक्षवाट सहयोग आवस्यक रहेकोछ भन्नुभयो ।

लण्डनको वैम्लीको मान्धाता कम्युनिटि हलमा भएको उक्त कार्यक्रममा बिज्ञान प्रर्साई, कैलास नेपाल र सुरेन्द्र श्रेष्टले पनि आ-आफ्ना बिचारहरु राख्नुभएको थियो । दिनेश घिमिरे द्धारा उद्घोषित उक्त कार्यक्रममा बेलायत स्थित बुद्धिजिवि, वकिल, पत्रकार, एकाउन्टेन्ट, बिद्यार्थी, ब्यवसायी लगायत बिभिन्न पेशा ब्यवसायमा संलग्न नेपालीहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/04/12/npcc/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft