April 20, 2006

बेलायत नेपाल प्राज्ञिक परिषद (BNAC) प्रजातन्त्रको पक्षमा

Filed under: समाचार

बेलायत नेपाल प्राज्ञिक परिषद (Britain Nepal Academic Council)ले एक वक्तब्य प्रकाशित गरी प्रजातन्त्रको पूनर्वहालीको लागि शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनमा उत्रिएका जनता माथि शुरक्षाकर्मीहरुबाट भएको अत्यधिक बल प्रयोगको विरोध गरेको छ । परिषदले शुरक्षा दस्ताले शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिएका वकील, प्राध्यापक, चिकित्साकर्मी समेत माथि भएको वर्वर दमनको विरोध गर्दै मानवअधिकार, प्रजातन्त्र र कानूनी शासनको लगि प्रदर्शनमा उत्रिएका दर्जनौ जनताको हत्याको भर्त्सना गरेको छ ।

बक्तब्यमा मानवअधिकार अन्तराष्ट्रिय कानूनको नेपाल सरकारले गरेको उल्लङ्घन प्रति चासो देखाउँदै थुनामा रहेका नेता, कार्यकर्ता, नागरिक समाजका प्रतिनिधिहरु, मानवअधिकारकर्मीहरु पत्रकार आदि तथा गैरकानुनी थुनामा रहेका सम्पुर्ण ब्यक्तिहरुलाई तुरुन्त रिहा गर्न र प्रजातन्त्रको लागि प्रदर्शनमा उत्रिएकाहरुलाई डर, धम्की र त्रास नदेखाउन शुरक्षाकर्मीहरुलाई निर्देशन दिन समेत आग्रह गरेको छ ।

राजा तथा सवै राजनैतिक दलका नेताहरुलाई देशमा शान्ति तथा प्रजातन्त्र वाहालीको लागि वार्ताको पहल गर्न आग्रह गर्दै वक्तब्यमा नेकपा माओवादीलाई तुरुन्त यूद्धविरामको घोषणा गर्न तथा हिंसा परित्याग गरी विश्वब्यापी रुपमा स्थापित मानवअधिकार तथा प्रजातन्त्रको सिद्धान्तलाई स्वीकार गर्दै नेपालको शान्ति, प्रजातन्त्र र प्रगतिको लागि कार्य गर्न पनि बक्तब्यमा अपिल गरिएको छ ।

बक्तब्य प्रो. डा. र्सूय सुवेदी -लिड्स यूनिभर्सिटी), डा. डेभिड गिल्नर -अक्सफोर्ड यूनिभर्सिटी), प्रो. माइकल हट - लण्डन यूनिभर्सिटी), डा. जुडिथ पेट्रि्रयू -सेन्ट्रल ल्याङ्कशायर यूनिभर्सिटी), प्रो. एन्थेनी कोस्टेलो - यूनिभरसिटी कलेज लण्डन), डा. इयन हारपर - यूनिभरसिटी अफ एडिनबरा), डा. स्टेफाइन लोटर -यूनिभरसिटी अफ वीटवाटर स्टयाण्ड जोहन्र्सवर्ग, साउथ अप्रिmका) को संयूक्त नाउँबाट प्रकाशित भएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/04/20/uk-2/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft