May 2, 2006

बीबीसीबाट बिदाइ

लोकपि्रय समाचार संस्था बीबीसीको नेपाली सेवाबाट खगेन्द्र नेपाली बाहिरिएका छन् । करिब तीन दशकदेखि नेपाली सेवा प्रमुखका रूपमा समाचार खेतीमा संलग्न नेपालीले गत सातादेखि उमेरका कारण अवकाश पाएका हुन् भने उनको जिम्मेवारी दस वर्षदेखि त्यहीं कार्यरत रवीन्द्र मिश्रले सम्हालेका छन् ।
सन् १९७९ मा आफू बीबीसी प्रवेश गर्दा साताको तीन दिन पन्ध्र-पन्ध्र मिनेट प्रसारण हुने नेपाली सेवा अहिले सातै दिन आधा घन्टाको कार्यक्रमसम्म आइपुग्दा ठूलो परिवर्तन र धेरै अनुभव सम्हालेको नेपाली बताउँछन् । उनका अनुसार सुरुमा हङकङस्थित बि्रटिस गोर्खाली सेनालाई लक्ष्य गरेर कार्यक्रम बनाइन्थ्यो । काठमाडौंबाट धेरै दिन लगाएर आउने गोरखापत्रबाहेक समाचारको अरू माध्यम नभएका बेला काठमाडौंबाट बीबीसी संवाददाताले पठाएको विश्लेषणात्मक समाचार नै उनीहरूका लागि सूचनाको भरपर्दो माध्यम हुन्थ्यो ।

हाल लन्डनमा चार जना स्थायी र द्ुई अस्थायीका साथै काठमाडौंमा दुई र मुलुकका अन्य सहरमा सात जना पत्रकारको समूह बीबीसी नेपाली सेवामा संलग्न छ ।

संसदवादी नेता, सरकार र विद्रोही माओवादीले समेत आफ्नो भनाइ राख्ने प्रमुख माध्यमका रूपमा रोज्ने गरेको बीबीसीका नेपालका कन्दरादेखि विश्वभर छरिएर रहेका नेपाली श्रोता छन् ।

‘प्रजातन्त्र पुनःस्थापनायता नेपालमा विकसित प्रतिस्पर्धी सञ्चार बजारले यसलाई प्रतिस्पर्धी बनाउन मद्दत गर्‍यो । कसरी धेरै श्रोताकहाँ पुग्ने भन्ने योजना बने,’ नेपाली भन्छन्- ‘नेपालमा उपलब्ध एफएमहरूसँग सम्झौता भयो । समाचार संकलनमा तीव्रता ल्याउन संवाददाता पनि थपियो ।’

खगेन्द्र बीबीसी छिर्दा रेडियो नेपालबाट तालिममा लन्डन आएका मणि राणा, कृष्णा ताम्राकार, कुवेर गर्तौलालगायतलेे नेपाली सेवा चलाएका थिए । नेेपाली सेवाका लागि पहिलोे पूर्णकालीन पत्रकारका रूपमा बेलायत प्रवेश गरेका नेपालीकै पालामा सन् १९८४ मा सातामा तीन दिन तीस मिनेटका लागि विस्तार भएको कार्यक्रम ९० मा सातामा छ दिन बीस मिनेटमा विस्तार भयो । ९१ देखि सातै दिन पन्ध्र मिनेट हुँदै ९४ बाट सातै दिन आधा घन्टाको बन्यो । अहिले बीबीसी नेपाली सेवाको वाषिर्क बजेट करिब ४ करोड २० लाख -३ लाख २० हजार पाउन्ड) छ ।

बेेलायत आउनु अघि शिक्ष्ाा मन्त्रालयका कर्मचारी नेपाली दूर शिक्ष्ाा रेडियो कार्यक्रम चलाउँथे भने रेडियो नेपालले पनि उनलाई लाइभ कार्यक्रम चलाउन दिने गरेको थियो । ‘राजा वीरेन्द्रको राज्याभिषेक हुँदा न्यासलचोकबाट मैले लाइभ प्रसारण गरेको थिएँ,’ उनले भने- ‘बीबीसी आएपछि पत्रकारिताको अनिवार्य तालिमले मलाई सञ्चारकर्मी बनाउँदै लग्यो ।’

लन्डन, बुस हाउसको सातौं तलास्थित दक्षिण एसियाली भाषाहरूमा समाचार उत्पादन कक्षको दैनिक जमघटबाट बिदा लिएपछिको जीवनबारे उनीसँग स्पष्ट खाका छैन । नेपाली, बंगाली, हिन्दी, उर्दू, तामिल र सिन्हाली भाषाभाषीबीचकोे खुला कक्षमा नेपाली कार्यक्रम चलाइरहेका उनीसँग आफ्नै अनुभवबारे लेख्ने धमिलो योजनामात्र छ ।

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/05/02/khagendra/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft