कांग्रेसको का“धमा गरुङो भारी
संसद् पर्ुनर्वहालीपछि आन्दोलनकारी सबै दलले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई नै प्रधानमन्त्री बनिदिन आग्रह गरेपछिको विकसित परिस्थितिले कांग्रेसलाई गम्भीर मोडमा उभ्याइदिएको छ । तर, एमाले लगायतका कम्युनिष्ट पार्टर्ीी नेताहरूलाई प्रधानमन्त्री बन्ने रहर नभएर कोइरालालाई प्रधानमन्त्री बन्न उनीहरूले आग्रह गरेको होइन भन्ने पनि स्पष्ट छ । न त उनीहरूले कांग्रेसका सभापतिलाई श्रद्धाभक्तिले प्रधानमन्त्री बन्न आग्रह गरेको नै हो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला ५७ दिन सदन चल्न नदिने एमालेका अहिलेकै नेता हुन् । तर, एमालेका नेतालाई अहिले प्रधानमन्त्री बन्न समयले साथ दिएन । विशेष गरेर अन्तर्रर्ााट्रय शक्ति केन्द्रहरूले कम्युनिष्ट पोष्चरका व्यक्तिहरूलाई सरकारको मुखिया बनाउन नचाहेका कारणले पनि यो स्थिति उत्पन्न भएको हो ।
एमाले लगायतका कम्युनिष्ट पार्टर्ीी नेताहरूले बाध्य भएर नेपाली कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउनु परेको यथार्थ हो । तर, नेपाली कांग्रेसका नेताहरूलाई शिखण्डीको रुपमा प्रयोग गरेर आफ्ना निर्धारित लक्ष्य प्राप्त गर्न माओवादी सहित एमाले लगायतका कम्युनिष्ट पार्टर्ीी नेताहरूले अब नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारमाथि ठूलै दबाब सिर्जना गर्ने स्थिति विकसित भएर गएको छ । कांग्रेसका नेताहरूले यो गम्भीर प्रकृतिको चुनौतीको कसरी सामना गर्ने हुन् - यसले नेपाली कांग्रेसको मात्र होइन संसदीय प्रजातन्त्र र मुलुककै भविष्य पनि जोडिएको विश्लेषण कांग्रेस सम्बद्धहरूले गर्न थालेका छन् ।
सत्तँ बाहिर हु“दा कांग्रेसका नेताहरूले बुद्धिमत्तापर्ूण्ा राजनीतिक निर्ण्र्ाागर्दै आएका छन् । यसले पार्टर्ीीे लोकप्रियता बढाएको पनि छ ।
तर जब-जब कांग्रेसका हातमा सत्ताको बागडोर पुग्दछ तब-तब कांग्रेसका नेताहरूमा उन्मादको पारो चढिहाल्छ । उनीहरूको अन्तरकलह र गुटफुटले सीमा नाघिहाल्छ । गलत नीति, निर्ण्र्ाार कामकारवाही सुरु भइहाल्छन् । संसद्मा आफ्नो पर्ूण्ा बहुमत हु“दाहु“दै विगतमा पटक-पटक नेपाली कांग्रेसकै नेताहरूले आफ्नो सरकार गिराएका छन् । पछिल्लोपटक नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पार्टर्ीीात्र फुटाएनन्, संसद् नै विघटन गराएर मुलुकलाई जनप्रतिनिधि विहीन अवस्थामा पुर्याइदिए । अहिले उनै देउवा बडा क्रान्तिकारी नेता बन्न पुगेका छन् । अझ अचम्मको कुरा त के हो भने अहिले पनि तीन दर्जन जति सांसद शेरबहादुरको पछि लागेर पार्टर्ीीकीकरणमा रोडा बनेका छन् । दुवै नेपाली कांग्रेस एकीकृत नभएमा नेपाली कांग्रेसले आफ्नो का“धमा आएको ऐतिहासिक महत्त्वको जिम्मेवारी वहन गर्न सक्ने स्थिति हु“दैन । यसतर्फनेपाली कांग्रेसका नेताहरू गम्भीर भएको पाइएको छैन ।
सडकमा ढुंगा हानेर जिन्दावाद, मर्ूदावादको नारा लगाउनु जस्तो शैलीले राज्यव्यवस्था सञ्चालन हुन सक्तैन । राज्यव्यवस्था सञ्चालन गर्ने जस्तो गहन जिम्मेवारी पूरा गर्न सुझबुझ, धर्ैय, साहस, योग्यता, क्षमता, बुद्धिमत्तापर्ूण्ा निर्ण्र्ाार त्यसलाई सफलतापर्ूवक कार्यान्वयन गर्ने कुसल संयन्त्र चाहिन्छ । राज्यशासन सञ्चालन गर्ने यिनै कलाकौशलको अभावका कारण विगतमा नेपाली कांग्रेसको सरकारले वाञ्छित सफलता प्राप्त गर्न नसकेका कटु उदाहरण छन् । अहिले नै पनि सरकारले गैरजिम्मेवार तवरले सशस्त्र र जनपद दुवै सुरक्षा निकायका कतिपय उच्च अधिकृतहरूमाथि अत्यन्त अप्रजातान्त्रिक ढंगले कारवाही सुरु गरेको छ । र, सेनाको संरचना र संगठनलाई नै खलल पार्ने गरी कारवाही तथा सरुवा, बढुवा गरिने कुरा सञ्चार माध्यमले चर्चामा ल्याएका छन् ।
सेना र प्रहरी दुवै सुरक्षा निकाय सरकारकै अभिन्न अंग हुन् । यी दुवै निकायले संविधान र विद्यमान ऐन कानुनको अधीनमा रही आ-आफ्ना क्षेत्रबाट सरकारको नीति, निर्ण्र्ााकार्यान्वयन गर्दछन् । विगतका विभिन्न कालखण्डमा बनेका बहुरुपी सरकारले निर्धारण गरेका नीति, निर्ण्र्ााउक्त दुवै सुरक्षा निकायले इमान्दारीपर्ूवक कार्यान्वयन गर्ने क्रममा पनि दर्जनौं योद्धाहरूले शहादत प्राप्त गरेका छन् । विगतमा जस्तै वर्तमान वा भविष्यमा बन्ने सरकारको निर्देशन पनि सुरक्षा निकायले पालना नगर्ने भन्ने कुरै हु“दैन । कुनै पनि मुलुकको सुरक्षा निकाय त्यहा“को सरकारबाट निर्देशित हुन्छ । नेपाल त्यसको अपवाद बन्न सक्दैन ।
सरकारको नीति, निर्ण्र्ााकार्यान्वयन गर्ने सुरक्षाकर्मीलाई होइन उनीहरूलाई निर्देशन दिने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूलाई सरकारले कारवाही गर्न सक्नर्ुपर्दछ । वर्तमान सरकारको प्रमुख उद्देश्य देशमा शान्ति कायम गर्ने हो भने सुरक्षा संयन्त्रलाई खलल पारेर होइन, उनीहरूलाई विश्वासमा लिएर र व्रि्रोही पक्षका मागहरू सम्बोधन गरेर मात्र शान्ति प्रक्रियालाई अगाडि बढाउन सकिन्छ । सडक होहल्लाको आधारमा मार्गचित्र बनाएर नेपाली कांग्रेस अगाडि बढ्ने हो भने कांग्रेस स्वयम् मटियामेट हुने मात्र होइन मुलुक अझ भयावह दर्ुघटनामा पर्ने सम्भावना देखिएको छ । त्यसैले नेपाली कांग्रेसका नीति, निर्ण्र्ाार त्यसको कार्यान्वयन पक्षलाई सिङ्गो मुलुकले अत्यन्त चासोका साथ हेरेको छ ।
