July 10, 2006

नेपालीका लागि छात्रवृत्ति स्थापना

अन्तर्राष्ट्रिय विद्यार्थीबीच बेलायतमा सर्वोत्कृष्ट ठहरिएका नेपाली युवकको नाममा उनको विश्वविद्यालयले २० नेपालीका लागि छात्रवृत्ति स्थापना गरेको छ ।
न्युक्यासलस्थित नर्थुम्बि्रया विश्वविद्यालयले स्नातकोत्तर अध्ययनरत २३ वर्षे छिरिङ लामाको नाउँमा नौवटा फरक क्याम्पसहरूमा पढ्न चाहने स्नातक नगरेका, स्नातकोत्तर वा शोधस्तरका विद्यार्थीका लागि बुधबार छात्रवृत्ति घोषणा गरेको हो । विश्वविद्यालयले विद्यार्थीकै नाउँमा छात्रवृत्ति स्थापना गरिएको यो पहिलो भएको समेत जनाएको छ । सिन्धुपाल्चोकको विकट सेर्माथाङका छिरिङले उक्त विश्वविद्यालयमा प्रस्तुत गरेको शैक्षिक र सामाजिक गतिविधिबाट प्रभावित भई ‘छिरिङ लामा नर्थुम्बि्रया युनिभर्सिटी स्कलरसिप्स’ को घोषणा गरिएको जानकारी विश्वविद्यालयको प्रेस शाखाले वक्तव्यमार्फत दिएको छ ।

‘छिरिङको उपलब्धिले हामीलाई गौरवान्वित बनाएको छ,’ वक्तव्यमा भनिएको छ- ‘उनको उल्लेखनीय शैक्षिक एवं व्यक्तिगत योगदानको कदर गर्दै यो निर्णय लिएका हौं ।’ छात्रवृत्ति यसै वर्ष सम्बन्धित विषयको पढाइ थाल्न खोजेका विद्यार्थीहरूमा लागू हुनेछ । छात्रवृत्तिका लािग छनोटमा परेका प्रत्येक विद्यार्थीले अध्ययनको पहिलो वर्ष विश्वविद्यालयका तर्फबाट दुई हजार बेलायती पाउन्ड -दुई लाख सत्तरी हजार रुपैयाँ) छुट पाउनेछन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्येबाट उत्कृष्ट भएका कारण गत महिनामात्रै छिरिङले बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई उनको कार्यकक्षमै व्यक्तिगत रूपमा भेट्ने मौका पाएका थिए ।

‘उनीहरू नीति निर्माणक्रममा एसियालाई जहिले पनि केबल भारत र चीनसँग जोडेर हेर्नै गर्छन्,’ दुई साताअघि छुट्टी बिताउन घर आएका बेला उनले कान्तिपुरलाई भनेका थिए- ‘प्रधानमन्त्री ब्लेयरसँगको भेटमा मैले एसियाका साना राष्ट्रहरूको समस्यालाई उठाएको थिएँ ।’ बिदा सकेर उनी गतसाता मात्र बेलायत फर्किएका हुन् ।

सेर्माथाङबाट एसएलसी गरेपछि काठमाडौं आएका उनले कृषि विकास बैंकबाट बाबुले लिएको ऋणबाट ‘ए लेभल’ को पढाइ पूरा गरेका थिए । काठमाडौंस्थित बि्रटिस काउन्सिलले उपलब्ध गराएको छात्रवृत्तिबाट उनले बेलायतमा उच्चशिक्षाको मौका पाएका हुन् ।

उनले गत वर्ष सार्वजनिक स्वास्थ्यमा स्नातक गर्दा ल्याएको नतिजाका आधारमा ‘लर्ड ग्लेनमारा स्कलरसिप’ हात पार्न सफल भएका थिए । विश्वविद्यालयका पूर्वकुलपतिको नाममा स्थापित यो छात्रवृत्ति हात पार्ने उनी पहिलो विद्यार्थी थिए । यही छात्रवृत्तिका आधारमा यतिबेला उनी त्यसै विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेका छन् ।

‘छात्रकै नाममा छात्रवृत्ति स्थापना गरिएको यो पहिलो पटक हो,’ प्रेस शाखाकी निकोला निकोलसले इमेलमार्फत जवाफ दिएकी छन्- ‘छिरिङ आफ्नै प्रतिभाका कारण यो पुरस्कारको हकदार थिए ।’

यसअघि बेलायतको ‘दि जर्नल’ दैनिकको मुखपृष्ठलाई ९० प्रतिशत ढाक्ने फोटोसहित आफ्नाबारेमा समाचारहरू छपाउन सफल भइसकेका छिरिङ न्युक्यासल सहरमा एक समाजसेवीका रूपमा पनि परिचित छन् । अझ वरिष्ठ नागरिकहरूको सहयोगीका रूपमा उनी त्यहाँका वृद्धवृद्धामाझ बढी लोकपि्रय छन् । नर्थुम्बि्रया विश्वविद्यालयका प्रतिनिधिहरू यतिबेला काठमाडौंमै रहेको र आगामी साता उनीहरूले बि्रटिस काउन्सिलमै कार्यक्रम आयोजना गर्ने भएको जानकारी काउन्सिलका नेपालस्थित प्रबन्धक जोन प|mाईले दिए ।

‘छिट्टै पढाइ सकेर स्वदेशकै सेवामा समर्पित हुन चाहन्छु,’ इमेलमार्फत प्रतिक्रिया दिँदै छिरिङले भने- ‘नेपालमा टेलिमेडिसिनको प्रभावकारी विस्तार कसरी गर्न सकिन्छ भनेर यहाँका विज्ञहरूसँग परामर्श सुरु गरेको छु ।’

उनले शोधको विषय बनाएको ‘टेलिमेडिसिन’ प्रणालीमा इन्टरनेट मार्फत डाक्टर नपुर्‍याएरै पनि विकट गाउँहरूमा सहरजत्तिकै स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ ।

Comments »

The URI to TrackBack this entry is: http://namaste.blogsome.com/2006/07/10/p90/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft