March 15, 2006

दिल्लीमा माओवादी र दलबीच किन दरार

मूलतः फागुन र चैत्र महिना अग्रगामी परिवर्तनको आकांक्षा राख्ने नेपालीहरुका लागि ऐतिहासिक रुपले नै महत्त्वपर्ूण्ा महिना हुन् । गत मंसीरमा भएको दल-माओवादी समझदारी र त्यसले जनतामा पलाएको उत्साह तथा यो उत्साहले आन्दोलनमा थपेको ऊर्जाले देखाउ“दै थियो- ०६२ को फागुन र चैत्र महिना नेपालको इतिहासमा पुनः युगान्तकारी महत्व राख्ने महिनाको रुपमा दर्ज हुनेछन् । तर, अफसोच, पर्ूवप्रम शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेससहित नेपाली कांग्रेस र ‘रोहित’को नेमकिपासमेत आन्दोलनका लागि कडा खालका कार्यक्रम घोषणा गर्न हच्किएपछि ‘युगान्तकारी परिवर्तन’को संभावना हालका लागि टरेको संकेत मिलेको छ ।
(more…)

March 9, 2006

पोखरा दरबारमा अस्ति राति के निर्ण्राा भयो -

यही स्थितिमा बन्ने संसदले राजाको सक्रिय बन्ने चाहनालाई ठेस पुर्‍याउने हैन, बरु अझै सहयोग पुर्‍याउने ठहरका साथ आइतबार सा“झ श्री ५ ज्ञानेन्द्र र सुरक्षा प्रमुखहरुको बैठकले अन्ततः आगामी वैशाख १ गते आमचुनावको तिथि घोषणा गर्ने टुङ्गो लगाएको छ । यो चुनाव पनि दलहरुले बहिष्कार गर्ने पक्कापक्की जस्तै भएकाले संसदको चुनाव गर्ने रुचि श्री ५ लाई जागेको हो । (more…)

February 15, 2006

सरकारको दिनगन्ती सुरु, छिट्टै राजनीतिक परिवर्तनको संकेत

राष्ट्रिय-अन्तर्रर्ााट्रय समुदायबाट नगर निर्वाचनको कटु आलोचना भएपनि सरकार संसदीय निर्वाचनको तिथी घोषणा गर्ने तयारीमा रहेको समाचार छ । आन्दोलनरत सात दल र माओवादी संविधान सभाको मिलन विन्दुमा पुगिसक्दा पनि शाही सरकारले नगर निर्वाचनपछि संसदीय निर्वाचनको प्रक्रिया थालनी गरी जवरजस्ती प्रजातान्त्रिक अभ्यास गर्ने नाममा निरंकुश सरकारको आयु लम्ब्याउने दुष्प्रयास गरिरहेको छ । (more…)

February 13, 2006

माओवादीको जनयुद्ध एघारौं बर्षमा प्रवेश

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जनयूद्धको वारि्षकोत्सवको अवसरमा एक अपिल जारी गर्नु भएको छ ।

ने.क.पा.-माओवादी) को नेतृत्वमा चलिरहेको जनयुद्ध, फाल्गुण १ -फेब्रुवरी १३) गते दश वर्ष पूरा गरी एघार वर्षमा प्रवेश गरेको छ । अपिलमा एक दशकको जनविद्रोहले नेपाली समाजको क्रान्तिकारी रुपान्तरणमा वहुआयामिक र दूरगामी प्रभाव मात्र परेको नभइ आजको भूमण्डलीकृत साम्राज्यवाद, मुख्यतः अमेरिकी साम्राज्यवादको शोषण-उत्पीडन, हस्तक्षेप र आतंकका विरुद्ध जुधिरहेका विश्वभरिका जनसमुदायमा अध्ययन, बहस र प्रेरणाको नया“ गति समेत प्रदान गरेको दावी गर्दै करिब अढाइ सय वर्ष पुरानो सामन्तीतन्त्रलाइ समूल नष्ट गरी नेपाली समाजलाइ गणतान्त्रिक ढा“चामा संगठित गर्ने प्रक्रियामा निर्णायक भूमिका खेलिरहेको यो महान् जनयुद्धले विचारधारात्मक दृष्टिबाट २१औं शताब्दीमा मा.ले.मा.को विकास गरी विश्व क्रान्तिको नया“ लहर सृष्टि गर्ने भूमिकामा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख छ । (more…)

February 1, 2006

यस्तै भयो यो पटकको माघ १९ गतेपनि………….

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २०६२ साल माघ १९ गते बूधवार राष्ट्रको नाममा बक्सेको शाही घोषणा

प्यारा देशबासीहरु,
१. देशको आवश्यकता र जनताको चाहना बमोजिम शान्ति सूरक्षाको पूनर्स्थापना र बहूदलीय प्रजातान्त्रिक ब्यवस्थालाई क्रियाशील तूल्याउन लिइएको निर्णयको आज एक वर्षपुरा भएको छ । बिनाशतिर उन्मूख परिस्थितिलाई सपार्न तथा अवरुद्ध भै सकेको प्रजातान्त्रिक प्रकृयालाई सकृय तूल्याउन सजिलो थिएन । तर देशभक्त नेपालीहरुको कटिबद्धताले एक वर्षो छोटो समयमा नै निराशालाई हटाएर देशमा आत्मविश्वास कायम भएको, नेपालीको आत्म सम्मान पूनः जीवन्त भएको सबैले अनूभव गरेकैछन् । (more…)

January 31, 2006

भोली…………..

भोली राजा बाट देशबासीको नाममा सन्देश आउने……

तर के अनि कस्तो हुने हो त्यसको लागि प्रतिक्षा गर्नुपर्ने छ ।

माघ १९ देखि माघ १९ सम्म

प्रधानमन्त्रीको कुर्सीमा हुँदा गिरिजाप्रसाद कोइराला आफ्नो कुर्सीमाथि खतराको घण्टी बज्नासाथ एउटा वाक्य बारम्बार दोहर्‍याउनुहुन्थ्यो— ‘ग्य्रान्ड डिजाइन ।’ तर मुलुककै विडम्बना ! प्रधानमन्त्री र संघर्षको इतिहास बोकेको एउटा प्रजातान्त्रिक पार्टीको सभापतिको कुर्सीमा बसिरहेको एउटा खारिएको नेताले उठाएको ग्य्रान्ड डिजाइनको प्रसङ्गलाई प्रजातन्त्रप्रति आस्था राख्ने कसैले पनि गम्भीरतापूर्वक लिएन । स्वयं कोइरालाले पनि केवल आफू वा आफ्ना केही अनुचरहरूमाथि संकट आउँदा मात्र ‘ग्य्रान्ड डिजाइन’लाई अमूर्त रूपमा व्यक्त गर्नुभयो । (more…)

January 30, 2006

आगामी एक साताभित्र देशमा ठूलो परिवर्तन हुने संकेत

तीन साता लामो देश दर्शन कार्यक्रमबाट माघ ९ गते राजधानी फिरिबक्सेपछि राजा ज्ञानेन्द्र मुलुकको विषम परिस्थिति अब कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर चिन्तनमा रहिबक्सेकोे विशेष सूत्रले जनाएको छ । पुराना पञ्च मण्डलीहरूलाई लिएर मुलुकको समस्याको निकास ननिस्कने र यसले द्वन्द्व अरु चर्किने भएकाले सबैलाई समेटेर जाने सोच बनिरहेको सूत्रले संकेत गरेको छ । (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft