June 3, 2006

संबिधान सभाको निर्वाचन नभएसम्म हतियार नबुझाउने माओवादीको घोषणा

Filed under: समाचार

सातदिन मात्रै रहनेगरी संसद पुनस्थापनाको सहमति भएको खुलाशा

नेकपा माओवादीले संबिधान सभाको निर्वाचन नभएसम्म आफ्ना हतियार नबुझाउने घोषणा गरेको छ ।

माओवादीको सैन्य डिपुटी कमान्डर जनार्दन शर्मा (प्रभाकर)ले सो कुराको घोषणा गर्दै जनआन्दोलन सुरुहुनु अगाडि सातदल र माओवादीबीच ७ दिनकालागि मात्र रहने गरी संसद पुर्नस्थापित गर्ने सहमति भएको खुलासा गर्नुभयो । उहाँले बिगतको सहमतिलाइ सात दलले उलंघन गरी संसद लामो समय सम्म जिवित राखेकोमा असन्तुष्टि ब्यक्त गर्नुभयो । प्रभाकरले संबिधानसभाका समयमा आफ्ना सेना र हतियारलाइ ब्यबस्थित ढंगले अनुगमनमा राख्न सकिने बताउनु भयो ।

शनिवार रिपोर्टस क्लबको साक्षात्कार कक्षमा बोल्दै नेता प्रभाकरले संसद जनआन्दोलनको बलले पुर्नजिबित भएपनि यसभित्र सम्पुर्ण जनताको भावना प्रतिनिधित्व नभएकोले संसद तत्काल बिघटन गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक निर्णय मार्फ अगाडि बढ्नुपर्नेमा सरकारका तर्फाट ढिलासुस्ति भैरहेको भन्दै प्रश्न गर्नुभयो- किन ढिलाइ भैरहेको छ - उहाँले दलहरु अझै सन्त्रासमा रहेको बताउदै जनताको भर पर्न नसक्नाले सन्त्रस्त हनुपरेको आरोप लगाउनुभयो ।

सेना प्रमुखलाइ कार्वाही गर्न नसकेको भन्दै उहाँले जनताको बल भएको सरकारले जनआन्दोलन दवाउन खोज्ने सेना प्रमुखलाइ तत्काल कार्वाही गर्न सक्नुपर्ने बताउनुभयो । मुलुक जटिल मोडमा पुगेको बताउँदै उहाँले शान्तिपूर्ण रुपमा लोकतान्त्रिक गणतन्त्रमा मुलुकलाइ पुर्याउन आफूहरु प्रतिबद्ध भएर वार्तामा आएको बताउनुभयो । आफुहरु जनताको आदेश भएमा हतियार सुपरिवेक्षणमा राख्न पनि तयार भएको बताउदै उहाँले भन्नुभयो - संबिधानसभाको बेलामा अन्तर्राष्टिय सुपरिवेक्षणमा रहन हामी तयार छौं । नयाँ लोकतान्त्रिक मोर्चा बनाएर केन्द्र र गाउँ तहसम्म सहकाय गरेर अगाडि बढ्न आफुहरु तयार भएको पनि उहाँले बताउनु भयो । आफुहरुले स्वेच्छाले चन्दा उठाएको दावी गर्दै जबरजस्ती चन्दा उठाउन कुनै आबश्यकता नरहेको बताउनु भयो । अब हुने वार्तामा माओवादीले संसद बिघटन गरी बृहत राष्ट्रिय सम्मेलनबाट अन्तरिम सरकार हुँदै संबिधान सभाको निर्वाचनको समय हद तोक्नका लागि बिशेष प्रस्ताब राख्ने उहाँले बताउनुभयो ।

सो साक्षात्कारमा जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले जनआन्दोलन अगावै संसदलाइ छोटो समयसम्मका लागि राखेर अगाडि बढ्ने सहमति भएको स्वीकार गर्नुभयो । उहाँले दुइ तीन महिना भित्र सम्पुर्ण प्रक्रिया मिलाएर संबिधान सभा गरिहाल्नुपर्ने बताउदै भन्नुभयो - संसदलाइ अनाबश्यक रुपमा बढी राख्नु हुन्न भन्ने सहमति भएको हो । मुलुकलाइ दिगो शान्ति र अग्रगमन तर्फपुर्‍याउन प्रचण्डको काँधमा प्रमुख जिम्मेवारी रहेको बताउदै शिर्षस्थ नेताहरु बीच कुराकानी भएर सहमति बन्ने बताउनुभयो । सात दलले रोडम्याप निर्माण गर्न कुनै ढिलाइ गर्न नहुने बताउँदै उहाँले आफुहरु दल माओबादी बीचको शंका उपशंका मेटाउन पनि सरकारमा जान लागेको बताउनुभयो ।

सरकारी बार्ता टोलीका सदस्य रमेश लेखकले ससाना कमजोरी र त्रुटीलाइ सँच्याउदै अगाडि बढनुपर्ने बताउनुभयो । उहाँले चाँडो भन्दा चाँडो मुलुकलाइ संबिधान सभामा पुर्‍याउनका लागि बार्ता केन्द्रित हुने बताउदै संसद परंम्परागत नभएकोले यसलाइ हँचुवाको भरमा बिघटन गरिहाल्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो - अहिले नै संसद बिघटन गर्दा संबिधान सभामा जान कठिनाइ पर्छ । बार्तामा सबै बिकल्पका बारेमा छलफल हुने बताउँदै लेखकले समान उद्देश्यका साथ अगाडि बढेका शक्तिहरु बीच विवाद ननिस्कने बताउनुभयो ।

नेकपा एमाले स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले संसद बिघटन गर्न नहुनेमा जोड दिनुभयो । उहाँले संसद यथास्थितिबादी र प्रतिक्रियाबादी नभएको बताउदै लोकतान्त्रिक संसदलाइ जिबितै राख्ने अग्रगमन तर्फजानुपर्ने उल्लेख गर्नु भयो । - संसद बिघटन गरेमा अराजकता बढ्छ उहाँले भन्नुभयो- दल माओबादी बीच मित्रबत अन्तर बिरोध भएको छ प्रंतिगमनकारीका बिरुद्ध अझै संघर्ष गर्न बाँकी नै छ ।

May 21, 2006

आइतवार पनि मन्त्री परिषद बिस्तार हुन सकेन

Filed under: समाचार

नेपाली कांग्रेस प्रजातान्त्रिकले पाँच संख्याको माग अघि सारेपछि आइतवार पनि मन्त्री परिषद बिस्तार हुन सकेन । मुख्य मन्त्रालय सहित ५ मन्त्री संख्या दिलाउने र्सतमा एमालेलाइ सभामुख पद दिने सहमति भएको प्रजातान्त्रिक कांग्रेस श्रोतले जनाएको छ ।

सो पार्टीको आइतवार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सो कुराको खुलासा गर्नुभएको हो । सो पार्टीले मन्त्री मण्डलमा सहभागी हुने सदस्यको नाम आइतवार पनि सिफारीस नगरेको बताइएको छ । संसदीय दलको बैठक पश्चात सञ्चारकर्मीसँग कुरागर्दै पार्टी सभापति देउवाले पार्टीको सरकारमा सम्मानजनक सहभागिता हुनुपर्ने बताउनु भयो ।

उहाँले आफ्नो पार्टी नेपाली कांग्रेससँग एकीकरणको पक्षमा रहेको पनि जनाउनु भयो । शनिवारमात्रै पार्टीको संसदीय दलको नेतामा चुनिनुभएका देउवाले पार्टीको सम्मानजनक एकीकरण भए आफू त्यसको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

May 6, 2006

राष्ट्र संघका विशेष प्रतिनिधि ताम्रट काठमाडौमा

Filed under: समाचार

नेपालको सकारत्मक वदलिदो परिस्थितिमा नेपालको भविष्य तथा नेपालीका समस्याहरुको पहिचान गर्न नर्वे तथा अमेरिकाका उच्च पदस्थ व्यक्तिहरुको भ्रमण पश्चात सयुक्त राष्ट्रसघका विशेष प्रतिनिधि स्यामूल ताम्राट नेपालको १० दिने भ्रमणको शिलशिलामा नेपाल आइपुग्दैहुनुहून्छ । सयुक्तराष्ट्र सघको समाचार वुलेटिनमा उल्लेख भए अनुसार न्युयोर्कवाट विहीवार नै नेपाल प्रस्थान गरिसक्नुभएको छ ।युएन वुलेटिनमा भनिएको छ गत महिनाको राजनैतिक परिवर्तनवाट पुनस्थापित प्रतिनिधि सभा तथा सरकार र माओवादी दुवैवाट शान्तिका लागि देखाइएको प्रतिवद्धता प्रति सकारात्मक सहयोग अभिवृद्धि गरी राजनैतिक स्थिरताका लागि पहल गर्ने उद्धेश्यले यो भ्रमण हुन गइरहेको वताइएको छ ।

स्यामूल टाम्राट सयुक्त राष्ट्रसघका महासचिव कोफि आन्नानका विशेष व्यक्तिका रुपमा समेत चिनिन्छन । उनी नेपालको संक्रमणकालमा खास गरि राजाले प्रत्यक्ष शासन समाले पश्चात पटक पटक नेपालको भ्रमण गरीसकेका छन ।

April 20, 2006

बेलायत नेपाल प्राज्ञिक परिषद (BNAC) प्रजातन्त्रको पक्षमा

Filed under: समाचार

बेलायत नेपाल प्राज्ञिक परिषद (Britain Nepal Academic Council)ले एक वक्तब्य प्रकाशित गरी प्रजातन्त्रको पूनर्वहालीको लागि शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनमा उत्रिएका जनता माथि शुरक्षाकर्मीहरुबाट भएको अत्यधिक बल प्रयोगको विरोध गरेको छ । परिषदले शुरक्षा दस्ताले शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिएका वकील, प्राध्यापक, चिकित्साकर्मी समेत माथि भएको वर्वर दमनको विरोध गर्दै मानवअधिकार, प्रजातन्त्र र कानूनी शासनको लगि प्रदर्शनमा उत्रिएका दर्जनौ जनताको हत्याको भर्त्सना गरेको छ । (more…)

April 18, 2006

एनआरएन यूकेको उपाध्यक्ष पदमा चन्द्र लक्सम्बा र खगेन्द्र नेपाली

Filed under: समाचार

बेलायतको फानबरोमा गैर आवासिय नेपालीहरुको संगठन एन आर एनको साधारण सभाका अवसरमा उपाध्यक्ष पदको पुर्ति गर्न भएको निर्वाचनमा दुइ जनाको सिटको लागि डा. चन्द्र लक्सम्बा, खगेन्द्र नेपाली र अङ कलजङ्ग लामा गरी जम्मा तीन जना उमेदवार हुनुहुन्थ्यो । अन्य पदहरुमा निविरोध रहेको उक्त नवनिर्वाचित पदाधिकारीहरुको निर्वाचनमा उपाध्यक्ष पदको लागि डा. चन्द्र लक्सम्बा र खगेन्द्र नेपाली विजयी हुनु भएको छ ।

एन आर एनको यस पहिलो निर्वाचनमा दुइ उपाध्यक्ष पद बाहेक अन्य सबै पदमा निरि्वरोध भएको हो । जस अनुसार नया काय समितिको अध्यक्षमा अशोक श्रेष्ठ, राष्ट्रिय संयोजकमा कृष्ण उपाध्याय, सह राष्ट्रिय संयोजकमा शुरेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा सूय बहादुर गुरुङ्ग निर्वाचित हुनु भएको छ भने कायकारी सदस्य पदमा मनोज भण्डारी, भिम राइ, मिन बहादुर गुरुङ्ग, विकल आचाय, तील कुमारी गुरुङ्ग, देव राज आचायर् चिरन’, सुबास अधिकारी, अनोज चित्रकार र कृष्ण भट्ट निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षको पदका लागि भएको उक्त निर्वाचनमा जम्मा ५७८ मत खसेका थिए । त्यस मध्ये डा. चन्द्र लक्सम्बाले ४३४ मत र खगेन्द्र नेपालीले २३१ मत ल्याइ विजयी हुनु भएको छ भने पराजित हुने आङ कल जङ्ग लामाले १८७ मत प्राप्त गर्नु भएको थियो ।

विश्वका विभिन्न मुलुकमा गैर आवासीय नेपालीहरुको संगठन निर्माण गर्ने सिलसिलामा बेलायतमा पनि महन्तबहादुर श्रेष्ठको अध्यक्षतामा एक तदर्थ समिति गठन भएको थियो । अहिले त्यही तदर्थ समितिले आज पहिलो अधिवेशन गरी विधिवत नयाँ कायसमितिको निर्वाचन समेत गराउन सफल भएको हो ।

एन आर एनको निर्वाचनको लागि उक्त तदर्थ समितिले निर्वाचन समिति गठन गरी जिम्मा दिए बमोजिम उक्त समितिले निर्वाचनको काय गरेको थियो । जस अनुसार उमेदवारी दर्ता, उमेदवारी फिर्ता र ३१ मार्च अघि बनेका साधारण सदस्यहरुलाइ हुलाक मार्फ मतपत्र पठाउने काय समेत भएको थियो ।

April 12, 2006

नया वर्ष ! नया लोकतान्त्रिक नेपाल !!

Filed under: समाचार

शान्तिपूर्ण जनआन्दोलन उत्कर्षतिर

सात दलद्वारा आह्वान गरिएको आमहडताल आज सातौं दिन निरन्तर चलिरहेको छ । दलहरूले जनताकै माग र सुझावअनुसार आमहडताललाई निरन्तरता दिंदै आएका छन् । शाही सत्ताको क्रूर दमनको मारमा परी चार जना नेपाली जनताका छोराछोरीले उच्च सहादत प्राप्त गरिसकेका छन् भने थुप्रै व्यक्तिहरू घाइते भई अस्पतालमा जीवनमरणको दोसा“धमा छन् । हिजो राजा ज्ञानेन्द्र बसिरहेको पोखरामा सुरक्षाकर्मीले गोली चलाउ“दा पार्वती पौडेल र विष्णु भट्टर्राई घाइते भएका छन् । पोखरामा राजा ज्ञानेन्द्रकै उपस्थितिको उन्मादमा सेनाले विवेक गुमाएर अन्धाधुन्ध गोली प्रहार गरेको छ । (more…)

April 3, 2006

मन्त्री थपेर आन्दोलन दबाउने षड्यन्त्र

Filed under: समाचार

माघ १९ गतेको राजनीतिक परिवर्तनसंगसंगै अपहरण भएको जनअधिकार तथा राजनीतिक अधिकार प्राप्ति र लोकतन्त्र वहालीका लागि एकातिर राजनीतिक दलहरुले चैत २४ देखि २७ गतेसम्म आमहडताल -नेपाल बन्द) र विरोध पर््रदर्शनका कार्यक्रमहरु अगाडि सारेका छन् भने अर्कोतिर दरबार भने दलहरुको मागलाई सम्बोधन गर्नुको सट्टा आफनो इच्छाअनुरुप राजपाठ सञ्चालन गर्ने थप तयारीमा लागेको थाहा भएको छ । दलहरुको आन्दोलनबाट आउनसक्ने परिणामलाई वास्तै नगरी वा त्यसलाई कम आकलन गरी राजदरबार यतिबेला आफ्नो इच्छाअनुरुप मन्त्रिपषिद् पर्ुनर्गठन गर्ने तयारीमा जुटेको छ । (more…)

March 30, 2006

पक्राउ पर्नेको लिस्ट तयार: नेताहरूको गिरफ्तारी सुरु हुने

Filed under: समाचार

ठूला नेताहरूलाई गिरफ्तार गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ

सात दलको चारदिने आम हड्ताल असफल पार्न सरकारले एक साताअघि नै धरपकड र गिरफ्तारीको रणनीति अख्तियार गरेको छ ।

उच्च सुरक्षास्रोतका अनुसार शुक्रबार १८ गतेदेखि नै सात दलका केन्द्रीय स्तरका नेता र भ्रातृ संगठनका मुख्य-मुख्य व्यक्तिहरूलाई पक्राउ गर्न सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ । पक्राउ गरिनेको सूचीमा झन्डै चार सयजनाको नाम रहेको बुझिएको छ । नेताहरूलाई कसरी पक्राउ गर्ने भन्ने विषयमा बुधबार प्रहरी प्रधान कार्यालयमा उपत्यकामा कार्यरत प्रहरी अधिकृतहरूलाई बोलाएर ‘ब्रिफिङ’ गरिएको थियो । (more…)

March 28, 2006

राजाको चरणबद्ध आम चुनाव घोषणा गर्ने तयारी

Filed under: समाचार

एकातिर राजनैतिक दलहरु आफूहरुले लामो समयदेखि सञ्चालन गर्दै आइरहेको आन्दोलन उत्कर्षा पुर्‍याई निरंकुशतन्त्रलाई परास्त गरी संविधान सभामार्फ् नयां संविधान निर्माणको दिशामा अगाडि बढिरहेका छन् । अर्कोतर्फशाही सरकार २०६१ माघ १९ गतेको राजनैतिक परिवर्तनलाई मर्ूत रुप दिन नयां संसद निर्माणका लागि गृह कार्यमा व्यस्त रहेको छ । हाल त्यसका लागि पोखराको रत्नमन्दिरमा बसेर राजा ज्ञानेन्द्रबाट गम्भिर रुपमा गृहकार्य भैरहेको कुरा राजदरवार निकटवर्ती सूत्रले बताएको छ । सूत्रकाअनुसार नयां संसद निर्माणका लागि संसदीय निर्वाचन चरणवद्ध रुपमा गरिने घोषणा संभवत वैशाख १ गतेको राजाको सन्देशसंगसगै हुनेछ । (more…)

March 25, 2006

जनआन्दोलन विफल पार्न एक हप्ता अगाडी नै संचार सेवा अवरुद्व हुने

Filed under: समाचार

गृहले जिल्ला जिल्लामा कडा निर्देशन दियो

सात राजनैतिक दलद्धारा घोषित चार दिने आम हड्ताल विफल गराउन सरकारले एकहप्ता अगाडि नै सात दलका नेता तथा कार्यकर्ता गिरफ्तार गर्ने तथा सात दलद्वारा घोषित जनआन्दोलन विफल पार्न मुलुकभरका संचार संर्म्पर्क एक साताका लागि विच्छेद गर्ने प्रपञ्चमा सरकार जुटेको खुलासा भएको छ । (more…)

दलहरुद्वारा सरकारलाइ चुनौती

Filed under: समाचार

प्रमुख राजनीतिक दलहरुले सरकारलाइ हिम्मत भए माओवादीको मतियारका रुपमा राजनीतिक दलमाथि कारवाही गर्न चुनौती दिएका छन् ।

गृहमन्त्री कमल थापाको शुक्रबारको अभिब्यक्ति प्रति कडा आक्रोश ब्यक्त गर्दै शनिबार ती दलहरुले सरकारका अभिब्यक्ति अन्तिम अस्त्रका रुपमा आएको उल्लेख गरे ।

जनमोर्चा नेपालद्वारा शनिबार राजधानीमा आयोजित कायक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सीले सरकारलाइ तागत भए माओवादीको मतियार घोषणा गरी कारवाही गर्न चुनौती दिनुभयो ।

गृहमन्त्री थापाले शुक्रबार राजधानीमा एक कायक्रममा दलहरुलाइ माओवादीको मतियार भन्दै कारवाही गर्ने धम्कि दिनुभएको थियो ।

शनिबार कायक्रममा कांग्रेस नेता के.सीले निर्णायक आन्दोलन हुनु अगाडिनै सरकारले खुट्टा कमाएको बताउदै आन्दोलनको बिजय सुनिश्चित छ भन्नुभयो ।

सोही कायक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रदिप ज्ञवालीले निर्णायक आन्दोलनका लागि जोखिम उठाउन दलहरु तयार रहने बताउनु भयो ।

कायक्रममा कांग्रेस प्रजातान्त्रिकका मिनेन्द्र रिजाल , जनमोर्चाका लिलामणि पोख्रेल लगायतले सरकारको कदम जस्तोसुकै भएपनि आन्दोलन शसक्त भएर अघि बढने बताउनु भएको थियो ।

March 20, 2006

माओवादीसंग के-केमा कुरा मिलेन

Filed under: समाचार

आन्दोलनरत दल तथा माओवादी प्रतिनिधिबीचमा भएको झण्डै दर्ुइ हप्ता लामो वार्ताको निस्कर्षहिजो -चैत्र ६ गते) र्सार्वजनिक गरिएको छ । २०६२ मंसिर ७ गते १२ बुंदे समझदारी कायम गरी निरंकुशतन्त्रका विरुद्ध आ-आफ्नो मोर्चाबाट प्रहार गर्न पुगेका राजनैतिक शक्तिहरुका प्रतिनिधिहरुबीचमा औपचारिक वार्ता भएको यो दोश्रो पटक हो । जसको कारण निरंकुशतन्त्र र प्रतिगमनकारी शक्तिका विरुद्ध संर्घष्ारत सवैका लागि सो वार्ताको निस्कर्षवहु प्रतिक्षाको विषय बनेको थियो ।
(more…)

March 8, 2006

समाचार

Filed under: समाचार

कर्फ्यू समयमा एकै परिवारका पाँचको हत्या

सशस्त्र प्रहरी हतियारसहित माओवादीमा

राज्यद्वारा वेपत्ता पारिएकाहरुको थप चासो

नेपालको राजसंस्था दुर्घट्नामा पर्ने चेतावनी

आन्दोलनमा बेलायतको पूर्ण समर्थन

(more…)

March 6, 2006

यही स्थितिमा राजाको वार्तामा सात दल नजाने

Filed under: समाचार

राजाबाट पोखरामा केही राजनीतिक व्यक्तित्वहरुसँग शुरु गरिबक्सेको परामर्शलाइ सात राजनीतिक पार्टीका नेताहरुले औचित्यहिन र यसको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् राजा बाट दर्शनभेट पाउनु भएका राजेश्वर देवकोटाले यो परामर्शले मुलुकमा संवादको प्रक्रिया शुरु भएको दावी गर्नुभएको छ ।
(more…)

February 28, 2006

राजालाइ प्रत्यक्ष शासन छोड्न जनशक्ति पार्टीको आग्रह

Filed under: समाचार

राजालाइ प्रत्यक्ष शासन छोड्न जनशक्ति पार्टीको आग्रह

पार्टी एकिकरण प्रयासलाइ कांग्रेसले निरन्तरता दिने

नेका प्रजातान्त्रिकको बाह्र बुँदे समझदारी भंग हुने चेतावनी

(more…)

February 23, 2006

समझदारीबाट बाहिर आउन अमेरिकाको आग्रह

Filed under: समाचार

अमेरिकाले माओवादीसंग भएको १२ बुँदे समझदारीबाट बाहिर आउन राजनीतिक दलहरुलाइ फेरि आग्रह गरेको छ । नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकका विभिन्न नेताहरुसंग बिहीबार भेट गरी अमेरिकी राजदुत जेम्स एफ मोरियार्टीले दलहरुलाइ समझदारीबाट बाहिर आउन आग्रह गर्नुभएको हो ।
(more…)

वृहत लोकतान्त्रिक मोर्चा प्रस्ताव पारित

Filed under: समाचार

जारी लोकतान्त्रिक आनदोलन सफल बनाउन बृहद राजनीतिक मोर्चा निर्माण गर्ने प्रस्ताव पारित गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटीको बैठक बिहिबार सम्पन्न भएको छ ।
बुधबारदेखि पार्टीको केन्द्रीय कार्यालय बल्खुमा सुरु भएको दुइ दिने बैठकको अन्तिम दिन पार्टीका तर्फाट प्रस्तुत राजनीतिक प्रस्ताव एकमतले पारित भएको पार्टीका कायवाहक महासचिव अमृत कुमार बोहोराले बताउनुभयो । पार्टी प्रस्तावमा शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा सरिक सात दलका साथै आन्दोलनमा सबै अगाडि बढिरहेको विभिन्न पेशागत संघसंगठन समेतको सहभागिता हुने गरी संयुक्त मोर्चा निर्माण गरिने कुरा उल्लेख छ । (more…)

February 22, 2006

कांग्रेस एकीकरणको पहल सुरु

Filed under: समाचार

झण्डै चारवर्षअगाडि विभाजित कांग्रेस पार्टी बीच पुनः एकीकरणको पहल सुरु भएको छ । नेकाका सभापति गिरिजा प्रसाद कोइराला र नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाबीच बुधबार बिहान कोइराला निवास महराजगंजमा भेटवार्ता भएको हो । (more…)

February 20, 2006

लोकतन्त्रका लागि देशभर प्रदर्शन

Filed under: समाचार

मुगुमा गोली चल्यो

जहाँनिया राणा शासनको अन्त्य भएको ५५ वर्ष बितिसक्ता पनि लोकतन्त्रका लागि जनता पटकपटक आन्देालनमा उत्रनुपर्ने विडम्बना भएको विभिन्न दलका नेताहरुले बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आयोजित शहीदप्रति श्रद्धाञ्जली सभा एवं विरोध प्रदर्शनमा उनीहरुले सो कुरा बताएका हुन् ।
राजाधानीमा सातदलले कोटेश्वर, टेकु, मंगलबजार डिल्लीबजार, गौसाला लगायतका ठाउँहरुबाट नाराजुलुस गर्दै नयाँबानेश्वरमा कोण सभा भएको थियो । सभालाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति सुसिल कोइरालाले दलहरुले आफ्नो स्पष्ट अडान विपरित कसैसंग सम्झौता नगर्ने बताउनुभयो । जनताको शान्तिपूर्ण आन्दोलन निरंकुशताको अन्त्य नभएसम्म नरोकिने बताउँदै कोइरालाले राजालाइ मानवअधिकार, शान्ति, जनता र कानुन नचाहिए हामीलाइ राजा नै चहिदैन भन्नुभयो । ँतर्सथ बेलैमा सडकको आवाज राजाले सुन्नु पर्छ ’-उहाँले भन्नुभयो । (more…)

February 14, 2006

सर्वोच्चको कदम जनपक्षीय भएको वकीलहरुको विश्लेषण

Filed under: समाचार

मुलुकका कानुनबिदहरुले शाही आयोग खारेज गर्ने सर्वोच्चको निर्णयबाट विधिको शासन स्थापित भएको ठहर गरेका छन् । उनीहरुले सर्वोच्चको फैसलाबाट राजाको असंवैधानिक कदम फेल खाएको प्रष्ट भएको बताए । (more…)

एमाले मुख्यालय घेराउ

Filed under: समाचार

एमाले नेताहरु वामदेव गौतम, झलनाथ खनाल र अमृत वोहरालाइ गिरफ्तार गर्ने प्रयास गर्दै सशस्त्र प्रहरीले मंगलवार तीनघण्टासम्म एमाले केन्द्रिय कार्यालय घेराउ गरेको छ ।

एमाले स्थायी समितिको बैठक वस्ने थाहा पाएपछि नेतात्रयलाइ गिरफ्तार गर्न सशस्त्र प्रहरीका एसएसपी माधव थापा र डिएसपी राजु अर्यालको नेतृत्वमा प्रहरीले दिउँसो २ वजेदेखि ५ वजेसम्म एमाले मूख्यालय घेराउ गरेको थियो ।

तर राष्ट्रसंघीय उच्चायुक्त इयान मार्टिन सहित मानव अधिकारवादीहरुको टोली एमाले मूख्यालयमा पुगेपछि प्रहरी पछाडि हटेको थियो भने नेतात्रय गोप्यस्थानतर्फलाग्नु भएको थियो । सुरक्षाकर्मीको व्यापक खोजतलासका बाबजुद पनि एमाले स्थायी समितिको वैठक वसेको थियो ।

स्थायी समितिको मंगलवार वसेको बैठकले नगर निर्वाचन बहिष्कार गरी जनताले सरकारलाइ पराजित गरेको निष्कर्ष निकालेको छ । बैठकपछि कायवाहक महासचिव अमृतकुमार बोहराद्वारा जारी विज्ञप्तीमा सरकारलाइ असफल पारेकोमा जनतालाइ धन्यवाद दिइएको छ । शाही आयोग खारेज गर्ने सर्वोच्चको फैसलालाइ एमालेले संवैधानिक, सकारात्मक र स्वागतयोग्य भनेको छ । बैठकले फागुन ७ गतेको कायक्रम सशक्त वनाउन आह्वान समेत गरेको छ ।

February 13, 2006

मोरियार्टी र गिरिजा बीच भेटवार्ता

Filed under: समाचार

अमेरिकी राजदुत जेम्स एफ मोरियार्टी र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला बीच सोमबार भेटवार्ता भएको छ ।
(more…)

शाही आयोग खारेज

Filed under: समाचार

भ्रष्ट्राचार नियन्त्रण शाही आयोग खारेज भएको छ। यस विरुद्ध परेको रिट निवेदनमा फैसला गर्दै सर्वोच्च अदालतले आज यो आदेश गरेको हो।
१९ माघ २०६१ मा मुलुकको शासन सत्ता आफ्नो हातमा लिए पछि ‘भ्रष्ट्राचार नियन्त्रण’कालागि राजाबाट यस आयोगको गठन भएको थियो। (more…)

February 12, 2006

राजालाइ संबैधानिक भएर वस्न रायमाझिको आग्रह

Filed under: समाचार

राजपरिषद स्थायी समितिका पूर्व सभापति डा. केशरजंग रायमाझीले राजालाइ र्सबपक्षिय सरकार गठन गरी संवैधानिक भएर बस्न आग्रह गर्नुभएको छ ।

राजाबाट संबिधान उलंघन भएको ठहर गर्दै उहाँले अब धारा १२७ ले कुनैपनि काम गर्न नसक्ने प्रष्ट पार्नुभयो । डा. रायमाझीले मन्त्री परिषदको अध्यक्ष भएका कारण कुनैपनि मन्त्रीले गरेको दोषको जिम्मेवारी राजाले लिनुपर्ने भएकोले यो भन्दा ठुलो विवादमा नमुछिन आग्रह गर्नुभयो । उहाँले इतिहासमै राजा सबैभन्दा बढी विवादमा आएको बताउनुभयो । लामो समयसम्म राजदरवारदेखि नजिक रहनुभएका रायमाझीले मन्त्री परिषद बिघटन गर्न माग गर्नुभयो । उहाँले र्सबदलीय र र्सबपक्षिय सरकार गठन गरी सत्ता सुम्पिन पनि राजासंग आग्रह गर्नुभयो । रायमाझी संचार समुहद्वारा आइतवार काठमाडौंमा आयोजीत अन्तरक्रिया कायक्रममा बोल्दै हुनुहुन्थ्यो । कुनैबेला राजसंस्थ्ााको बारेमा बढाइचढाइ गरी प्रंशसा गर्दै आउनु भएका रायमाझीले राजालाइ संवैधानिक दायरामा आइ सत्ता सुम्पन गरेको आग्रह यो पहिलो पटक हो । रायमाझी राजदरवारसंग अत्यन्तै निकट मानिनुहुन्छ । राजाबाट गर्न खोजिएका काम र उद्देश्य प्रजातन्त्र अनुरुप भएपनि चौतर्फी दवाव र मन्त्री परिषदका सदस्यहरुको गैर जिम्मेवारीपनका कारण त्यो सफल नहुने उहाँको तर्क छ । संविधानको संरक्षक राजानै भएका कारण सरकारबाट संविधानको उलंघन हुँदा त्यसको जिम्मेवार राजाले लिनुपर्नेमा उहाँको जोड थियो ।

February 11, 2006

हिरासतभित्र नेताहरु के गर्दै होलान् ?

Filed under: समाचार

सशस्त्र प्रहरी बेस क्याम्प दुवाकोट

सरकारको विरोध गरेको आरोपमा हिरासतमा राखिएका नेता तथा कार्यकर्ताहरु के गरिरहेका होलान् ? उनीहरुको दिनचर्या कस्तो होला ? अहिले यो सबैको चासोको विषय हो ।
प्राप्त समाचारअनुसार सशस्त्र प्रहरी बेस क्याम्प दुवाकोटमा रहेका राजबन्दीले बन्दी गृहभित्रै राज्यको भावी संरचना र लोकतन्त्रको विषयमा बहस गरिरहेका छन् । (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft